काठमाडौं— सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–४ शान्तपुर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए । 

सामाजिक सञ्जालमार्फत् प्रेम सम्बन्धमा रहेका पीडित महिलाले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेपछि प्रेमीकाको साथीले दुरुपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्दहरु प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिन्छु भनी पीडितलाई मानसिक तनाव, अमर्यादित कार्य गर्ने गरेको भनी आवश्यक कारबाही ब्यूरोमा पीडितले निवेदन दिनु भएको एसपी अवस्थी बताए । 

OM Sai Pathibhara Hospital

साइबर ब्यूरोको प्राविधिक विश्लेषणसहितको अनुसन्धान गर्ने क्रममा आयुष अधिकारी खुल्न आएको र उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा चैत २६ गते गिरफ्तार गरी जिल्ला अदालतबाट ४ म्याद थप भइ आवश्यक अनुसन्धन गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।