काठमाडौं— नारायणघाट–बुटबल सडकखण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडकखण्डको विस्तार गर्न दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरी काम गरिने भएको छ। सोमबार एक सूचना जारी गर्दै सडकविस्तार गर्न ४ देखि ६ घण्टा बाटो बन्द गरेर काम गरिने भएको हो ।

चैत २७ गतेदेखि वैशाख १५ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरिने जनाएको छ । त्यसै गरी बैशाख १ गतेदेखि बैशाख १५ गतेसम्म प्रत्येक दिन राती ११ बजे देखि भोलिपल्ट बिहान ५ बजेसम्म दाउन्ने सडकखण्ड हुँदै गुड्ने सवारी साधनलाई रोकेर सडक निमार्ण गरिने भौतिक पूर्वाधार तथा मन्त्रालय सडक विभाग आयोजना निर्देशनालय (ए.डि.बी) काठमाडौंले जनाएको छ ।

OM Sai Pathibhara Hospital

ट्रक, टिपरलगायत हेभी सवारीसाधनलाई पूर्वमा अरुणखोला र चोरमारामा रोकिने तथा पश्चिममा ज्यामिरे हकुई खण्डमा रोकिने सडक विभागको सूचनामा उल्लेख छ । 

विभागले जारी गरेको सूचनाअनुसार यात्रुवाहक बस, मिनी बस, जिप कार, सानासवारीसाधनलाई पूर्वमा दुम्किबासमा र पश्चिममा बर्दघाट चिसापानीमा रोकिने छ। 

जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले सडक विस्तार गरिरहेको चाइना स्टेट कम्पनीले सडकमा गाडीको चाप हुँदा काम गर्न नपाएको भन्दै गुनासो गरेपछि पहिलो ५ दिन दैनिक ४ घण्टाको दरले सवारी आवागमन बन्द गरेर बाटोका खाल्टाखुल्टी पुर्ने र बाटो सम्याउन समय निर्धारण गरिएको छ।

roadd0_kg8OaJU8qD