काठमाडौं— हेटौँडा सिमेन्ट उद्योगले सोमबारदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ। विद्युतको अभावमा करिब पाँच महिनापछि उद्योगले सिमेन्ट उत्पादन सुरु गरेको हो ।

उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको थियो । विद्युत् आपूर्तिसँगै पुनः सिमेन्ट उद्योग सुरु भएको उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने महाप्रबन्धक कर्णले बताए।

OM Sai Pathibhara Hospital

उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ। दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको उनको भनाइ छ।