काठमाडौं— हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा  दुर्लभ लोपोन्मुख हिउँ चितुवा रहेको पाइएको छ । उकाली तथा तेस्रो ध्रुव संरक्षणले र डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा गरेको सर्वेक्षणमा ३९ वटा हिउँ चितुवा रहेको पाइएको हो । सन् २०२२ देखि २०२३ सम्म त्यस क्षेत्रमा सर्वेक्षण गरिएको थियो ।

क्यामेरा ट्रयापिङ प्रविधिको प्रयोग गरेर सर्वेक्षण गरिएको उकाली तथा  तेस्रो ध्रुव संरक्षण अनुसन्धानकर्ता प्रमुख तथा रोयलेक्स आर्वडका विजेता रिन्जिन फुन्जोक लामाले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

नाम्खा गाउँपालिकाभर ६१ वटा क्यामेरा ट्रयाप प्रयोग गरी सर्वेक्षण गरेको हिउँ चितुवा अनुसन्धानकर्ता लामाले बताए ।

अनुसन्धानकर्ता लामाका अनुसार नेपाल सरकारले २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना तथा संरक्षणलाई उच्च प्रथामितामा राखेको छ । यस अध्ययनले अभियानलाई प्रर्वद्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।