काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले पठाएको पत्र बुझ्न निर्मल निवासले अस्वीकार गरेको छ।

शुक्रबार तीनकुनेमा पूर्वराजाको योजनामा आन्दोलन भएको भन्दै त्यहाँ भएको क्षतिको यकिन गरी महानगरले सात लाख ९३ हजार रुपैयाँ जरिवाना शाहमार्फत भराउने निर्णय गरेको थियो।

OM Sai Pathibhara Hospital

त्यहीअनुसार महानगर प्रहरीको टोली आज बिहान महाराजगञ्जस्थित निर्मल निवास पुगेको हो।

तर, पत्र बुझ्न अस्वीकार गरेपछि टोली फर्किएको महानगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिए उनका अनुसार आज हुलाकमार्फत सो पत्र पठाइनेछ।