काठमाडौं—  जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार अपराह्न ४ः२५ देखि राति १० बजेसम्मका निम्ति कर्फ्यू आदेश जारी गरिएको एक सूचनामा उल्लेख छ । 

प्रशासनले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कर्फ्यू लगाएको छ । यसैगरी, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ । यस्तै, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाएको हो ।

''...स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ,'' प्रशासनले भनेको छ ।

कर्फ्यू_page_0001-1743158563