काठमाडौं— तीनकुने क्षेत्र अहिले तनावग्रस्त छ । राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोडन खोजेको र प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।  

प्रहरीले नै प्रहार गरेको अश्रुग्यास टिपेर प्रहरीलाई नै प्रदर्शनकारीले प्रहार गरेपछि दोहोरो झडप नै भएको थियो। झडपका क्रममा केही घाइते भएका छन् । 

OM Sai Pathibhara Hospital

यतिबेला अश्रुग्यासले तितरवितर भएका प्रदर्शनकारी तीनकुनेको सडक गल्ली तथा नजिकैका घरको कम्पाउण्डमा बसिरहेका छन् । 

त्यही घरमा रहेको पानी ट्यांकीको पानी प्रयोग गरेर अश्रुग्यासले पोलेको आँखा धुँदै प्रतिआक्रमण गर्ने योजना प्रदर्शनकारीले बुनिरहेका छन् । 

उनीहरूले बाइकबाट पेट्रोल झिकेर आगो बाल्ने, टायर बाल्नेसहितका योजना बनाइरहेका छन् । केहीले प्रहरी थोरै टाढा पुगेपछि प्रहार गर्न इटा भेला गरिरहेका छन् । 

जसले यहाँको अवस्था थप तनावपूर्ण हुने देखिएको छ ।