काठमाडौं— राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोडन खोजेको र प्रहरीमाथि आक्रमण गर्न थालेपछि अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको बताएका छन्।
राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको दोहोरो झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।

विरोध सभा सुरू हुन नपाउँदै कार्यक्रम विथोलिएको छ। प्रहरीले तीनकुनेको पुलदेखि बानेश्वर क्षेत्रमा प्रदर्शनकारीलाई रोक लगाएको थियो।तर,राजावादी समर्थकहरू सो क्षेत्रमा जान खोजेपछि प्रहरी र उनीहरूबीच दोहोरो झडपको स्थिति सिर्जना भएको हो।