काठमाडौं— तनहुँमा एक प्रहरी हवल्दार मृत फेला परेका छन्। ऋषिङ प्रहरी चौकीमा कार्यरत ओमबहादुर विक मृत फेला परेका हुन्।

चौकी नजिकैको बेलौतिको रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

OM Sai Pathibhara Hospital

बिहान ५ बजे उनलाई मृत फेला पारिएको हो। रुपन्देही घर भएका उनी कार्तिकदेखि ऋषिङमा कार्यरत थिए। ओमबहादुर डिप्रेसनका बिरामी भएको प्रहरी स्रोतको भनाइ छ। 

उनको परिवारलाई रुपन्देहीबाट बोलाइएको छ। परिवार आएपछि शवलाई पोस्टमार्टम गर्न प्रदेश अस्पताल दमौली लगिनेछ।