काठमाण्डौ  ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

शनिबार राती १२:०० बाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको निगमले जनाएको छ।Screenshot_2025_0315_203058

OM Sai Pathibhara Hospital

मूल्य सूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ। यी स्थानमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।