काठमाण्डौ  । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाने क्रममा एक स्कर्पियो दुर्घटना भएको छ ।

तीव्र गतिका कारण आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । प्रहरी नायव उपरीक्षक(डीएसपी) ढुण्डिराज न्यौपानेका अनुसार दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । उनका अनुसार, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सबैको थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

OM Sai Pathibhara Hospital


आज दिउँसो सूर्यबिनायक नगरपालिका वडा नं ५ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो गाडी तीव्र गतिको कारण अनियन्त्रित भएर हात्ति गौँडा अर्थात गुण्डुको छेडोमा पल्टिदा सुर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षका कमल अछामी, सुवोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोखरेल,३५ वर्षका विवेक बस्नेत, २७ वर्षीय रूपा पन्त र २७ वर्षीय आशिष अछामी घाइते भएकाछन्।