काठमाडौं- गृहमन्त्री रमेश लेखकले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव हुन नदिन निर्देशन दिएका छन् । 

बिहीबार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरुको बारेमा जानकारी लिँदै नागरिकलाई सहज पहुँच बिस्तार गर्नेगरी परिणामुखी भइ आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् ।

OM Sai Pathibhara Hospital

उनले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने उल्लेख गरे ।

‘चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्छ । त्यसका लागि हाम्रो सहयोग कहाँनेर हुनसक्छ ? भन्नेकुरा हो । परिणाममा देखिनुपर्‍यो । कृत्रिम अभाव कुनै हालतले पनि हुनु भएन । त्यसका लागि हेर्ने निकाय को हो ? हेनुपर्‍यो’ गृहमन्त्री लेखकले भने ।

गृहमन्त्री लेखकले प्रहरी प्रशासनको के सहयोग चाहिन्छ त्यो गृह मन्त्रालयबाट पुरा गर्न तयार रहेको समेत बताए । 

उनले चाडबाडका बेलामा हुने मूल्यवृद्धिलाई नजिकबाट सुक्ष्म ढंगले हेरेर नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।