कोहलपुर- बाँकेको नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । 

दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र वर्ष २४ का बसका सहचालक सन्तोष भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

OM Sai Pathibhara Hospital

आज दाङबाट नेपालगन्जतर्फ गइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ दुर्घटना भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले थाहाखबरलाई जानकारी दिए ।

दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरूमध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा र १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको छ ।

बस अत्यधिक गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टेको प्रहरीले जनाएको छ ।