काठमाडौं–प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्नेगरी बोलाइएको छ । बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश हुनेछ भने हवाई सुरक्षाको विषयमा पनि छलफल हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन पेश गर्दैछन् । यस प्रतिवेदनमा आयोगले गत आर्थिक वर्षमा गरेका काम कारबाही र भविष्यका योजनाहरू उल्लेख गरिनेछ । 

OM Sai Pathibhara Hospital

यसैगरी‚ रास्वपा सांसद सोबिता गौतमले नेपालको हवाई उड्डयन क्षेत्रको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन् । उनले अन्तर्राष्ट्रिय संगठनहरूले नेपालको हवाई क्षेत्रलाई असुरक्षित भनेको र पछिल्ला हवाई दुर्घटनाहरूले नेपाली हवाई उड्डयन क्षेत्रको छविमा आँच आएको भन्दै यस विषयमा तत्काल सरकारले ध्यान दिनुपर्ने बताएकी छन् ।

यस प्रस्तावको समर्थनमा डोलप्रसाद अर्याल‚ सन्तोष परियार लगायतका सांसदहरू रहेका छन् । बैठकमा जनता समाजवादी पार्टीका नेता श्रवण कुमार अग्रवालको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।


Sansad Suchi