काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बस्ने बैठकमा मुख्य सचिव नियुक्तिको विषयमा छलफल हुने जनाइएको छ ।

सरकारले मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ मा अनिवार्य अवकाशमा जाने भएपछि नयाँ मुख्य सचिव नियुक्त गर्न लागेको हो । गड्तौला गत साउन १० गते नेपालको पहिलो महिला मुख्य सचिवमा नियुक्त भएकी थिइन् । 

OM Sai Pathibhara Hospital

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेपछि गड्तौला स्वत: निमित्त मुख्यसचिवको जिम्मेवारीमा आएकी थिइन् । अब डा. तोयनारायण ज्ञवाली‚ एकनारायण अर्याल‚ दिनेश भट्टराई लगायतको नाम मुख्य सचिवका लागि चर्चामा रहेको छ ।