काठमाडौं–काठमाडौं महानगरपालिकाले गुणस्तर प्रमाणित गर्न असफल भएको भन्दै श्री केश तेल उत्पादक कम्पनी सप्तऋषि ओएल एन्ड कस्मेटिक इण्डष्ट्रीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

महानगरको निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार तेलको गुणस्तरमा गुनासो आएपछि असार ७ गते विवरण माग गरियो‚ जसका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनले तेलको गुणस्तर पुष्टि गर्न सकेन । 

OM Sai Pathibhara Hospital

कम्पनीले कच्चा पदार्थको फर्मुलेसन‚ एसओपी अभिलेख‚ र तेलको प्रयोगशाला परीक्षण प्रतिवेदनहरू अपूर्ण रूपमा पेस गरेको थियो ।

थप अनुसन्धानका लागि महानगरले यस मुद्दालाई संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय‚ आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग‚ औषधि व्यवस्था विभाग‚ र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ ।