काठमाडौं–मनसुनजन्य घटनामा यस वर्ष ज्यान गुमाउनेको संख्या २ सय ८ पुगेको छ । नेपाल प्रहरीका अनुसार यस घटनामा काठमाडौं उपत्यकामा ३ जना‚ कोशी प्रदेशमा २९ जना‚ मधेश प्रदेशमा ८ जना‚ बागमती प्रदेशमा ४५ जना‚ गण्डकी प्रदेशमा ५६ जना‚ लुम्बिनी प्रदेशमा ३७ जना‚ कर्णाली प्रदेशमा १४ जना‚ र सुदूरपश्चिम प्रदेशमा १६ जनाले ज्यान गुमाएका छन् । 

घाइते २ सय ७१ जनामध्ये काठमाडौं उपत्यकामा ११ जना‚ कोशी प्रदेशमा ४२ जना‚ मधेश प्रदेशमा १२ जना‚ बागमती प्रदेशमा ३१ जना‚ गण्डकी प्रदेशमा ४७ जना‚ लुम्बिनी प्रदेशमा २५ जना‚ कर्णाली प्रदेशमा ६७ जना‚ र सुदूरपश्चिम प्रदेशमा ३६ जना छन् । 

OM Sai Pathibhara Hospital

उद्धार गरिएका २ सय १५ जनामध्ये काठमाडौं उपत्यकामा ३३ जना‚ कोशी प्रदेशमा ४९ जना‚ बागमती प्रदेशमा १२ जना‚ गण्डकी प्रदेशमा १४ जना‚ लुम्बिनी प्रदेशमा ४ जना‚ कर्णाली प्रदेशमा २ जना‚ र सुदूरपश्चिम प्रदेशमा १०१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । 

वेपत्ता ५३ जनामध्ये कोशी प्रदेशमा ३ जना‚ मधेश प्रदेशमा १ जना‚ बागमती प्रदेशमा ४४ जना‚ गण्डकी प्रदेशमा २ जना‚ लुम्बिनी प्रदेशमा १ जना‚ कर्णाली प्रदेशमा १ जना‚ र सुदूरपश्चिम प्रदेशमा १ जना रहेका छन् । उनीहरूको खोजी भइरहेको छ ।