काठमाडौं– परराष्ट्र मन्त्रालयले बंगलादेशमा आरक्षणविरोधी आन्दोलन मत्थर भएसँगै त्यहाँस्थित नेपाली विद्यार्थी अब स्वदेश फर्किनुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । बंगलादेशको सर्वोच्च अदालतले उच्च अदालतको निर्णय खारेज गरेसँगै आरक्षणविरोधी आन्दोलन साम्य भैसकेको छ ।

आन्दोलन अन्त्य भएकाले अब नेपाली विद्यार्थीले असुरक्षित महसुस गर्नुपर्ने अवस्था नरहेको मन्त्रालयले जानकारी गराएको हो । फर्किन टिकट काटिसकेका र त्यो रद्द गर्न नमिल्ने अवस्थाबाहेकका विद्यार्थीलाई नफर्किन अनुरोध गरिएको छ ।

OM Sai Pathibhara Hospital

तथापि फर्कनैपर्ने बाध्यता रहेको र अझै असुरक्षित महसुस गरिरहेका हकमा स्वनिर्णयले फर्किन पाउनेछन् । मन्त्रालयका अनुसार अहिलेसम्म झण्डै १४०० विद्यार्थी नेपाल फर्किएका छन् । बंगलादेशमा करिब तीन हजार जना नेपाली विद्यार्थी तथा केही व्यावसायिक र सरकारी कामकाजको सिलसिलामा नेपाली नागरिक रहेका छन ।