काठमाडौं–पहिरोले अवरुद्ध बिपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । वर्षाले पहिरो जाँदा गए रातिदेखि उक्त राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको थियो । अवरुद्ध रोशी–मङ्गलटार सडकखण्ड आज बिहानेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास हुँदैछ । प्रहरीले दिउँसोसम्ममा दुईतर्फी यातायात सञ्चालन गराउने जनाएको छ । गत असार अन्तिम साता पनि उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।