काठमाण्डौ  ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

OM Sai Pathibhara Hospital

राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।