काठमाण्डौ  ।   चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्।

बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो। पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो।Screenshot_2024_0717_143710

OM Sai Pathibhara Hospital

स्थानीयले नियन्त्रणमा लिएर दिउँसो उनीहरू चढेको गाडीमा आगजनी गरेका हुन। स्थानीयले बाक्लो बस्ती भएको ठाउँबाट रेलमार्ग बनाउन नहुने भन्दै विरोध जनाउँदै आएका थिए। स्थानीयहरूले सं‌घर्ष समिति नै बनाएर मन्त्रालयसम्म ध्यानाकर्षण गराउँदै आएका थिए।

केही समयअघि पनि सर्भे गर्न पुगेको टोलीलाई स्थानीयले नियन्त्रणमा लिएको थियो। दोस्रो पटक पुगेको टोलीलाई पुन: नियन्त्रणमा लिएर गाडीमा नै आगजनी गरेका छन।