कविता "डुब्दैछ नाउ "
असन्तोषको कारण रुनु ,
मानवको स्वभाव।
मर्यादा आज नष्ट भयो ,
यति ठूलो प्रभाव।।
जोआफूभित्र झाकेर हेर्दैन
उत्ताउलो छ हाउभाउ ।
हेर यहाँ सत्य पनि मरेको छ ,
राख्छ जो दुई नाउमा पॉउ।।
संसारी यो रमझममा ,
सबैले छोप्छन दाउ ।
हरेक रिश्तामा मृत्यु छ
केही यस्तो छ बदलाव।।
स्नेह दु:खी ममता भन्छिन रुदै ,
सम्बन्धमा छ खराव।
विश्वासको पनि दीन दशा छ ,
चाहनामा भटकाव।।
चारैतिर कोलाहल छ है ,
शान्तिको हटयो नकाव।
प्रेम उन्मत्त ममता रुन्छिन ,
कठिन भयो साथ ।।
कन्चन मुहार नयनमा आँसू,
हृदयमा भयो घात ।
आचरणमा परिवर्तन छ ,
हराए शीतल उन्माद।।
सत्य कर्तव्यको रंगमन्च यो ,
नगर शहर र गाँउ ।
स्नेह रहित सम्बन्धी बन्धन,
स्वर्ण अक्षरको नाउ ।।
स्वार्थ साधेर कर्तव्य सारा ,
हृदयमा खेल्छ दाउ ।
रिश्तामा छ डगमग चाल ,
डुब्दै गरेको नाउ ।।
- देवेन्द्र किशोर ढुङगाना
भद्रपुर झापा