-महिलाको पाठेघरमा सन्तानको भ्रूणको रूप रहेको अवस्थालाई गर्भावस्था भनिन्छ । सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ । गर्भावस्थाको समय अति नै संवेदनशील हुन्छ । यसर्थ, यो वेला गर्भवतीले नियमित रूपमा चिकित्सकलाई चेकजाँच गराउनुपर्छ ।

गर्भावस्थाका मुख्य लक्षण

OM Sai Pathibhara Hospital

-समयमा महिनावारी नहुने । 
-थकाइ लाग्ने वा जिउ गल्ने ।
-शरीरमा ज्वरो आएजस्तो लाग्ने ।
-कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने ।
-बारम्बार पिसाब लाग्ने ।
-स्तन गानिएर आउने, ठूलो हुने ।
-ढाड तल्लो भाग  दुख्ने ।
-गर्भ रहेपछि हल्का रक्तश्राव हुने ।
-टाउको दुख्ने ।
-दिक्क लाग्ने वा तनाव हुने ।
-बिहान उठ्नेबित्तिकै बिरामी हुने ।

शारीरिक परिवर्तन

– पहिलो १२ हप्ता :खाना अमन हुने, वाकवाकी लाग्ने, स्तन दुख्ने तथा भारी हुने ।

१३ –२८ हप्ता : वाकवाकी लाग्न हराउने, छालाको रङ परिवर्तन हुने, मुखमा चाया –पोतो आउने, पेट बढेको देखिने, पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने, पहिलोपटक गर्भवती भएमा महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन् ।

– २८ देखि ४० हप्ता स् पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने, बढ्दै गरेको पाठेघरले पिसाबथैली थिच्ने हुनाले पटक –पटक पिसाब लाग्ने, ढाड दुख्ने, आठौँ महिनामा घरिघरि पाठेघर खुम्चिने र पेट दुख्ने, नवौँ महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दबाब दिने कारणले सास फेर्न गाह्रो हुने तथा थोरै खाना खाँदा पनि पेट भरिएर अप्ठ्यारो हुने ।

असाधारण लक्षण

 -ज्वरो आउने । 
 -योनीबाट अकस्मात् रगत वा तरल पदार्थ बग्ने ।
 -पिसाब पोल्ने, पिसाब फेर्न गाह्रो हुने, पखाला लाग्ने, निरन्तर बान्ता हुने ।
 -पेट दुख्ने र टाउको दुख्ने ।
 -आँखा धमिलो हुने, रक्तचाप १३०-९० भन्दा माथि हुने ।
 -अत्यधिक तौल बढ्ने अथवा तौल बढ्दै नबढ्ने ।
 -खुट्टा अत्यधिक सुन्निने, पैताला, हत्केला र शरीर चिलाउने ।

-प्रसूतिपूर्व अपनाउनुपर्ने सावधानी

गर्भावस्थामा प्रोटिन, आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सखरखण्ड, हरियो ताजा सागपात, भटमास, गेडागुडी, गाँजर, ब्रोकाउली, काउलीको तरकारी खानुपर्छ । गर्भावस्थाको समयमा स्वास्थ्यसम्बन्धी केही पनि समस्या देखिएमा अविलम्ब नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क राख्नुपर्छ ।


-अब जानौँ अपनाउनुपर्ने सावधानी ।

 -सफा रहने र सधैँ नुहाउने ।
 -पौष्टिक खाना खाने ।
 -हलुका, खुकुलो र आरामदायी कपडा लगाउने ।
 -ठूलो हिल भएको जुत्ता–चप्पल नलगाउने ।
 -तनावयुक्त काम नगर्ने, आराम गर्ने ।
 -चिल्लो, पिरो, अमिलो आदि नखाने ।
 -९ महिना लागेपछि दिनको १० घन्टासम्म आराम गर्ने ।
 -राति ८ घन्टा सुत्ने तथा दिनमा २ घन्टा बायाँ कोल्टे परेर पल्टिने ।
 -कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने ।
 -हरियो सागसब्जी खाने र दूध पिउने ।
 -जाँड, रक्सी तथा चुरोट नपिउने ।
 -विशेषगरी, पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने ।
 -मोटरसाइकल,स्कुटर नचलाउने ।
 -शारीरिक सम्पर्क नराख्ने ।
 -चिकित्सकको सल्लाहविना जथाभावी औषधि नखाने र प्रयोग नगर्ने ।
 -धनुष्टंकारको सुई लगाउने ।