काठमाडौँ  / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सल्लाहकारमा केशव बस्याल नियुक्त भएका छन् । 

भारतमा रहेका नेपाली आप्रवासी तथा सरोकारको विषयमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका बस्याल वैदेशिक रोजगारीका मुद्दाहरूमा निरन्तर आवाज उठाउने अभियन्ता हुन् । 

OM Sai Pathibhara Hospital

त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागसम्बद्ध बस्याल सेन्टर फर माइग्रेस एन्ड इन्टरनेसनल रिलेसन्स नामक निजी संस्थामा अनुसन्धान निर्देशकसमेत छन् ।