झापा / पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले पकेटमारी गर्ने गरेको आरोपमा एक महिला र एक पुरूष गरी दुई जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।

२६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू भारतीय नागरिक हुन् ।

OM Sai Pathibhara Hospital

पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा यसअघि मनकामना र पोखरालगायतका ठाउँमा बसेर पनि पकेटमार गर्ने गरेको उनीहरूले स्वीकार गरेको प्रहरीको भनाइ छ ।

उनीहरू पशुपतिनाथ परिसरभित्र पकेटमार गर्ने र जयबागेश्वरी स्थित सित्तला गेस्ट हाउसमा बस्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । 

उक्त कोठा चेकजाँच गर्दा मोबाइललगायत सामान बरामद भएको र उनीहरूलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा राखिएको छ ।

उनीहरूको साथबाट आइफोनसहित ५ थान मोबाइल , ४२ हजार नगद र पर्स दुई थान, चक्कु एक थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।