-कमल कोइराला
हामीहरू धेरैले केटाकेटीहरूले खेल्ने सर्प र सिंढी भएको स्नेक ल्याडर खेल देखेका हौंला । कहिलेकाहीं कुनै बच्चा ६४ अंक भएको कोठाबाट २ अंकमात्र ल्याई ६६ अंक भएको कोठामा पुग्न र त्यहाँ भएको सिंढी सोझैं ८८ मा पुग्न ६ पाटे सानो पासा फ्याँक्छ । तर २ कोे अंकको साटो ३ अंक अई ६७ अंक भएको ठाउँ पुग्छ, जहाँ सर्पको मुखमा गोटी फेरि ६६ बाट उल्टै झरेर ४४ मा खस्छ ।
तर, कुनै देशको राजनीतिलाई कुनै ठूलो धन र साधन भएको छिमेकी देश वा देशहरूका बलिया गुप्तचर सञ्जालहरूले स्नेक ल्याडरको खेलमा परिणत गरिदिए बडो बिजोग दुर्दशा हुन्छ ।
यसै वर्ष, २०७७ को जेठ ३१ गते शनिबार नेपालको प्रतिनिधि सभाले २५८ मतविरुद्ध शून्य मत भई लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र समेटिएको नक्सा सर्वसम्मत भई पास गरेको थियो । २०७७ असार ४ गते बिहीबार राष्ट्रिय सभाले पनि ५७ विरुद्ध शून्य भई सर्वसम्मत मतले त्यसको अनुमोदन गरेको थियो ।
यो घटनालाई भारतीय थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणले चीनको नाम नलिई कसैले उचालेकोले नेपालले त्यसो ग¥यो भनेर गंभीर आरोप नेपालमाथि लगाएका थिए । त्यसपछिदेखि भारतीय टेलिभिजनहरूमा चीनका एजेन्टहरूलाई निकालेर नयाँ गठबन्धन सरकार बनाउनुपर्छ भनेको हामीहरूले देखेकै सुनेकै कुरा हो ।
त्यससमय ६४ प्रतिशतको साथ झण्डै दुई तिहाईको बलियो एकीकृत र एकताबद्ध भएको कम्युनिष्ट नामधारी सरकार थियो । भारतीय टेलिभिजनहरूले धेरै हल्ला गरे पनि भारनीय सरकारले भने पहिले पहिले झैं केही नबोली चुपचाप भित्री खेल र गोटीहरू फिट गर्दै गएको अहिले बल्ल स्पष्ट बुझिदैंछ । २०७७ कात्तिकदेखि अलि अलि यसको आभाष हुन लागेको थियो । तर पहिले पहिले झैं भारतीय नेता र उच्चस्तरका विदेश मन्त्रालय वा भारतीय दूतावासले केही हल्ला खल्ला गरेन ।
यो पूर्णरुपले ‘रअ’ गुप्त जिम्मा भयो र ? केही वर्षहरू अघि सन् २००५ नोभेम्बर १२–१३ ९२०६२ कात्तिक २६–२७० ढाका सार्क समिटमा महाराजा ज्ञानेन्द्रले चीनलाई सार्कको पर्यवेक्षक सदस्य प्रस्ताव गरेकोमा भारतीय सरकार साह्रै रन्थनिएको थियो । खुला रुपले भारतीय अखबारहरू ‘द टाइम्स अफ इन्डिया’ लगायतले राजतन्त्र अब संसारमै हदम्याद नाघेको अलोकप्रिय कुरा भइसक्यो भन्ने सम्पादकीयहरू प्रकाशित गरेका थिए । तर, नेपालको निर्वाचित संसदबाट नक्सा पास भएपछि भारतीय आर्मीका चीफ नरवणेले बोलेपछि केही दिन टेलिभिजनहरूले बोले पनि सबै भारतीय नेता चुप लागेको दृश्य हामीहरूले देख्यौं ।
सानो चुपचाप तर प्रशस्त भित्री होमवर्कहरू गरी भारतीय खुफिया चीफ सामन्तकुमार गोयल आफ्नो टोलीका साथ भारतीय वायुसेनाको नेपालद्वारा कूटनीतिक सुविधाप्रदत्त हवाईजहाजबाट उत्रिएर अरु कसैसँग नभेटी केवल ३ घण्टा बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मात्र भेटेर फर्केपछि बल्ल अरु सबै पार्टीका नेताहरू साह्रै संशकित हुन थालेका थिए । अनेकथरी अड्कल र अनुमानहरूको बजार गरम हुन थाल्यो । सामन्त गोयलको चरण २०७७ कात्तिक ५ मा काठमाडौंमा परेको थियो ।
हिन्दीमा एउटा मजाकको उल्टो भनाई छ, ‘जहाँ जहाँ पाउ पढे सन्तन कि तहाँ तहाँ भन्टाघार’ (जहाँ सन्तहरूको पाउ पर्छ, त्यहाँ भन्टाघार हुन्छ) । ‘भन्टाघार’ हिन्दी शब्दको अर्थ हो सत्यानाश वा बर्बाद हुनु । ‘रअ’ का महान सन्तहरूको सामन्त गोयलको टोलीको चरण प्रधानमन्त्री निवास बालुवाटारमा प¥यो । त्यसपछि के के हुँदै गयो बालुवाटार हालका निवासीको मति र नीति हामीहरू सक्षम स्पष्ट हुँदैछ । २०७७ मंसिरको पहिलो साता लाग्दा नलाग्दै प्रधानमन्त्री ओलीको मतिमा नेपालको प्रतिनिधि सभा भंग गर्ने आइडिया आएको कुरा काठमाडौंका अखबारहरू छापिएकै छन् । अनि २०७७ पुस ५ गते त प्रतिनिधि सभा भंग गर्न सिफारिस गरे । जुलुस प्रदर्शनहरू विरोधहरू प्रारम्भ भए । विरोध गर्दै नेकपाकै कयौं मन्त्रीहरूले समेत राजीनामा गरेका थिए ।
२०७७ फागुन ११ गते ५ जना न्यायाधीशको संवैधानिक वेञ्चले सर्वसम्मत निर्णय गर्दै प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्री ओलीको सिफारिस असंवैधानिक भनि बदर गरिदियो । पार्टीभित्र र बाहिर सबै जसोले सोचका थिए अब प्रधानमन्त्री ओलीले नैतिकताको आधरमा राजीनामा दिन्छन् होला । तर राजीनामा आएन । किनभने नेकपा फोड्ने तोड्न र सकेसम्म तहसनहस नै पार्ने गुप्त लक्ष्य अझैं बाँकी थियो ।
प्रधानमन्त्री ओलीले राजीनामा गरेको भए त्यससमय नेकपा एक रहन सक्ने सम्भावना पनि रहन सक्ने थियो होला । तर, भारतीय अंग्रेजी दैनिक ‘द हिन्दुस्तान टाइम्स’ २०७७ फागुन १२ ९फेब्रुअरी २४, २०२१० मा प्रशान्त झाको ‘जहाँ नेपाली र भारतीय स्वार्थ मिल्छ’ शीर्षकको लेखभित्रका पंक्तिहरू माझ ‘नेकपा (एनसीपी) नेपालको संविधान र जनताको प्रदर्शनहरूमा व्यक्त चाहनाले पनि २०७७ फागुन ११ मा प्रतिनिधि सभा संवैधानिक वेञ्चद्वारा पुनस्र्थापित भयो ।
तर त्यसको १२ दिन पछि नै २०७७ फागुन २३ गते ५ न्यायाधीशहरूको फैसलालाई ओभरअल झैं गर्दै २ न्यायाधीशहरूको डिभिजनले ठूलो एकलौटी बहुमत सांसद १७४ संख्या भएको पार्टीलाई १२१ र ५३ भएको दुईवटा अलग अलग पार्टी बनाई फुटाई दियो । र, त्यो नाम संसदमा १ सिट पनि नभएको ऋषि कट्टेलको जिम्मा लगाइदियो ।
मैले नबुझेका रहस्यमय कुरा त्यो र त्यो फैसलापछि नेकपा नाम भएको २०७४ को निर्वाचनपछि सबै भन्दा बलियो संसदीय दल यसरी २ जनाले फोडिदिएर एकबाट दुई बनाई दिँदा यसका सबै पक्षका सबै नेताले सजिलो न्यायिक बाटो पुनरावलोकन समेतमा नगई शिरोधार्य गर्ने अराजनीति गरेर बसेका छन् । के प्रभुको यस्तै मर्जी हो भनेर बुझेर नेताहरूले यसो गरेका हुन् र ? के अब कांग्रेस, माओवादी र जसपा संसदीय समीकरण प्रभुको चाहना हो ?
कांग्रेस ६३, माओवादी ५३ र जसपा ३४ गरी १५० को समीकरणाले अब १२१ सांसद भएको अपसमा विभाजन र वैमनस्यताले भित्रभित्रै छिन्नभिन्न नेकपा (एमाले) नै नामाकरण फेरि अदालतको आदेशले धारण गरेको पार्टीको सरकार हुन पुगेकोलाई सजिलै (कम्फर्टटेबल) मोजोरिटीले चाँडै २०७७ चैतमै विस्थापित गर्ने हो ?
२०७७ कात्तिक ५ गते बालुवाटारमा पदार्पण गरेका सामन्त गोयल पाकिस्तानको बालाकोट सर्जिकल स्ट्राइक गर्ने गुप्त योजनाकार र समन्वयकार भएर भारतमा चर्चित छन् ।
के उनको ‘स्क्याटर एण्ड स्म्यास एनसीपी’ ट्याक्टिकल स्ट्राइक मिसन एकम्प्लिस्ड भएकै हो ?’ असजिलो काम फत्ते हुँदा वा केही गाह्रो लक्ष्य पूरा हुँदा छिमेकपाकिस्तानको बालाकोट सर्जिकल स्ट्राइकका योजनाकार नेपालमा सफल कि असफल ?
हामीहरू धेरैले केटाकेटीहरूले खेल्ने सर्प र सिंढी भएको स्नेक ल्याडर खेल देखेका हौंला । कहिलेकाहीं कुनै बच्चा ६४ अंक भएको कोठाबाट २ अंकमात्र ल्याई ६६ अंक भएको कोठामा पुग्न र त्यहाँ भएको सिंढी सोझैं ८८ मा पुग्न ६ पाटे सानो पासा फ्याँक्छ । तर २ कोे अंकको साटो ३ अंक अई ६७ अंक भएको ठाउँ पुग्छ, जहाँ सर्पको मुखमा गोटी फेरि ६६ बाट उल्टै झरेर ४४ मा खस्छ ।
तर, कुनै देशको राजनीतिलाई कुनै ठूलो धन र साधन भएको छिमेकी देश वा देशहरूका बलिया गुप्तचर सञ्जालहरूले स्नेक ल्याडरको खेलमा परिणत गरिदिए बडो बिजोग दुर्दशा हुन्छ ।
यसै वर्ष, २०७७ को जेठ ३१ गते शनिबार नेपालको प्रतिनिधि सभाले २५८ मतविरुद्ध शून्य मत भई लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र समेटिएको नक्सा सर्वसम्मत भई पास गरेको थियो । २०७७ असार ४ गते बिहीबार राष्ट्रिय सभाले पनि ५७ विरुद्ध शून्य भई सर्वसम्मत मतले त्यसको अनुमोदन गरेको थियो ।
यो घटनालाई भारतीय थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणले चीनको नाम नलिई कसैले उचालेकोले नेपालले त्यसो ग¥यो भनेर गंभीर आरोप नेपालमाथि लगाएका थिए । त्यसपछिदेखि भारतीय टेलिभिजनहरूमा चीनका एजेन्टहरूलाई निकालेर नयाँ गठबन्धन सरकार बनाउनुपर्छ भनेको हामीहरूले देखेकै सुनेकै कुरा हो ।
त्यससमय ६४ प्रतिशतको साथ झण्डै दुई तिहाईको बलियो एकीकृत र एकताबद्ध भएको कम्युनिष्ट नामधारी सरकार थियो । भारतीय टेलिभिजनहरूले धेरै हल्ला गरे पनि भारनीय सरकारले भने पहिले पहिले झैं केही नबोली चुपचाप भित्री खेल र गोटीहरू फिट गर्दै गएको अहिले बल्ल स्पष्ट बुझिदैंछ । २०७७ कात्तिकदेखि अलि अलि यसको आभाष हुन लागेको थियो । तर पहिले पहिले झैं भारतीय नेता र उच्चस्तरका विदेश मन्त्रालय वा भारतीय दूतावासले केही हल्ला खल्ला गरेन ।
यो पूर्णरुपले ‘रअ’ गुप्त जिम्मा भयो रु केही वर्षहरू अघि सन् २००५ नोभेम्बर १२–१३ ९२०६२ कात्तिक २६–२७० ढाका सार्क समिटमा महाराजा ज्ञानेन्द्रले चीनलाई सार्कको पर्यवेक्षक सदस्य प्रस्ताव गरेकोमा भारतीय सरकार साह्रै रन्थनिएको थियो । खुला रुपले भारतीय अखबारहरू ‘द टाइम्स अफ इन्डिया’ लगायतले राजतन्त्र अब संसारमै हदम्याद नाघेको अलोकप्रिय कुरा भइसक्यो भन्ने सम्पादकीयहरू प्रकाशित गरेका थिए । तर, नेपालको निर्वाचित संसदबाट नक्सा पास भएपछि भारतीय आर्मीका चीफ नरवणेले बोलेपछि केही दिन टेलिभिजनहरूले बोले पनि सबै भारतीय नेता चुप लागेको दृश्य हामीहरूले देख्यौं ।
सानो चुपचाप तर प्रशस्त भित्री होमवर्कहरू गरी भारतीय खुफिया चीफ सामन्तकुमार गोयल आफ्नो टोलीका साथ भारतीय वायुसेनाको नेपालद्वारा कूटनीतिक सुविधाप्रदत्त हवाईजहाजबाट उत्रिएर अरु कसैसँग नभेटी केवल ३ घण्टा बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मात्र भेटेर फर्केपछि बल्ल अरु सबै पार्टीका नेताहरू साह्रै संशकित हुन थालेका थिए । अनेकथरी अड्कल र अनुमानहरूको बजार गरम हुन थाल्यो । सामन्त गोयलको चरण २०७७ कात्तिक ५ मा काठमाडौंमा परेको थियो ।
हिन्दीमा एउटा मजाकको उल्टो भनाई छ, ‘जहाँ जहाँ पाउ पढे सन्तन कि तहाँ तहाँ भन्टाघार’ (जहाँ सन्तहरूको पाउ पर्छ, त्यहाँ भन्टाघार हुन्छ ) । ‘भन्टाघार’ हिन्दी शब्दको अर्थ हो सत्यानाश वा बर्बाद हुनु । ‘रअ’ का महान सन्तहरूको सामन्त गोयलको टोलीको चरण प्रधानमन्त्री निवास बालुवाटारमा प¥यो । त्यसपछि के के हुँदै गयो बालुवाटार हालका निवासीको मति र नीति हामीहरू सक्षम स्पष्ट हुँदैछ । २०७७ मंसिरको पहिलो साता लाग्दा नलाग्दै प्रधानमन्त्री ओलीको मतिमा नेपालको प्रतिनिधि सभा भंग गर्ने आइडिया आएको कुरा काठमाडौंका अखबारहरू छापिएकै छन् । अनि २०७७ पुस ५ गते त प्रतिनिधि सभा भंग गर्न सिफारिस गरे । जुलुस प्रदर्शनहरू विरोधहरू प्रारम्भ भए । विरोध गर्दै नेकपाकै कयौं मन्त्रीहरूले समेत राजीनामा गरेका थिए ।
२०७७ फागुन ११ गते ५ जना न्यायाधीशको संवैधानिक वेञ्चले सर्वसम्मत निर्णय गर्दै प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्री ओलीको सिफारिस असंवैधानिक भनि बदर गरिदियो । पार्टीभित्र र बाहिर सबै जसोले सोचका थिए अब प्रधानमन्त्री ओलीले नैतिकताको आधरमा राजीनामा दिन्छन् होला । तर राजीनामा आएन । किनभने नेकपा फोड्ने तोड्न र सकेसम्म तहसनहस नै पार्ने गुप्त लक्ष्य अझैं बाँकी थियो । प्रधानमन्त्री ओलीले राजीनामा गरेको भए त्यससमय नेकपा एक रहन सक्ने सम्भावना पनि रहन सक्ने थियो होला । तर, भारतीय अंग्रेजी दैनिक ‘द हिन्दुस्तान टाइम्स’ २०७७ फागुन १२ ९ फेब्रुअरी २४, २०२१० मा प्रशान्त झाको ‘जहाँ नेपाली र भारतीय स्वार्थ मिल्छ’ शीर्षकको लेखभित्रका पंक्तिहरू माझ ‘नेकपा (एनसीपी) मा फुट नै भारतको भित्री असली लक्ष्य (कोर इन्डियन अब्जेक्टिभ) हो भन्ने प्रकाशित भइसकेको थियो ।
नेपालको संविधान र जनताको प्रदर्शनहरूमा व्यक्त चाहनाले पनि २०७७ फागुन ११ मा प्रतिनिधि सभा संवैधानिक वेञ्चद्वारा पुनस्र्थापित भयो । तर त्यसको १२ दिन पछि नै २०७७ फागुन २३ गते ५ न्यायाधीशहरूको फैसलालाई ओभरअल झैं गर्दै २ न्यायाधीशहरूको डिभिजनले ठूलो एकलौटी बहुमत सांसद १७४ संख्या भएको पार्टीलाई १२१ र ५३ भएको दुईवटा अलग अलग पार्टी बनाई फुटाई दियो । र, त्यो नाम संसदमा १ सिट पनि नभएको ऋषि कट्टेलको जिम्मा लगाइदियो ।
मैले नबुझेका रहस्यमय कुरा त्यो र त्यो फैसलापछि नेकपा नाम भएको २०७४ को निर्वाचनपछि सबै भन्दा बलियो संसदीय दल यसरी २ जनाले फोडिदिएर एकबाट दुई बनाई दिँदा यसका सबै पक्षका सबै नेताले सजिलो न्यायिक बाटो पुनरावलोकन समेतमा नगई शिरोधार्य गर्ने अराजनीति गरेर बसेका छन् । के प्रभुको यस्तै मर्जी हो भनेर बुझेर नेताहरूले यसो गरेका हुन् ? के अब कांग्रेस, माओवादी र जसपा संसदीय समीकरण प्रभुको चाहना हो ?
कांग्रेस ६३, माओवादी ५३ र जसपा ३४ गरी १५० को समीकरणाले अब १२१ सांसद भएको अपसमा विभाजन र वैमनस्यताले भित्रभित्रै छिन्नभिन्न नेकपा ९एमाले० नै नामाकरण फेरि अदालतको आदेशले धारण गरेको पार्टीको सरकार हुन पुगेकोलाई सजिलै (कम्फर्टटेबल) मोजोरिटीले चाँडै २०७७ चैतमै विस्थापित गर्ने हो ?
२०७७ कात्तिक ५ गते बालुवाटारमा पदार्पण गरेका सामन्त गोयल पाकिस्तानको बालाकोट सर्जिकल स्ट्राइक गर्ने गुप्त योजनाकार र समन्वयकार भएर भारतमा चर्चित छन् । के उनको ‘स्क्याटर एण्ड स्म्यास एनसीपी’ ट्याक्टिकल स्ट्राइक मिसन एकम्प्लिस्ड भएकै हो ? ।’ असजिलो काम फत्ते हुँदा वा केही गाह्रो लक्ष्य पूरा हुँदा छिमेकका देशमा उर्दुमा ‘फतह हासिल’ पनि भन्छन् ।
के सामन्त गोयललाई ‘फतह हासिल’ भएकै हो ? नेपालको वर्तमान राजनीतिक चलखेल र चित्रले त्यस्तै प्रश्नको उत्तर दिंदै छैन त ? का देशमा उर्दुमा ‘फतह हासिल’ पनि भन्छन् ।
के सामन्त गोयललाई ‘फतह हासिल’ भएकै हो र ? नेपालको वर्तमान राजनीतिक चलखेल र चित्रले त्यस्तै प्रश्नको उत्तर दिंदै छैन त ?
साभार साँघु साप्ताहीक