समाचार

    Showing 8,171-8,180 of 19,582 items.
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला र

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 272 पटक पढिएको
  • आजको मौसमः कोशी र मधेसमा हुरीबतासको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ ।आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 306 पटक पढिएको
  • ‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरु

    धनकुटा । गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मूख रहेको व्यवसायीहरुको भनाइ छ । ‘कोरोना अघिको जस्तो व्यापार छैन तर टावर बनेपछि कोरोनाकालमा भन्दा राम्रो भइरहेको छ’, होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले भने । विगत १८ बर्षदेखि होटल व्यवसाय गर्दै आएका श्रेष्ठले भेडेटारको होटल व्यवसायमा देखिएको सुस्तता विस्तारै हटेर जाने विश्वास व्यक्त गरे ।त्यसैगरी होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि कोरोना महामारीको समय

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 417 पटक पढिएको
  • सोलुखुम्बुमा हावाहुरीको वितण्डा

    सोलुखुम्बु । ‘खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो ! डाँडाहरु हावाले फुकेर फुङ्ग हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन’, यहाँको सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी ७१ वर्षीया जाङ्बु शेर्पाले आश्चर्यमिश्रित भावमा भनिन् ।विगतमा सामान्य हावा चल्ने भए पनि यस पटक सोलुखुम्बुमा अस्वाभाविक गतिमा हावा चलेको अनुभव स्थानीयको छ । हावाका कारण सगरमाथा क्षेत्रको थामेदेखि सदरमुकाम सल्लेरीसहित सोताङ आसपासमा घर, विद्यालय जस्ता संरचनाहरुमा ठूलो क्षति पुगेको छ । दुई महिनामा २६ घटनाजिल्ला प्रहरी कार्यालयको 

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 370 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १३ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १८० रूपैयाँ ४२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रूपैयाँ ९० पैसा र बिक्रीदर १५७ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रूपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रूप

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 285 पटक पढिएको
  • भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

    जुम्ला । यहाँका दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ । यहाँका आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए ।जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि रु ४५ लाख  प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो । मन्त्रालयको कार्यविध अनुसार फर्म दर्ताको प्रमाणपत्रसहित करचुक्तासम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधारमा य

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 359 पटक पढिएको
  • मङ्गलबारदेखि पोखरा–छेन्दु नियमित उडान

    काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुरÞ्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ । ‘पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचक

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 234 पटक पढिएको
  • भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गरिने

    काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेका छन् ।सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउन मन्त्री लेखकले दुई दिनअघि निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढाएका छन् ।सर्वोच्च अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको गृह मन्त्रालयले जनाएको छ ।कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐनअनुसार सर्वोच्चबाट फैसला भएका घरजग्गा जफत गरी सरकारका नाममा ल्याउन मन्त्रीस्तरको निर्णय गरी सोको दाखिला खारेज मालपोत

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 314 पटक पढिएको
  • विष्णुमती नदीमा भेटिएको मूर्तिबारे अध्ययन जारी

    काठमाडौँ । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्ने विषयमा पुरातत्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णय भएको छ ।महानगर प्रहरी बलको कार्यालयमा बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले, पुरातत्व विभागबाट स्थानीयले दावी गरेको स्थानको मूर्ति हो कि होइन, भन्ने अध्ययन गरेर आगामी बैठकमा पेश गर्ने निर्णय भएको हो ।स्थानीय र सम्पदा अभियन्ताहरुले यो मूर्ति विष्णुमती नदी किनारामा रहेको भीममुक्तेश्वर मन्दिरबाट हराएको कामदेव (छत्रचण्डेश्वर, लकुलिस) भनेर दावी गरेका छन् ।वैठकमा महानगरपालिकाको सम्पदा विभागका प्रमुख कुमारी र

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 274 पटक पढिएको
  • भारतले नेपाललाई हिन्दुराष्ट्र भएको देख्न चाहन्छः कालीदास बाबा

    काठमाडौं ।भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले भारतले नेपाल हिन्दुराष्ट्र भएको देख्न चाहेको बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदी सँधै हिन्दुराष्ट्रका पक्षमा रहेको पनि औंल्याए ।‘एक अभिभावकका रुपमा राजसंस्था चाहिन्छ । नेपालका नेताहरुले पनि वाध्य भएर गणतन्त्र रोज्नुभएको हो । उहाँहरुले म सँगको कुराकानीमा वाध्यताले राजसंस्था हटाउनुपरेको बताइरहनु भएको छ । हामीले पहिल्यैदेखि देवी देउता, देउराली, ढुंगा, आकाश–पाताल, पृथ्वी, कुल मान्दै आएका हौं । त्यसैले राजसंस्थाको अलग्गै महत्व छ,’ उनले भने,‘राजसंस्था र हिन्दुराष्ट्र परिपूरक पनि हुन् ।’हालै काठमाडौंमा भएको

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 515 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा