काठमाडौं— अवैध लागूऔषध कारोबारमा संलग्न तीन जना विदेशी नागरिकलाई चार किलो ३०० ग्राम कोकिनसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतकै २१ वर्षीय मुर्सालेन हुसेन रहेका छन्। पक्राउ परेका तीनै जनालाई बिहीबार सार्वजनिक गरिएको र उनीहरू नेपालमै बसेर कोकिनको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेका शंकास्पद विदेशी नागरिकमाथि निगरानी ग
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता हुँदैछ ।सोमबार राति लामो समय छलफल गरेका उनीहरुबीच आज हुने छलफललाई निर्णायक भनिएको छ । स्रोतका अनुसार छलफलका लागि बालेनलाई भेट्न रवि ललितपुरको कुपोण्डोल जाँदैछ ।यसअघि सोमबार राति कमलपोखरीमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरु निकट नेताहरुले बताएका
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन । यस अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन । “विविध धर्म, भाषा र संस्कृतिको संगम रहेको हाम्रो मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगद
एजेन्सी— चीनको सांघाइमा क्रिसमसको रौनक देखिएको छ । सांघाईका प्रमुख पर्यटकीय स्थलहरूमा पर्यटकको संख्यामा वृद्धि भइरहेको छ । सांघाई डिज्नील्याण्डले गत महिना आफ्नो १० करोडौं आगन्तुकलाई स्वागत गरेको थियो ।क्रिसमस, बिदाको मौसम र हिट एनिमेटेड फिल्म जुटोपियाका कारण उक्त क्षेत्रमा पर्यटकहरूको संख्या बढेको छ । विशेषत सांघाइमा हिउँ दुर्लभ मानिन्छ तर कृतिम हिउँका कारण पर्यटक थप लोभिएका छन् । त्यहाँ सूर्यास्त हुने बित्तिकै कृत्रिम हिउँ पर्ने गरेको छ ।उक्त क्षेत्रमा युरोपका मानिसहरूलाई मात्र आकर्षित गर्दैन, तर अन्य एसियाली देशहरूबाट पनि आगन्तुकहरूको संख्या बढ्दै गएको स्थानीयको भनाइ छ ।चिनियाँ आधुनिकीकरण सं
मुस्ताङ— हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् ।नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने बताए । तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखरा–जोमसोम उडान स्थगित गरेको बताए। त्यसैगरी समिट
काठमाडौं— नेपाली फिल्म ‘मुगलान’ प्रदर्शनमा आएको छ । प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म क्रिसमस–डेको अवसर पारेर बिहीबार रिलिज भएको हो । आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा मातृभूमि छाडेर विदेशिने युवाको कथालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ ।फिल्ममा प्रभात र स्मारिकाका साथमा श्री शिवांशी, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बाँस्तोलालगायत कलाकारहरूको अभिनय छ । गोमन सिंह निर्माता रहेको ‘मुगलान’ को सह–निर्माता रीता चौधरी हुन् ।नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा भएपनि चाडपर्व तथा विशेष समय
जनकपुर— मधेश प्रदेशमा रहेका शहीद परिवारका सदस्यहरुले सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।बुधबार जनकपुरधाममा पत्रकार सम्मलेन गर्दै मधेशी शहीद प्रतिष्ठानका सदस्यहरुले सरकारले आफूहरुलाई हदै सम्मको बेवास्ता गरेको भन्दै एक हप्ता पछि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।शहीदको नाममा नेता र मन्त्री बनेकाहरुले संघियता ल्याउन आफ्नो बलिदानी दिएका शहीद र उनीहरुको परिवारका सदस्यहरुलाई झुक्काउन मात्र खोजेको मधेशी शहीद प्रतिष्ठानका सदस्य एवम सहिद चंदिन पटेलका पिता अवदेश पटेलले बताए ।उनले शहीद परिवारका निम्ति बनाइएको मधेशी शहीद प्रतिष्ठानको नाममा १० करोड बजेट बिनियोजन गरिने भनिएकोमा जम्मा २ करोड
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बुधबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च हो।आज सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यावसायीले जनाएको छ।बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ६ सय रूपैयाँ घटेको हो।यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा चार हजार चार सय २० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ८० अमेर
विराटनगर— कोशी प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा परी असामयिक निधन भएको छ ।विराटनगरमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा निधन भएको हो ।थापाको निर्धनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले दुख व्यक्त गरेको छ । क्यानले भनेको छ–'कोशी प्रदेशका कुशल तथा प्रतिभाशाली क्रिकेट खेलाडी मिनश थापाको दुर्घटनामा परी भएको असामयिक निधनको दुःखद खबरले नेपाल क्रिकेट संघसहित सम्पूर्ण क्रिकेट परिवारलाई गहिरो शोकमा डुबाएको छ। दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्तजन तथा खेलप्रेमीहरूलाई यो अपार दुःख सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।
काठमाडौं । कर्नाटकको चित्रदुर्ग जिल्लाको राष्ट्रिय राजमार्ग ४८ मा भएको भयानक सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।चित्रदुर्गका डीसी (जिल्ला मजिस्ट्रेट) ले बीबीसी हिन्दीलाई भने, “यो दुर्घटना बुधबार राति लगभग २ बजे भएको थियो। यसमा, बेंगलुरुबाट गोकर्ण जाँदै गरेको बस अगाडिबाट आउँदै गरेको ट्रकसँग ठोक्कियो, जसका कारण बसमा आगो लाग्यो।”“बस ३२ जना यात्रु बोकेको स्लीपर कोच थियो। अहिलेसम्म हामीले ११ जनाको शव पहिचान गरेका छौं र सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।”घटनास्थलका तस्बिरहरूले देखाएअनुसार दुर्घटना एकदमै गम्भीर थियो, बस पूर्ण रूपमा क्षतिग्रस्त भएको
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.