समाचार

    Showing 7,161-7,170 of 19,544 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले सोमबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ।दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती प्रदेश लगायत देशका पहाडी भेगका थोरै तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म&nbs

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 311 पटक पढिएको
  • बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरे

    काठमाडौं— सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलामा आइतबार भेला भएर प्रदर्शन गरेका हुन् ।अघिल्लो पटक पीडित महिलाहरूले प्रदर्शन गरेका थिए । आइतबार आज भने पुरुषहरू प्रदर्शनमा उत्रिएका हुन् ।सहकारीमा बचत गरेको रकम सरकारले दिलाउन नसकेपछि पटक–पटक भएको शान्तिपूर्ण आन्दोलनबाट न्याय नपाउँदा सरकारले अर्धनग्न अवस्थामा उत्रन बाध्य बनाएको उनीहरूको भनाइ छ ।उनीहरूले सहकारी संस्थाको सम्पत्ति लिलाम गरेर भए पनि बचत फिर्ता गराइदिन सरकारसँग माग गर्दै आएका छन् ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 331 पटक पढिएको
  • अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन

    जनकपुर— जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रो लिङ्गी र किन्नर)समुदायले विरोध प्रर्दशर्न गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन् ।गत चैत्र २ गत्ते होलीको दिन जनकपुरधामस्थित विन्धिमा चक्कु प्रहार गरी हत्या भएको अंशु यादवको हत्यामा संलग्नहरुलाई प्रशासनले पक्राउ नगरेको र पक्राउ गरेकाहरुलाई पनि धरौटिमा रिहा गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । उनीहरुले एकमात्र छोराको हत्या भएपछि न्यायका लागि भौंतारिँदै हिँडेको अंशुको आमालाई न्याय दिनुको साटो प्रहरी प्रशासनले पक्राउ परेकाहरुलाई धरौटीमा छाडेर झन घाउमाथि नुन छर्केको आरोप लगाएका छन्

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 557 पटक पढिएको
  • यातायात कार्यालय कलैयाले आठ महिनामा आठ करोड बढी राजस्व संकलन गर्यो

    रौतहट— चालु आर्थिक बर्षमा यातायात व्यवस्था कार्यालय कलैयाले आठ महिनाको अवधिमा विभिन्न शीर्षकहरूबाट आठ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालय मातहत रहेको सो कार्यालयले सवारी चालक अनुमति पत्र (लाईसेन्स) बाट बढी राजस्व संकलन गरेको हो ।यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख अविन्दर दासका अनुसार माघ ८ गतेदेखि कार्यालयको जिम्मेवारी सम्हालेदेखि  मासिक औसत राजस्व संकलनमा करिब ६१ लाख रुपैयाँले वृद्धि भएको छ ।यातायात सम्वन्धी हरेक किसिमका काम कार्यालयबाट सरल र सहज रुपमा सेवा पाउन थालेपछि राजस्व संकलन वृद्धि भएको उनले उल्लेख गरेका छन् । चालु

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 271 पटक पढिएको
  • ग्वार्को फ्लाई ओभर असार १ गतेबाट संचालनमा आउने : मन्त्री दाहाल

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाई ओभरको अनुगमन गरेका छन् । आइतबार उनले ग्वार्को फ्लाई ओभरको अवस्थाबारे स्थलगत अनुगमन गरेका हुन् । सोही क्रममा ग्वार्को फ्लाई ओभरको काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए ।  उनले भने, ‘ फ्लाई ओभरको काम कर्मचारीहरुले पनि हेर्नुपर्ने थियो । तर सुरुमा समस्या केही देखिएन् । पछि गएर समस्या देखियो । त्यसैले पुनः तलैदेखि बनाउनु पर्ने अवस्था आयो । जसका कारण ढिला भयो । ढिलै भएपनि परिणाम राम्रै आएको छ । अब जेठको अन्तिमसम्ममा काम सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चा

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 249 पटक पढिएको
  • बारीमा उम्रेको च्याउ खाँदा आठ जना विरामी

    नवलपुर— नवलपुरको गैंडाकोट नगरपालिका–१३ शिख्रौली र गैंडाकोट–११ मुकुन्दसेन टोलका दुई परिवारका ८ जना च्याउ खाएर विरामी परेका छन्।बारीमा उम्रेको च्याउ खाँदा दुई परिवारका ८ जना विरामी परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।बिरामी भएकाहरुलाई गैंडाकोट नगर अस्पताल भेडाबारीमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको प्रहरीको भनाइ छ।च्याउ खाएर नवलपुरको गैंडाकोट–१३ शिख्रौली कैलाश टाल निवासी ४५ वर्षीय शसी सिर्पाली, २० वर्षीय पूर्णिमा सिर्पाली, ५० बर्षीया शतदेवी लाम्गादे, २७ वर्षीया दिलकुमारी सिर्पाली, २५ वर्षीय कमला हर्नेल, गैंडाकोट– ११ मुकुन्दसेन टोल निवासी ४५ वर्षीय इन्द

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 248 पटक पढिएको
  • बालेनले महानगरका प्रवक्ता मानन्धरलाई सोधे स्पष्टीकरण

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले महानगरका प्रवक्ता तथा १७ नम्बरका वडाध्यक्ष नविन मानन्धरलाई स्पष्टीकरण सोधेका छन्। मेयर साहले आफूविरुद्ध मिडियामा अभिव्यक्ति दिएको भन्दै मानन्धरलाई ७ दिने स्पष्टीकरण सोधेका हुन्। आइतबार पत्रमार्फत स्पष्टीकरण सोधिएको प्रवक्ता मानन्धरले जानकारी दिए। स्पष्टीकरण सोध्नुको मुख्य कारण मेयर शाहको विरुद्धमा आवाज उठाउनु रहेको उनको भनाइ छ। ‘केहि पनि विषय तोकिएको छैन। मैले अहिले बोलिरहेको विषयमा उहाँको आपत्ति रहेको बुझेको छु, यद्यपि पत्र मेरो हातमा परिसकेको छैन’ उनले भने।मेयर शाहले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन नसकेको भन्दै च

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 242 पटक पढिएको
  • सर्लाहीको विभिन्न स्थानमा अवैध रुपमा नदी उत्खनन, स्थानीय सरकार किन मौन?

    सर्लाही— सर्लाहीका विभिन्न स्थानमा अवैध रुपमा नदी उत्खनन हुँदा स्थानीयले क्षति वेहोर्नु परेको छ । अवैध नदी उत्खननले त्यहाँका स्थानीयले खेती योग्य जमिन गुमाएकोले क्षति व्यहोर्नु परेको हो । सर्लाहीको लालबन्दी नगरपालिका वडा नंम्बर– १७ को आसपासमा नदीले कटान गर्दा खेतीयोग्य जमिनभित्र रहेको कालिन्जोर, लखन्देही, फूलजोरलगायतका नदी उत्खननले त्यहाँका कृषियोग्य जमिन  कटान गरेको स्थानीय बताउछन् । मापदण्ड विपरीत वर्षेनी अवैध रुपमा नदी उत्खनन हुँदा पनि स्थानीय सरकार, प्रशासन भने मौन रहेको स्थानीयको गुनासो छ । राजनीतिक दलका आडमा नदी उत्खनन हुँदा पनि स्थानीय सरकारले किन रोक्न सक्दैनरु स्थानीय स

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 313 पटक पढिएको
  • साँगामा सडक विस्तारका क्रममा सुक्खा पहिरो खस्दा मजदुर घाइते

    भक्तपुर— अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–साँगा खण्डमा सुक्खा पहिलो खस्दा आइतबार एकजना मजदुर घाइते भएका छन् ।भक्तपुरको जगाति–साँगा खण्ड र साँगा–धुलिखेल खण्डमा भइरहेको सडक विस्तारका क्रममा अत्यन्तै जोखिमस्थलका रूपमा रहेको सूर्यविनायक नगरपालिका–१० साँगाको झोलुङ्गे पुलमुनि सुक्खा पहिरो खस्दा सडक विस्तारको काम गरिरहेका मजदुर पुरिएर घाइते भएका हुन् ।बर्दियाको वारबर्दिया नगरपालिका–५ घर भई हाल सूर्यविनायक– पलासेँ बस्दै आएका ५२ वर्षीय तुलारा थारू घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइतेको तत्कालै उद्धार गरी उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।सडक न

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 161 पटक पढिएको
  • केवलकारको चेरेसस्टेशनको शौचालयमा लडेर ६२ वर्षीय भारतीय नागरिकको मृत्यु

    चितवन— मनकामना दर्शन गर्न जाँदै गरेका एक भारतीय नागरिकको शौचालयमा लडेर मृत्यु भएको छ। आइतबार बिहान साढे ८ बजेतिर मनकामना दर्शन गर्न जाँदै गरेका ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्ट केवलकारको शौचालयभित्र लडेका थिए।भारतको गुजरात पालनपुर बस्ने ६२ वर्षीय मन्नुप्रसाद भट्ट अचेत अवस्थामा भेटिएका थिए । उनको उपचारको लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिङ प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए।शव पोष्टमर्टमको लागि भरतपुर अस्पताल पठाइएको छ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 237 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा