समाचार

    Showing 7,091-7,100 of 19,536 items.
  • भोली १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरियो

    काठमाडौं— प्रतिनिधिसभाको बैठक भोली १ बजेसम्मका लागि स्थगित गरिएको छ । सूचना टाँस गरेर अपराह्न साढे ३ बजेलाई तय गरिएको बैठक चल्न नसके पछि भोली दिउँसो १ः०० बजेसम्मका लागि स्थगित गरिएको हो ।गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीले निरन्तर सदन अवरुद्ध गरे पछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर, गृह मन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडानमा विपक्षी दल रहे पछि सभामुख देवराज घिमिरेले सुचना टाँस गरेर ३ः३० बजेका लागि बैठक तय गरिएको थियो ।सो समय सीमामा पनि सहमति नभए पछि भोली १ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । 

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 220 पटक पढिएको
  • भिजिट भिषा प्रकरण: संसदमा बोल्ने वातावरण नभएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखक

    काठमाडौं— भिजिट भिषा प्रकरणबारे गृहमन्त्रीलाई अप्ठ्यारो बनाएको छ । उनलाई विपक्षी दलहरूले संसदमा अवरोध गरेपछि प्रतिनिधिसभा बैठकमा सो बारे बोल्न पाएनन् । चारै तिरबाट गृहमन्त्री रमेश लेखकले नैतिक आधारले राजिनामा दिनु पर्ने दबाब आएको छ । सामाजिक सञ्जालदेखि संसद भवनमा समेत उनको राजिनामा मागेका छन् । तर उता कांग्रेसका सभापति शेर बहादुर देउवाले भने उनको संरक्षण गरेका छन् । गृहमन्त्री लेखकले सो बारे संसदमा जवाफ दिन खोजिरहेका थिए तर विपक्षी दलका सांसदहरुले उनलाई बोल्न नदिएपछि पत्रकार सम्मेलन गर्ने भएका छन्। गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे प्रतिनिधिसभामा बोल्न समय मागेपनि विपक्षी दलहरू

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 275 पटक पढिएको
  • रेविकाको न्याय माग्दा पक्राउ परेका विद्यार्थीहरु को को हुन? (नामसहित)

    काठमाडौं— तीनकुनेमा भएको राजावादीे आन्दोलनमा २०८१ चैत १५ गते घाइते भएकी २२ वर्षीया रेविका खत्रीको न्यायका लागि निषेधित क्षेत्र संसद भवनको मूल गेट  बाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । घाइते रेविकाको सहज उपचार र न्यायको माग गर्दै  कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले आज प्रदर्शन गरेका हुन् ।बानेश्वरस्थित संघिय संसद भवनको १ नम्बर गेटमा प्रदर्शन गर्ने क्रममा कोटेश्वर बहुमुखी क्याम्पस इकाई अध्यक्ष तथा क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । नेपाल विद्यार्थी संघको आयोजनामा विद्यार्थीहरुले रेविकाको न्यायका लागि प्रदर्शन गरेको जिल्ला प्रहरी परिस

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 248 पटक पढिएको
  • भिजिट भिसा प्रकरणः गृहमन्त्रीको राजीनामाको माग राष्ट्रियसभामा पनि उठ्यो, देउवाले संरक्षण गरेका गृहमन्त्रीले सजिलै देलान त राजिनामा?

     काठमाडौं— राष्ट्रियसभाको बुधबारको बैठकमा पनि गृहमन्त्रीको राजीनामाको माग उठेको छ। आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर सार्की अछामीले भिजिट भिसा प्रकरणबारे निष्पक्ष छानबिनको माग गरे।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखसहित केही कर्मचारीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र यस प्रकरणमा गृहमन्त्रीको पनि संलग्नताबारे विषयहरू आइरहँदा राजीनामा गरेर अनुसन्धानमा सघाउनुपर्ने उनको भनाइ थियो।पछिल्ला विकसित घटनाक्रमको विश्वव्यापी रूपमा नकारात्मक सन्देश गइरहेको पनि उनले बताए। दुई तिहाइको सरकार जनताप्रति जिम्मेवार र जवाफदेही हुन नसकेको आरोप पनि सांसद

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 226 पटक पढिएको
  • सांसदद्वारा बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण

    काठमाडौं— राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरूले बाल सुधारगृहमा देखिएका समस्या सम्बोधन गर्नुपर्ने तथा नजिकिँदो मनसुनलाई ध्यानमा राखी आवश्यक तयारी गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  बैठकको शून्य समयमा बाल सुधार गृहमा देखिएका विभिन्न समस्या सम्बोधन गर्न सांसद कृष्णबहादुर रोकायाले माग गरे । उनले देशभर जम्मा नौ वटा सुधार गृह भएको र भएकामा पनि क्षमताभन्दा बढी रहेकाले विभिन्न समस्या देखिरहेको बताए ।उनले भने, “कर्णाली प्रदेशमा त एउटा पनि बाल सुधार गृह छैन । अत्यधिक भीडभाड, पर्याप्त शौचालय, शिक्षा र परामर्शको अभाव तथा आवश्यक सुविधाबाट वञ्चित छन् । बालगृहमा देखिएका

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 258 पटक पढिएको
  • एक सय ५६ किलो गाँजासहित दुईजना पक्राउ

    काठमाडौं— इलाका प्रहरी कार्यालय बर्दिवासको टोलीले एक सय ५६ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । बर्दिवास नगरपालिका–१ शुभ स्वस्तिक हस्पिटलअगाडिबाट अवैध लागुऔषध गाँजा करिब एक सय ५६ किलो ५५ ग्रामसहित उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका–५ घुर्कोली बस्ने ३५ वर्षीय लालबाबु साह र सोही नगरपालिका–३ बुद्धचोक बस्ने २१ वर्षीय अभिषेक परियार छन् ।इलाका प्रहरी कार्यालय बर्दिवास र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले परियारसहित चढेको बा११च ३४९४ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा स्कारपियोमा लुकाई–छिपाई राखेको ३० वटा पोकामा रह

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 198 पटक पढिएको
  • संसद भवनको अगाडी रेविकाको न्याय माग्दै विद्यार्थीको प्रदर्शन, सात जना पक्राउ

    काठमाडौं— गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको न्यायको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । न्यायका लागि भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले निषेधित क्षेत्र नयाँ बानेश्वरस्थित संसद भवनको मूल गेट अगाडि प्रदर्शन गरेका छन् ।निषेधित क्षेत्र अगाडी प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई जनाको ज्यान जाने गरी भएको तीनकुने प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन् । आन्दोलमा कुनै सरोकार नै नभएकी उदयपुरकी रेविका पनि अस्पतालको बेडमै छिन् ।

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 265 पटक पढिएको
  • कास्कीमा ४.४ रेक्टर स्केलको भूकम्प गयो

    काठमाडौं— कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 244 पटक पढिएको
  • आधा घण्टाको लागि प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौं— प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । विपक्षी दलहरूले उठेर निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।बैठकको प्रारम्भदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका थिए । स्वतन्त्र छानबिनका लागि राजीनामा दिएर गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नु पर्ने तथा उच्चस्तरीय छानबिन आयोग समिति गर्नु पर्ने माग गर्दै बुधबार दोस्रो दिन पनि सदनमा नारावाजी गरेका छन् ।

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 234 पटक पढिएको
  • ढुङ्गा खसेर पैदलयात्रीको मृत्यु, अर्का एक व्यक्ति घाइते

    दार्चुला— दार्चुलाको नौगाड गाउँपालिका– ६ धुलिगडाबाट बझाङतर्फ हिडेर जाने क्रममा ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर मृत्यु भएको छ । उनको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो ।जोशीको घटनास्थलमै आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकार दिए ।बाटोमा हिँडिरहेका उनलाई रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।यस्तै जोशीसँग हिँडेका नौगाड गाउँपालिका– ६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 252 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा