समाचार

    Showing 7,061-7,070 of 19,534 items.
  • नदीको बीच भागको टापुमा फसेका २२ जनाको गोताखोरले सकुशल उद्धार गरे

     चितवन— चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको छ। नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेका उनीहरुको सकुशल उद्धार गरिएको हो।​उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल न. १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो। नदीको बाँध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुबेको छ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 244 पटक पढिएको
  • सदन अवरोध हटाउने बारे सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै, के सदन अवरोध हट्ला ?

    काठमाडौं— दलका प्रमुख सचेतकहरुसँग सभामुख देवराज घिमिरेले छलफल गर्ने भएका छन् । शुक्रबार बिहान ११ बजे बस्ने गरी मुख्य सचेतक र प्रमुख सचेतकलाई छलफलमा बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।उनका अनुसार सदनको अवरूद्ध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरबारे छलफल हुने एजेन्डा छ।भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरूद्ध गर्दै आएका छन्।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 293 पटक पढिएको
  • राजावादीको आन्दोलन आज पनि जारी, दुर्गा प्रसार्इँ समुहले अलग्गै प्रदर्शन गर्ने

    काठमाडौं— राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तर दिने भएका छन् । विहीबार (हिजो) देखी काठमाडौं केन्द्रित आन्दोलनले शुक्रबार (आज) पनि निरन्तर दिने भएको हो ।आन्दोलन रत्नपार्क, शान्तिबाटिका केन्द्रित आज १२ बजेबाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।दुर्गा प्रसाइ नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारवाट माइतीघर केन्द्रित हुने जनाएको छ। 

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 404 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७० पैसा र बिक्रीदर

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 329 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोशी प्रदेशका केही स्थान, मधेशस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक/

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 255 पटक पढिएको
  • सशस्त्र प्रहरी बलका ठाडा मगर एआईजीमा बढुवा सिफारिस

    काठमाण्डौ । सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो।यस सिफारिससँगै ठाडा मगर नेतृत्व तहमा पुग्ने निश्चित भए पनि अन्य वरिष्ठ अधिकृतहरूको सम्भावना कमजोर देखिएको छ। सशस्त्र प्रहरीका तत्कालीन एआईजी चन्द्रप्रकाश (सिपी) गौतम वैशाख २ मा अवकाश प्राप्त गरेपछि रिक्त रहेको पदमा डेढ महिनापछि बढुवाको निर्णय भएको हो।वैशाख १४ मा बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गरेको थियो । सूचना अनुसार ८ जना डिआइजीहरूले आवेदन फारम भरेका थिए ।दरखास्त फारम

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 799 पटक पढिएको
  • राजावादीको प्रदर्शनका क्रममा पक्राउ पर्नेको संख्या ५ पुग्यो (नामसहित)

    काठमाडौं—   गणतन्त्र दिवसका दिन राजावादीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटी, विद्युत कार्यालय क्षेत्रबाट ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार २२ वर्षीय घनश्याम न्यायुपाने, २३ वर्षीय ब्रिज मोहन राय, १७ वर्षीय शिवराज जैसी, २६ वर्षीय आशिष लामा र २१ वर्षीय पारस राणा रहेका छन् ।उनीहरुमध्ये घनश्याम न्याउपाने र ब्रिज मोहन रायलाई विद्युत प्राधिकरणबाट गिरफ्तार गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको, शिवराज जैसीलाई शान्तिबाटीकाबाट घुसपेठ गरेको भनी कार्यकर्ताले प्रहरीलाई बुझाएपछि उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखेको, आशिष लाम

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 485 पटक पढिएको
  • आर्थिक वर्ष २०८२–०८३ को वजेटमा मदिरा, बियर, चुरोट र सुर्तीको भन्सार महसुल वृद्धि

    काठमाडौं— आर्थिक वर्ष २०८२–०८३ को बजेटमा सरकारले मदिरा, बियर, चुरोट र सुर्तीको भन्सार महसुल वृद्धि गर्ने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै मूल्य अभिवृद्धि तथा अन्तशुल्कसम्बन्धी कानुनमा परिमार्जन गरिने बताएका छन् ।बजेट आउनु अघि बजारमा मदिरा, बियर, चुरोट र सुर्तीको अभाव हुने गरेको छ । अब भने यी वस्तुमा बजार मूल्यसमेत वृद्धि हुने छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 359 पटक पढिएको
  • जग्गाधनीलाई खुशीको खबर, सरकारले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने घोषणा गर्यो

    काठमाडौं— सरकारले आर्थिक वर्ष २०८२/८३ भित्र पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र (पूर्जा) वितरण गर्ने घोषणा गरेको छ।संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिसम्बन्धी कानुन संशोधन गरी भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या दीर्घकालीन रूपमा समाधान गरिने जानकारी दिए। उनले लगत संकलन र प्रमाणीकरणको प्रक्रिया सम्पन्न गरी पूर्जा वितरण कार्य अघि बढाइने बताए। यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति सुनिश्चित गरिने पनि उनले स्पष्ट पारे।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 347 पटक पढिएको
  • राजावादी आन्दोलनमा घुसपैठ गरेको आरोपमा दुईजनामाथि कुटपिट

    काठमाडौं— राजावादी समूहहरूले काठमाडौंका रत्नपार्कमा गरेको विरोध प्रदर्शनका क्रममा घुसपैठ गरेको भन्दै दुई व्यक्तिमाथि कुटपिट गरेका छन्। कुटपिटमा परेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर भिडबाट बाहिर निकालेको छ। राजावादीहरू आजबाट सुरु भएको ‘संयुक्त जनआन्दोलन’को पहिलो दिन शान्तिबाटीकामा भेला भएका छन्।राजावादीले काठमाडौंको ७ स्थानबाट जुलुस निकालेको छ। 

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 287 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा