समाचार

    Showing 61-70 of 26,780 items.
  • रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे ।  खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । विपद् लगत्तै उद्धार कर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए ।भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 169 पटक पढिएको
  • हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार

    काठमाडौं / नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ । मंगलबार साँझ ७ बजेसम्म नेपाली सेनाले हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार गरेको छ । हालसम्म हवाई माध्यमबाट २७३ जना विदेशी नागरिकसहित ३ हजार ८९१ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।सेनाका अनुसार धुन्चे, कोलोनी, बेत्रावती र त्रिशूली–३एमा गरी २ हजार ५ सय केजी राहत सामग्री हवाई माध्यमबाट ढुवानी गरिएको छ ।चिलिमे हाइड्रोमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र करिब १५० मिटर प्रवेश गरे पनि त्यसपछि भिरालो भाग सुरु भएको र टने

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 113 पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट: १ हजार १२७ वटा शव फेला

    काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आज बिहान ८ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् ।प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै, बाढीमा परेका ६हजार ५४१ हजार ७४२ जना घाइतेहरुको उद्धार गरिएको छ । 

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 115 पटक पढिएको
  • विपद् पीडितका लागि केडिया समूहको १ करोड सहयोग

    काठमाडौं / बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि निजी क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम तीव्र बन्दै गएको छ।यसैक्रममा केडिया समूहले प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। समूहका तर्फबाट उक्त रकमको चेक मंगलबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरिएको केडिया समूहले जनाएको छ।हालैका बाढी तथा अन्य प्राकृतिक विपद्पछि उद्योगी–व्यवसायी, निजी क्षेत्र र विभिन्न संघसंस्थाले राहत कोषमा सहयोग जुटाउने अ

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 111 पटक पढिएको
  • रसुवा बाढीबारे सरकारले प्रतिनिधिसभा बैठकलाई जानकारी गराउने

    काठमाडौं । रसुवामा गएको विनाशकारी बाढीले पुर्‍याएको धनजनको क्षति र सरकारले गरिरहेको खोजी, उद्धार, राहत र पुर्नस्थपनाको तयारीबारे सरकारले संसद्लाई जानकारी गराउने भएको छ ।प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा सरकारको तर्फबाट एक जना मन्त्रीले जानकारी गराउने सभामुखको सचिवालयले जनाएको छ । तर कुन मन्त्रीले जानकारी गराउने भन्ने तय भएको छैन ।संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले भने, ‘सरकारको तर्फबाट एक जना मन्त्रीले जानकारी गराउने जानकारी आएको छ ।’प्रतिनिधिसभाको बैठकमा आज सभामुखले विशेष प्रस्ताव नै प्रस्तुत गर्ने कार्यक्रम छ ।भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 128 पटक पढिएको
  • ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

    म्याग्दी। म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देख्नुभयो ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उहाँले अनौठो मान्नुभएको छ । “हिउँदका चार महिनाबाहेक अन्य समयमा पाँच कुण्डहरू देखिन्थे”, उहाँले भन्नुभयो, “अहिले पहिलेको जस्तो कुण्डहरू देखिन छाडेको छ ।”पहिले तालको किनारैकिनार हिँडेर आरोही र भरियाहरू आधार शिविर पुग्ने गरेकामा २०६४ सालमा तिलिचो तालबाट हिउँपहिरो खसेर जनधनको क्षति गरेपछि चार हजार १९० मिटर उचाइमा अवस्थित हालको आधार शिविर

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 92 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्नुहुने सम्भावित कार्यसूची छ । बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुनेछ ।“प्रतिनिधिसभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी नागर

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 95 पटक पढिएको
  • बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

    चैनपुर।रोल परी सोह्र घर छ्या, त्यई परी घर छैनआलु राख्न्या छानु छियो, स्याउ राख्न्या ठौर छैन...बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा पीडा झल्किन्थ्यो । १६ वर्षको मेहेनत बगैँचामा फल बनेर झुल्दा पनि बेचैन छ उहाँको मन ।रूखका हाँगा स्याउले झुकेका छन् । हाँगामा मात्रै नभई बोट नै अडेस लागेको छ । बगैँचा राताम्य छन् । बगैँचा हेरेर उत्सव मनाउनुपर्ने परिवार ‘स्याउ कहाँ बेच्ने ?’ चिन्तामै रूमल्लिएको छ ।खप्तडछान्ना गाउँपालिका–६ राजकोट स्थायी घर भएका थापा परिवारले वर्षौँको मेहेनतपछि बगैँचामा फल देखेका थिए । केही वर्षयता नियमित देख्न पाइएको छ । “दिउँसोको उज्यालोमा झुलेको फल

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 93 पटक पढिएको
  • भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व सङ्कलन

    भोजपुर। जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु नौ करोड बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट रु नौ करोड ६९ लाख ६३ हजार ९५० राजस्व सङ्कलन गरेको हो ।कार्यालयका अनुसार निजी वनबाट हुने काठ निकासी, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको निकासी र विकास आयोजनाबाट उक्त राजस्व सङ्कलन भएको हो । जिल्लामा वन क्षेत्र राजस्वको महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको कार्यालयले जनाएको छ ।डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा निजी वनबाट २९ लाख २४ हजार ४३० क्युफिट काठ स्थानान्तरण गरिएको छ

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 95 पटक पढिएको
  • फोहर बेचेर व्यासले कमायो २७ लाख

    दमौली। तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा रु २७ लाख आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पुनः प्रयोगयोग्य बनाइएका फोहर बिक्री गरी उक्त आम्दानी गरेको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले उक्त आम्दानी गरेको हो ।आवश्यक प्रक्रिया पूरा गरी बोलपत्रमार्फत चालु आर्थिक वर्षमा साबिकको मूल्यमा दश प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिइएको थियो ।फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहर वर्गीकर

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 94 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.