सिमकोट— हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ । वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि आन्तरिक पर्यटक कैलाश मानसरोवरको दूरदर्शनका लागि लाप्चा पुग्ने गरेका नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । पर्यटकका लागि उत्कृष्ट गन्तव्य स्थल बन्न सक्ने सम्भावना भए पनि उचित व्यवस्थापनको अभावमा हाल आन्तरिक पर्यटक मात्रै यहाँ पुग्ने गरेको उनको भनाइ छ । कैलाश मानसरोवर दूरदर्शनका लागि जेठदेखि कात्तिकसम्म राम्रो समय मानिन्छ । हिउँदयामको छ महिनासम्म भ
काठमाडौं— बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोेभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५५ वर्षीय बिर बहादुर घिसिङ र ३९ वर्षीय दिनेश खड्का रहेका छन्।उनीहरुले बैदेशिक रोजागारमा पठाइदिन्छु भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितहरुले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा आज विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए । बिर बहादुर घिसिङले नर्वे र डेनमार्क पठाईदिन्छु भनी २ जनाबाट पाँच लाख दश हजार रकम मागे
काठमाडौं— प्रतिनिधिसभा बैठक बिहीबार १ बजेका लागि सारिएको छ। बुधबारका लागि तय गरिएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर बिहीबारका लागि सारिएको संसद् सचिवालयले जनाएको छ। बैठक ११ बजे बस्ने भनिएको थियो। दलहरूबीच सहमति जुट्न नसक्दा साढे ३ बजेका लागि सारिएको थियो।बैठक स्थगित हुनुअघि बुधबार पनि सभामुख देवराज घिमिरेले सत्ता पक्षीय र विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए। छलफलमा विपक्षी सांसदहरूले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान राखेका थिए।भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि गृहमन्त्री रमेश लेखक विवादमा त
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं— सुन्दा अचम्म लाग्न सक्छ देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा काग र लोखर्के एकआपसमा जुध्दा विद्युतको तार सर्ट भई बिजुली अवरुद्ध भएको छ । काग र लोखर्केले तार छोएर सर्ट भएपछि बिजुली अवरूद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार करिब एक घण्टादेखि सिंहदरबारमा बिजुली छैन ।‘काग र लोखर्केले सिंहदरबारभित्र नेपाल टेलिभिजन अगाडि बिजुलीको तार छुँदा सर्ट भएको रहेछ, करेन्ट लागेर काग र लोखर्के मरेका छन्,’ उनले भने, ‘सिंहदरबारमा अहिले बिजुली अवरूद्ध छ, मर्मतको काम भइरहेको छ ।’ बिजुली अवरूद्ध हुँदा सिंहदरबारभित्र कामकाज पनि प्रभावित बनेको छ।
विराटनगर— मोरङमा एक व्यक्तिले जिस्किदाजिस्किदै सात वर्षीय बालकको लिङ्ग काटिदिएका छन् । मोरङ पथरीशनिश्चरे नगरपालिका–६ का ४८ वर्षीय मही चौधरीले फलाम काट्ने ग्रेन्डरले सोही स्थानका सात वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् ।ग्रील पसल सञ्चालन गर्ने महीले पसलमा आएका सोही स्थानका किरण चौधरीका ७ वर्षीय छोरासँग जिस्किने क्रममा लिङ्गको टुप्पोको केही भाग काटिएको थियो ।घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रहरीका अनुसार मही चौधरीले नै बालकलाई उपचारका लागि अस्पताल लगेका हुन् । बालकको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानका
काठमाडौं— राजावादीहरुको प्रदर्शन केन्द्रित हुँदा सुरक्षा चुनौती साथै पठनपाठन प्रभावित भएको भन्दै श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयले सरकारसँग आन्दोलनको स्थान परिवर्तन गर्न माग गरेको छ ।विद्यालयका निमित्त प्रधानाध्यापक रामप्रसाद ढुंगानाले प्रमुख जिल्ला अधिकारी र मार्फत गृह मन्त्रालय र काठमाडौं महानगरको शिक्षा विभागलाई पत्र लेख्दै विद्यालय अगाडि हुने चर्को नारा जुलुस र आवाजले सुरक्षा चुनौती देखिएको र अध्यापन प्रभावित भएकाले आन्दालेनको स्थान परिवर्तनका लागि आग्रह गरेका हुन् ।‘यस सामुदायिक विद्यालयमा विभिन्न खालका समावेशी विद्यार्थीहरु समेत अध्ययन गर्ने भएकोले बढी संवेदनशील हुनुपर्ने अवस
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताएका छन् ।जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताए ।“आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो । मानवताभन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ । आँसु सब
काठमाडौं— आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । २०६८ देखि यो दिवस मनाउन थालिएको हो ।सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नुहँदा सरोकारवाला चिन्तित छन् । अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन् ।जातीय छुवाछूत कानूनतस् दण्डनीय अपराध हो । नेपालको संविधानले नै सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको
काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायुको प्रभाव छ भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ।कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी प्रदेशका एक(दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेको छ।कोशी र मधेस प्रदेशमा धेरै वर्षा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.