समाचार

    Showing 6,951-6,960 of 19,527 items.
  • पोखरीमा डुबेर दुई बालकको मृत्यु

    झापा— झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर शनिबार बिहान दुई बालकको मृत्यु भएको छ ।मृतकहरू तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा– ११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए ।शनिबार बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटल पुर्‍याएका थिए ।हस्पिटलका चिकित्सकले दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 181 पटक पढिएको
  • शनिबार (आज) बकर ईद देशैभर सार्वजनिक बिदा दियो

    काठमाडौ— नेपाल सरकार, गृह मन्त्रालयले सूचना जारी गर्दै आज शनिबार देशैभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मुसलमान धर्मावलम्बीहरूको पवित्र पर्व बकर ईद (ईद–उल–अजहा) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो।गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएअनुसार, नेपाल राजपत्रमा पूर्वप्रकाशित सूचनाअनुसार बकर ईदको दिन सार्वजनिक बिदा रहने व्यवस्था गरिएकाले यस वर्ष मुस्लिम आयोगको सिफारिस अनुसार असार २४ गते शनिबार बिदा दिन लागिएको जानकारी गराइएको छ।बकर ईदको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूलाई मन्त्रालयले शुभकामना व्यक्त गरेको छ।विज्ञप्तिमा सहसचिव एवं प्रवक्ता राम

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 204 पटक पढिएको
  • आगलागी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

    बाजुरा— जिल्लाको बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिन्डरबाट भएको आगलागीको क्षतिको विवरण संकलन गरी प्रदेश र संघीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ । बुढीगंगा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटेलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । सो आगलागीबाट ३० पसल जलेर नष्ट भएका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । ग्यास सिलिन्डर पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिक

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 139 पटक पढिएको
  • आज निर्जला एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    काठमाडौं— वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन प

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 227 पटक पढिएको
  • पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्रीबाट राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाएपछि प्रश्नचिन्ह खडा भएको टिप्पणी गरेका छन्। शुक्रबार संसद् भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पतञ्जली जग्गा प्रकरणमा माधव नेपालविरुद्ध मुद्दा दर्ता हुनुमा प्रतिशोधको गन्ध आएको बताएका हुन्। अध्यक्ष प्रचण्डले माधव नेपाल स्वयंले अदालतले न्याय दिने बताएको र आफूलाई पनि न्याय दिनेमा विश्वास रहेको बताए। उनले भने,‘माधवजीले नै आश्चर्यमा हुनुहुन्छ भन्नुभएको छ। उहाँले अदालतले न्याय दिन्छ भन्ने कुरामा विश्वास गर्नु भएको छ। सफाइ पाउँछु पनि भन्नुभएको छ। अदालतले उहाँमाथि न्

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 240 पटक पढिएको
  • नागढुंगामा ४५ लाखभन्दा बढी मूल्यको सुनसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं  - उपत्यका छिर्ने नाका नागढुंगा चेक पोष्टमा एक भारतीय यात्रु २७४.८३ ग्राम सुनसहित पक्राउ परेका छन् ।काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३-००१ ख ३१३९ नम्बरको यात्रुवाहक बसमा चेकजाँचको क्रममा भारत वेस्ट बंगाल घर बताउने करिब ३१ वर्षीय महादेव सामन्तलाई ४५ लाख ६३ हजार ८२६ रूपैयाँबराबरको सुनसहित पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी अपीलराज बोहराले बताए ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 177 पटक पढिएको
  • आरसीबीको उत्सवमा भागदौडको क्रममा ११ जनाको मृत्यु ,आरसीबी प्रतिनिधि र इभेन्ट म्यानेजर पक्राउ

    काठमाडौंं -  इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)का एक प्रतिनिधिसहित चारजना पक्राउ परेका छन् । शुक्रबार बेंगलुरु प्रहरीले ११ जनाको मृत्यु हुने गरी मच्चिएको भागदौडबारे अनुसन्धान गर्न आरसीबीका एक प्रतिनिधि र इभेन्ट म्यानेजमेन्टका तीन जनालाई पक्राउ गरेको हो ।बेंगलुरुले पन्जाब किंग्सलाई पाँच विकेटले पराजित गर्दै पहिलोपटक आईपीएलको उपाधि जितेको थियो । जितपछि आरसीबीले गत बुधबार एक रंगशालमा विजय उत्सवको आयोजना गरेको थियो ।उत्सव मनाउन हजारौँको संख्यामा समर्थक रंगशाला पुगेका थिए । रंगशाला प्रवेश गर्ने क्रममा पास नभएका समर्थकले गेटमा धकेलाधकेल गरेपछि

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 314 पटक पढिएको
  • विनोद चौधरीको पहलमा पश्चिम नवलपरासी १ मा ३१ करोडभन्दा बढी बजेट विनियोजन

    काठमाडौँ -  प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा पश्चिम नवलपरासी १ मा शहरी विकास मन्त्रालयअन्तर्गत बजेटमार्फत ३१ करोड बढि बजेट विनियोजन गरिएको छ ।आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शहरी विकास मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको हो । बजेटले पश्चिम नवलपरासी १ को पूर्वाधार विकास, सहरी सौन्दर्यकरण र विपन्न परिवारका लागि आवास निर्माण लगायतका महत्पूर्ण परियोजनामा बजेट विनियोजन गरिएको हो । एकीकृत बस्ती विकास (सुस्ता), सडक निर्माण, आपतकालीन आवास भवन र पार्क लगायतका पूर्वाधार सुधारका लागि १ करोड ६ लाख रुपैयाँ विनियोजन भएको छ ।   गरिब तथा विपन्न परिवारका लागि आ

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 266 पटक पढिएको
  • सप्तकोसीमा गोताखोर प्रहरी बेपत्ता : गृहमन्त्री लेखकद्वारा दुःख व्यक्त, खोजीकार्यमा कसर नछोड्न निर्देशन

    काठमाडौं  -  गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित सप्तकोसीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर)बेपत्ता घटनाप्रति दु:ख व्यक्त गरेका छन्। शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लेखकले उक्त घटना सम्वन्धमा विस्तृत जानकारी लिएका हुन्।उनले अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए। 'शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्न आग्रह छ,' गृहमन्त्री लेखकले भने,'खतराजन्य उद्दारमा खटिने जनशक्तिको जीवन बीमा बारे मन्त्रालयले थप कार्य गर्नेछ ।'उनले खतराजन्य उद्दार

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 257 पटक पढिएको
  • 'पत्रकारमाथि वरिष्ठ अधिवक्ता थापाको दुर्व्यवहार अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप'

    काठमाडौं— वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथि गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ।नेपालप्रेसडटकमका फोटो पत्रकार कार्कीलाई हिजो नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयबाट बाहिरिँदै गर्दा थापाले अपशब्द गर्दै दुर्व्यवहार गरेका थिए।सार्वजनिक स्थानमा निर्वाध रूपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकको जिम्मेवार अधिवक्ताबाट नै उल्लंघन भएकोमा चौतारीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।चौतारीका महासचिव हिरामान लामाले आज एक विज्ञप्ति जारी गर्दै थापाको यस प्रकारको व्यवहारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको निष्कर्ष उल्लेख गरिएको छ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 140 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा