समाचार

    Showing 6,931-6,940 of 19,527 items.
  • निजामती सेवा ऐन शीघ्र जारी गर्न माग गर्दै कालोपट्टी बाँधेर विरोध

    भद्रपुर— झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित सङ्घीय निजामती सेवा ऐन शीघ्र जारी गर्न माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका  केन्द्रीय सदस्य यदुनन्दन दाहालका अनुसार कर्मचारी नियमित सेवा प्रवाहमा सहभागी भइरहे पनि ऐनको ढिलाइप्रति खबरदारी गर्न पाखुरामा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । ‘अस्तिसम्म सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका थियौँ, हिजोदेखि देशभर कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेका छौँ’, उनले भने। सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको मनोबल उच्च बनाउन तथा सरकारी स

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 173 पटक पढिएको
  • भिजिट भिषा प्रकरणः छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने विपक्षीको अडान कायमै

    काठमाडौं— सत्तापक्ष भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गर्न तयार नभएसम्म विपक्षी दलले संसदको अवरोध कायमै राख्ने भएका छन् ।  सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलको बैठकमा संसद् अवरुद्ध गर्ने रणनीति यथावत् राख्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जानकारी दिए । दाहालले सोमबार संसद् बैठकअघि छानबिन समितिको मागबारे विपक्षी दलहरूको साझा धारणा कायम छलफल भएको र समिति गठन नभएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार, भिजिट भिसा प्रकरणको निष्पक्ष र पारदर्शी छानबिनका लागि संसदीय समिति आवश्यक रहेको विपक्षीको अडान पर

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 247 पटक पढिएको
  • वाईसीएलको ७४ जना पदाधिकारी टीम बन्यो

    काठमाडौं— नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल) ले ७४ जना पदाधिकारी चयन गरेको छ।तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत रुपमा पुष्प ओलीको नेतृत्वमा पदाधिकारी चयन गरेको हो। संगठनको उपाध्यक्षमा २२ जना निर्वाचित भएका छन्।उपाध्यक्षमा डम्बर पुलामी, ठाकुर सौराग, नवराज ऐर, सुदीप नगरकोटी, रामकुमार श्रेष्ठ, अविलास तामाङ, हरिप्रसाद ढकाल, माधव बस्नेत, मनोज बिक, प्रेम श्रेष्ठ, अरुण श्रेत्री, अर्जुनसिंह साउद, शंकर पौडेल, शैलेन्द्रकुमार शर्मा, मिमसरा बम, नविन खड्का, सन्तोष पनेरु, शोभाराम भण्डारी, अकिल शाही, मिना चैदरा र सुशिला कुँवर रहेका छन्।यस्तै महासचिवमा गणेश शाही, सहसचिव

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 285 पटक पढिएको
  • खुकुरी प्रहार गरी भागेका दुई जना काठमाडौंबाट पक्राउ

    जाजरकोट— जाजरकोटमा पीडितलाई बाँधेर खुकुरी प्रहार गरेको घटनामा फरार अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर–७ घर भएका २७ वर्षीय दीपेन्द्र सिंह र २७ वर्षका तप्त सिंह रहेका छन् ।उनीहरूलाई कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।आरोपीहरू विरुद्ध जाजरकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जाजरकोट प्रहरीले जेठ २२ मा उनीहरूलाई पक्राउ गरिदिन पत्राचार गरेको एसपी आचार्यले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 160 पटक पढिएको
  • अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौं आइपुगे

    काठमाडौं— अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली आइतबार राति काठमाडौं आइपुगेका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेका उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो। डिपोर्ट गरिएका नेपालीमध्ये ३२ पुरुष र ५ महिला गरी कुल ३७ जना रहेका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरूमाथि कडाइ गर्दै आएको छ।भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरूलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ।

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 192 पटक पढिएको
  • श्रीराम प्लाई उद्योग नजिकै पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

    काठमाडौं— झापाको बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उद्योग नजिकैको कच्ची सडक छेउमा एक अज्ञात पुरुषको शव फेला परेका छ ।स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बालाई खबर गरेका थिए । जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनी र घैलाडुब्बाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रारम्भ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।खड्काका अनुसार मृतकको नाम, थर र स्थायी ठेगाना हालसम्म खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 180 पटक पढिएको
  • राधेश्याम जोन्छेंबारे किताब लेख्नुहोस, देशभर प्रचार गर्नुहोसः देउवा

    काठमाडौं -  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्त्तपुरको सुर्यविनायक नगरपालिकामा शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको भवन समुद्घाटन तथा शहीदको प्रतिमा अनावरण गरेका छन् । आइतबार शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको भवन समुद्घाटन तथा शहीदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै उनले शहीद राधेश्यामको देशभर प्रचार गर्नुपर्ने बताए । उनले राधेश्याममाथि हमला हुनुको कारण उनी धेरै लोकप्रिय र लडाकु रहेको बताए ।  ‘शहीद राधेश्यामको एउटै मात्र दोष उहाँ धेरै लोकप्रिय हुनुहुन्थ्यो । त्यसै कारण उहाँमाथि प्रहार भएको हो । उहाँको दोष लोकप्रिय र ल

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 225 पटक पढिएको
  • सरकारको नयाँ प्रावधान अनुसार सुनचाँदी व्यवसाय गर्न सकिदैन् ; मणिकरत्न शाक्य

    काठमाडौं  -   सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार काठमाडौंको न्यूरोड क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।सरकारले आगामी बजेटमार्फत सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहनालाई भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । उनीहरुले आइतबार विहान विभिन्न प्लेकार्ड र कालो व्यानर बोकेर न्यूरोड गेटदेखि बसन्तपुर डबलीसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् । सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले २०८२÷८३ को बजेटमा व्यवस्था भएका कतिपय प्रावधानले सुनचाँदी व्यवसायीलाई प्रभावित बनाएको बताए । उनले सुनका गरगहनामा लगाइएको व

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 168 पटक पढिएको
  • समाजवादी पार्टी निर्माणको आवश्यक्ता र औचित्यबारे प्रशिक्षण दिँदै जसपा नेपाल

    काठमाडौं -  जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी मुलुक निर्माण आफूहरुको लक्ष्य रहेको बताएका छन् । बस्नेतले कांग्रेस कम्युनिष्टबाट मुलुक बन्न सक्दैन भन्ने निष्कर्षका साथ पार्टी पंक्ति वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको बताएका हुन्  ।पार्टी सङ्गठन सुदृढ गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको जसपा नेपालले सङ्गठन रहेको अधिकांश पार्टी समितिको अधिवेशन सम्पन्न गरिसकेको र अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्यहरु सहितका पार्टी सदस्यहरुलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुले मुलुकमा समाजवादी पार्टी निर्

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 166 पटक पढिएको
  • देशभरका निजामती कर्मचारीहरु कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

    काठमाडौं— देशभरका निजामती कर्मचारीहरूले संघीय निजामती सेवा ऐन जारी गर्न दबाब दिँदै आजदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को आह्वानमा विभिन्न राजनीतिक दलसँग आवद्ध कर्मचारी संगठनहरूले कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेका छन्।यस सञ्जालमा नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन्।अम्बादत्त

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 152 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा