समाचार

    Showing 6,921-6,930 of 25,597 items.
  • आहा ! आलिताल

    डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल-३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ । गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन् ।आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार चालु आर्थिक वर्षमा ताल क्षेत्रको पुनर्निर्माण र थप संरचना विकासका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष २५ लाख रुपैयाँको लागतमा समैजीको मन्दिर न

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 305 पटक पढिएको
  • भारत भ्रमणमा जाँदै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

    काठमाण्डौ  ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज (आइतबार) भारत भ्रमणमा जाँदै छन् । उनको सचिवालयका अनुसार भारतमा रहँदा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा विचार विमर्श गर्नेछन् । भट्टराईले आईआईटी बम्बईमा आयोजित कार्यक्रममा कि-नोट स्पिच दिनेछन् । दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित कार्यक्रममा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन् । भट्टराईका स्वकीय सचिव रेखी गुरुङका अनुसार उनी पुस ९ गते भारत भ्रमण पूरा गरी स्वदेश फर्कने कार्यक्रम छ ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 216 पटक पढिएको
  • काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा नाराबाजीसहित स्वागत

    काठमाडौं— सहकारी ठगी प्रकरणमा पक्राउ परेर हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौं आइपुगेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर उनलाई स्वागत गर्न रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो । विमानस्थलबाट बाहिरिने क्रममा समर्थकहरूले नाराबाजी गर्दै लामिछानेको भव्य स्वागत गरेका थिए ।विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । उनले आफूले यसलाई विजयका रूपमा नलिएको स्पष्ट पार्दै भने, ‘न्यायको लडाइँ बाँकी नै छ । मैले यो विजयको

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 446 पटक पढिएको
  • कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

    भेरीगङ्गा। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृति लिने गरेका छन् ।तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन् । जसअन्तर्गत सबैभन्दा धेरै सल्यानबाट छ हजार ९६७ पुरुष र ६२० महिला गरी सात हजार ७ हजार ५८७ जनाले श्रम स्वीकृति लिएका छन् ।त्यसैगरी, सुर्खेतका पाँच हजार ८९ पुरुष र ५६८ महिलासहित छ हजार ३८७ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क छ । दैलेखका तीन हजार ९६५ पुरुष र ३२३ महिला गरी चार हजार २८८, रुक

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 246 पटक पढिएको
  • आज रवि लामिछानेलाई बनस्थलीस्थित घण्टीघरमा स्वागत गरिदै

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बनस्थली स्थित केन्द्रीय कार्यालय जाने भएका छन् ।प्रवक्ता मनिष झाका अनुसार लामिछानेलाई दिउसो ३ बजे केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।शुक्रबार रिहा भएका लामिछानेले शनिबार चितवनमा रास्वपाको सभालाई सम्बोधन गरेका थिए भने काठमाडौं आएर जेनजी आन्दोलनका शहिद परिवार घाइतेसँग भेट गरेका थिए ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 455 पटक पढिएको
  • सुनको मूल्य घट्यो, चाँदीमा निरन्तर नयाँ रेकर्ड बन्दै

    काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने हालसम्मकै उच्च मूल्यमा कायम भएको छ ।आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै, आज चाँदीको मूल्य भने तोलामा १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । शुक्रबार प्रतितोला ४ हजार ५ रुपैयाँका कारोबार भएको चाँदी आइतबार तोलामा ४ हजार १ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 523 पटक पढिएको
  • करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द

    सुर्खेत— पञ्चपुरी नगरपालिकाले करार सेवाका कर्मचारी हटाए पछि यहाँका १२ स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् ।करार स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भएका स्वास्थ्य संस्था बन्द भए पछि सेवाग्राही मारमा परेका छन् । पञ्चपुरी नगरपालिकाले गत साउन १ गतेदेखि करार सेवाका कर्मचारी हटाएको हो ।नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।नगरपालिकाले चालू आर्थिक वर्षमा एक सय २८ जना करारका कर्मचारी हटाएको छ । जसमा ७४ जना शिक्षक, ४१ जना स्वास्थ्यतर्फका कर्मचारी र १३ जना नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको पञ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 527 पटक पढिएको
  • नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसेर ३४ वर्षिय इन्टर्न डाक्टर यादवको मृ त्यु

    बिराटनगार  ।   नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।मोरङ प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका यदब पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिएका छन् ।यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 286 पटक पढिएको
  • ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर

    रौतहट— रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित बाल्चनपुरमा शनिबार साँझ ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।चपुर–गौर सडक खण्ड अन्तर्गत डुमरियाबाट २ कि.मी. दक्षिण तर्फ शनिबार साँझ ७ः३० बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।गरुडाबाट बाल्चनपुरतर्फ आउँदै गरेको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २.०३.०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।दुर्घटनामा मोटरसाइकल चालक गढिमाई नगरपालिका–४ सुन्दरपुर निवासी ५० वर्षीय प्रमोद साह कानुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ। मोटरसाइकल चालक साहको उपचारका क्र

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 488 पटक पढिएको
  • निःशुल्क आँखा शिविरमा ३८४ जनाको परीक्षण, मोतियाबिन्दुका बिरामी बढी

    कैलाली— कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा मोतियाबिन्दुको समस्या देखिएको छ। शिविरमा जाँच गरिएका ३८४ जनामध्ये ७५ जनामा मोतियाबिन्दु पहिचान भएको आयोजकले जनाएको छ।नेपाल नेत्रज्योति सङ्घ अन्तर्गतको गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा आयोजना गरिएको उक्त शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टका अनुसार मोतियाबिन्दु देखिएका सबै बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ।उनले आइतबार र बिहीबार शल्यक्रिया गरिने जानकारी दिँदै बिरामीलाई

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 541 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.