काठमाडौं— काठमाडौं महानगरपालिकाले फोहरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसकिएमा दिगो व्यवस्थापन गर्न नसकिने जनाएको छ । कामपाले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि सरोकारवालासँगको छलफलमा उक्त धारणा प्रस्तुत गरेको हो । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गर्दैमा दिगो नहुने, त्यसका लागि स्रोतमा प्रभावकारी वर्गीकरण गर्नुपर्ने बताए। कामपाले आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म विभिन्न स्वास्थ्य संस्थामा ९६ पटक हानिकारक फोहर व्यवस्थापन अनुगमन गरेको जनाएको छ । कामपा वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार केही अस्पता
सुनसरी— सुनसरी र ताप्लेजुङबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अबिनाश चौधरी, सन्तोष श्रेष्ठ, जिवन बुढाथोकी, लक्ष्मण माझी, सुजन तामाङ र नितेन वर्मन रहेका छन् ।प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईटहरी–१७ का अबिनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–६ बाट सोहि स्थानका २९ बर्षीय सन्तोष श्रेष्ठ र २९ बर्षीय जिवन बुढाथोकीलाई ९२ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले १९ किलोग्राम गाँजा सहित प्रदेश १–०२–०५१ प ४८२३ नम्बरको
काठमाडौं— ऋण उपलब्ध गराइदिने भन्दै घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छनेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको परियोजनाले एक अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ रुपैयाबराबरको ऋण लिनका लागि बैंकका अध्यक्ष डा अधिकारीले १९ लाख रकम लिएको पाइएको आयोगले जनाएको छ ।ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्य
सुनसरी— सुनसरीको इटहरीका राप्रपा नेता एवं पूर्वमन्त्री रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राप्रपाका नेता सुब्बालगायत तीन जनाविरुद्ध एक महिलाले गैरकानुनी शरीर तलासी तथा बेइज्जती मुद्दा दायर गरेकी हुन् ।सुब्बा २०७२ मा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारका भूमिसुधार मन्त्री बनेका थिए । सुब्बालगायत सोही ठाउँ इटहरी उपमहानगर ९ बस्ने गोपाल शाह र सुनिता घिमिरेविरुद्ध मुद्दा परेको हो । शाह पीडित महिलाका ससुरा हुन् । आफूलाई पूर्वमन्त्री सुब्बालगायतले जबरजस्ती गैरकानुनी शरीर तलासी तथा बेइज्जती गरेको आरोप उनको छ ।वास्तविक घटना यस्तो रहेछःश्रीमानसहित परिवारका सदस्यहरूले हेला
काठमाडौं— आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सर्वोच्च अदालतको अघिल्लो निर्णयको उल्लंघन गरेको भन्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन्।त्रिपाठीको रिट अनुसार, बजेटको बुँदा नम्बर ८७ मा खानीजन्य र नदीजन्य वस्तुको व्यावसायिक उत्पादन तथा निर्यातमा निजी क्षेत्रलाई सहभागी गराउने प्रावधान अदालतको अघिल्लो आदेशको उलङ्घन हो। उनले अवहेलनामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन्। संविधान अनुसार, अदालतलाई अन्तिम व्याख्याता मा
कञ्चनपुर – सन् २०१८ को जुलाई २६ अर्थात् २०७५ साउन १० गते, नेपालले एउटा यस्तो दिन देख्यो जसले देशको कानुनी र सामाजिक संरचनालाई गहिरो प्रश्नमाथि उभ्यायो। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको जघन्य घटनाले सम्पूर्ण देशलाई स्तब्ध तुल्याएको थियो।तर आज, घटनाको २५०० औं दिन बितिसकेको छ—र निर्मलाले अझै न्याय पाएकी छैनन्।निर्मला पन्त, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की बालिका, घर नजिकैको साथीको घर पढ्न गएकी थिइन्। साँझसम्म घर फर्किएर नआएपछि खोजी सुरु गरियो। भोलिपल्ट ११ गते बिहान उखुबारीमा उनको शव भेटियो—बलात्कारपश्चात हत्या गरिएको अवस्थामा।त्यस दिनदेखि सुरु भएको सङ्घर्ष आज २५०० औं दिन
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ छ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ए
काठमाण्डौ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ । देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । दिउसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स
रूकुम पूर्व— सिस्ने गाउँपालिका-६ रानीकोट जंगलबाट २ थान भरूवा बन्दुक सोमबार बिहान प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेका उक्त बन्दुक फेला पारी बरामद गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कञ्चनपुर— पुनर्वास नगरपालिका–११ अमरबस्ती गवानी टोल बस्ने २५ वर्षीय कृष्ण बहादुर चन्दको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा ह्याण्ड पम्पमा जडित विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.