समाचार

    Showing 6,651-6,660 of 19,527 items.
  • मृत आमासँग १६ दिनसम्म नवजात शिशु जीवित भेटियो

    कैलाली— जिल्लाको गौरीगंगा नगरपालिका–७ को कैलाशपुरमा शुक्रबार बिहान सोही ठाउँ बस्ने २५ वर्षीया तुलसी नाथ मृत फेला परेकी छन् । नाथ मृत भेटिएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनास्थलमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोली पुगेको जानकारी दिए ।नाथ घर नजिकै मृत फेला परेकी हुन् । मृतक नाथको १६ दिनको नवजात शिशु भने सकुशल अवस्थामै भेटिएका छन् ।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 207 पटक पढिएको
  • बृहत्तर जनकपुर विकास परिषद्का पूर्व निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    जनकपुर । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यकारी निर्देशकको रूपमा कार्यरत रहँदा सार्वजनिक रकम हिनामिना गरेको अभियोगमा पूर्व निर्देशक बलराम ठाकुरसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोपपत्रअनुसार ठाकुरले २०७५ साल मंसिर ५ गतेदेखि २०७९ मंसिर ४ गतेसम्म कार्यकालमा योजनाबद्ध तरिकाले सार्वजनिक रकम दुरुपयोग गरेका थिए । स्कर्पियो गाडी खरिद तथा विक्रीको प्रक्रिया र यात्री निवास मर्मत तथा सौन्दर्यीकरणका नाममा करोडौं रुपैयाँ हिनामिना गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो । आयोगका अनुसार ठाकुरले बा १३

    • प्रकाशित मितिः असार ६, २०८२
    • 239 पटक पढिएको
  • त्रिकोणात्मक टी–२० : नेदरल्याण्ड्ससँग नेपालको शानदार जित

     काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगतको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० खेलमा बिहीबार राति नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो ।नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए ।यसैगरी आरिफ शेखले शानदार ब्याटिङ गरे । उनले २३ बलमा ३ चौका र २ छक्कासहित ३९ रन बनाए । उनको खुट्टामा समस्या देखिएपछि मैदान छाडे । त्यस्तै टि ः२० आईमा डेब्यू गरेका भीम सार्कीले १६ बलमा २ चौका र एक

    • प्रकाशित मितिः असार ६, २०८२
    • 220 पटक पढिएको
  • विनयी खोलामा बाढी, डाइभर्सन बगाउँदा बस अलपत्र — यात्रु सकुशल उद्धार

    काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डमा बाढीका कारण फेरि आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । बिहीबार बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि पुनः दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ ।प्रहरीका अनुसार विनयी खोलामा आएको बाढीले डाइभर्सन सहित काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको एक यात्रुबाहक बसलाई समेत बगाएको हो । तर, बस धेरै नबगेको र सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।दाउन्ने र दुम्कीबास क्षेत्र आसपास वर्षा भएपछि सडक हिलो र चिप्लो हुने समस्या देखिन थालेपछि प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।पूर्वबाट पश्चिम गइरहेका स

    • प्रकाशित मितिः असार ६, २०८२
    • 204 पटक पढिएको
  • बाढीमा फसेका पाँच जनाको उद्धार

    बनेपा— वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण खोलाको बीचमा फसेका पाँच जनाको उद्धार गरिएको छ।बिहीबार राति रोशी खोलामा आएको बाढीका कारण नमोबुद्ध नगरपालिका–५ लासकोटमा पाँच जना, एउटा जेसिबी र एउटा टिप्पर खोलाको बीचमा फसेका थिए।पाँच जना मानिस खोलाको बीचमा फसेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको प्रहरी टोली, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोलामा फसेका उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।सुरक्षा टोलीले ओखलढुङ्गा दुधकोशी गाउँपालिका– ४ का मजदुर काम गर्ने सागर राई, नमोबुद्ध नगरपालिका– ५ का टिप्पर च

    • प्रकाशित मितिः असार ६, २०८२
    • 173 पटक पढिएको
  • जसपा नेपालले गर्यो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । शनिबार र आइतबार (असार ७ र ८ गते) पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका विषयहरुमा बैठक केन्द्रित हुने बस्नेतले बताए ।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 128 पटक पढिएको
  • ऐतिहासिक ‘मचाती’ त्रिशुल जात्रा सम्पन्न

    काठमाडौं । ऐतिहासिक पाशुपति क्षेत्रमा ‘मचाती’ त्रिशुल जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष असार कृष्ण पक्षको भलभलाष्टमीका दिन मनाइने ऐतिहासिक त्रिशुल जात्रा वर्षातका बावजुद पनि सम्पन्न भएको हो ।बिहीबार जय मंगला बछलेश्वरी डवली, पशुपति वज्र घर र जयवागेश्वरी परिसरमा रहेको सत्तलबाट जात्रा निकालिएको थियो । तीन वटा रथसहित नगर परिक्रमा गराई जात्रा सम्पन्न भएको हो । यो जात्रामा बालबालिकालाई खटमा राखी बोकेर बाजागाजाका साथ नगर परिक्रमा गराउने प्रचलन रहेको स्थानीय बुद्धिजीवी मुकुन्द बैद्यले बताए ।  जात्रा जयवागेश्वरी पुगेपछि त्यहाँबाट पनि दुई बालिकालाई कुमारी र एक बालकलाई कुमारको रूपमा खट

    • प्रकाशित मितिः असार ६, २०८२
    • 179 पटक पढिएको
  • नेपाल प्रहरीमा जवानका लागि भर्ना खुल्यो

    काठमाण्डौ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको छ। यसअघि माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १ हजार ८४२ जनाले प्रहरी जवान बन्ने अवसर पाउने भएका छन्। प्रहरि प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै पद थप गरिएको जानकारी दिएको हो। नयाँ थपिएकोसहित अब खुलातर्फ ९९३ जनाको माग गरिएको छ। यस्तै, समावेशी समूहतर्फ आदिवासी, जनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० तथा अमर अशक्त प्रहरी परिवारका लागि ३७ पदमा भर्ना गरिनेछ।यो पद संख्या थप सर्वोच्च अदा

    • प्रकाशित मितिः असार ६, २०८२
    • 262 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०३ पैसा र बिक्र

    • प्रकाशित मितिः असार ६, २०८२
    • 264 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेश, बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको सम्भा

    • प्रकाशित मितिः असार ६, २०८२
    • 152 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा