बिर्तामोड / आगामी वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । ७५३ वटै पालिकामा मतदाताले आफ्ना जनप्रतिनिधि चयन गर्नेछन् ।मतदान गर्दा विभिन्न कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ । सानो त्रुटिले पनि मत बदर हुनसक्छ । निर्वाचनले आयोगले मत बदर हुन नदिन केही विषयमा सचेत रहनुपर्ने जनाएको छ ।मत बदर हुने अवस्थाहरू१. सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,२. औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको,३. मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,४. उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएको,५. उम्मेदवार नरहेको
झापा / कास्कीको अन्नपूर्णमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय बाबु जितबहादुर पुन र १८ वर्षकी छोरी सविना पुन रहेको प्रहरीले जनाएको छ । सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जितबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । पोखराबाट जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबीच परिवार र आफन्तले वार्ता गरिरहेका छन् । उनीहरूले कारका फरार चालकला
ताप्लेजुङ / ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । पाथीभरा सडकको सुकेटार–काफ्लेपाटी खण्डको कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो । ट्याक निर्माण भएको लामो समयपछि कुल ११ किलोमिटर दूरी रहेको सुकेटार–काफ्लेपाटी सडकखण्ड कालोपत्रे गर्न लागिएको हो । दर्शनार्थीका कारण अत्यधिक सवारी चाप हुने यो सडक वर्षा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालय ताप्लेजुङका अनुसार सडक कालोपत्रे गर्ने जिम्मा कन्टेक निर्माण प्रालिले पाएसँगै निर्माणको कार्य सुरु भएको छ । सडक कालोपत्रे गर्नेल
झापा / नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।सोमबार आयोजित एक कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले न्यौपानेले आईजीपीद्वयलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सरकारले आइतबार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । तर, वरीयताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा भने अदालत जाने तयारीमा रहेका छन् ।सशस्त्रका एआईजी अर्याललाई पनि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले महानिरीक्षकमा बढुवा गरेको हो । गत वैशाख ४ गते अर्याल एआईजी ब
काठमाडौं / काठमाडौंको बबरमहलमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा अमरगढी नगरपालिका- ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने करिब २६ वर्षीय केबिन श्रेष्ठ रहेका छन् । आइतबार राति बानेश्वरबाट बबरमहल तर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर सडकको नालीमा पल्टिएको थियो । स्कुटर नालीमा पल्टिएसँगै गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा वीर अस्पतालमा आइतबार राति २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापा / ओखलढुङ्गामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खिजिदेम्बा गाउँपालिका -८ भुपिसुर्केका ७० वर्षीय जाङमु शेर्पा रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ साँढे ६ बजेको समयमा घरमै बसिरहेका शेर्पालाई अचानक चट्याङले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
बिर्तामोड / मोरङको कानेपोखरी गाउँपालिका- ७ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-१६ का रूपक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आइतबार साँझ साँढे ६ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४९ प ८९७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक श्रेष्ठ घाईते भएका थिए । श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप
बिर्तामोड / झापाको बिर्तामोडबाट प्रहरीले १५ लाख मूल्य बराबरको कपडासहित गाडी नियन्त्रणमा लिएको छ । बिर्तामोडको भद्रपुर रोडबाट इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले विशेष सुचनाको आधारमा भन्सार छलेर ल्याइरहेको अवस्थामा कपडासहित गाडी नियन्त्रणमा लिएको हो । प्र ०१–००१–०१ ज३६०० नम्बरको पिकअपमा लोड गरेको अवस्थामा कपडा नियन्त्रणमा लिएको इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । कुँवरका अनुसार नियन्त्रणमा लिएका पिकअपको चालक भने फरार छन् । पिकअपमा १५ लाख मूल्य बराबरको कपडा भएको प्रहरीले प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार बरामद गरिएको कपडा राजश्व अनुसन्धान
झापा / भरुवा बन्दुक सहित रूपन्देहीबाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका-६ सताकखोलाका ३६ वर्षीय गणेश राना, ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेत बहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार शनिबार देवदह नगरपालिका-६ भलुही स्थित उजेरी पाल्पाली सामुदायिक वनमा भरुवा बन्दुक सहित हिँडिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट सात नाल भरुवा बन्दुक र त्यसमा लाग्ने १२१ पिस छर्रा, ३२७ ग्राम वारूद
काठमाडौँ / बेरुजुको विषयलाई लिएर सरकार र इन्टरनेट सेवा प्रदायक विच वार्ता नमिलेका कारण सर्वसाधारणले आगामी केही दिनबाट इन्टरनेटको प्रयोग गर्न नपाउने भएका छन् । सरकारले तिर्नै नपर्ने रकम तिर्न लगाएर विदेशी मुद्रा सटहीमा सहजीकरण नगरेकाले आगामी हप्ताबाट इन्टरनेट पूर्ण रुपमा बन्द हुन सक्ने आईस्पानले जनाएको छ ।६ महिनादेखि इन्टरनेट सेवा प्रदायक र सरकारबीच यस विषयमा विवाद भएपनि मिल्न नसकेका कारण इन्टरनेट बन्द गरिने आइस्पानले चुनौती दिएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सेवा प्रदायकलाई बेरुजु बापतको रकम तिर्न लगाएपनि आइस्पानले&nb
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.