समाचार

    Showing 6,581-6,590 of 19,525 items.
  • काठमाडौँ देखी महोत्तरीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १० जना घाइते

    काठमाडौं— पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस  दुर्घटना  हुँदा १० जना घाइते भएका छन् ।सोमबार (आज) बिहान काठमाडौं देखी भिठ्ठामोड महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ५२१६ नं को बस अनियन्त्रित भई सात फिट दक्षिण साइडमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका हुन ।घाइते हुनेमा सात जना भारतीय नागरिक रहेका छन् ।  घाइते हुनेमा भारत सितामढीकी ४४ वर्षीय रेखादेवी राम, सोही ठाउँकी २२ वर्षीय जहदेवी झा, सोही ठाउँका ११ वर्षीय बिसुकुमार पटेल, मोहमद अकिल, ३८ वर्षीय नरगिस खातुन, दुई वर्षीय आयस प्रतिक रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी न

    • प्रकाशित मितिः असार ९, २०८२
    • 419 पटक पढिएको
  • अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको मूल्य पाँच महिना यताकै उच्च बिन्दुमा

    काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावसँगै एसियाली बजारमा सोमबार भारी गिरावट आएको छ भने तेलको मूल्य पाँच महिनाको उच्च बिन्दुमा पुगेको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक स्थलहरूमा आक्रमण गरेपछि ऊर्जा बजारमा अवरोधको चिन्ता बढेको हो ।इरान विश्वको नवौँ ठूलो तेल उत्पादक राष्ट्र हो जसले दैनिक करिब ३.३ मिलियन ब्यारेल तेल उत्पादन गर्छ । त्यसको करिब आधा मात्र निर्यात गरिन्छ भने बाँकी घरेलु खपतका लागि राखिन्छ ।विश्लेषकहरूका अनुसार इरानले अमेरिकाको कारबाहीको प्रतिकारमा स्ट्रेट अफ होरमुज बन्द गर्ने निर्णय गर्छ भने यो विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्छ। ब्रेन्ट क्रूडको मूल्य २.७ प्रत

    • प्रकाशित मितिः असार ९, २०८२
    • 200 पटक पढिएको
  • गृहमन्त्रीको राजीनामाको माग गर्दै रास्वपा–राप्रपाको प्रतिनिधि सभा बहिष्कार

    काठमाडौं— भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन्।प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको गम्भीर आरोप लगाउँदै उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग गरेका थिए। उनले संसदमा प्रतिपक्षको आवाज दबाउने काम भइरहेको आरोप पनि लगाएका छन्।रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा माग गर्दै बैठक बहिष्कार गरेका हुन्। उनीहरूले भिजिट भिसा दुरुपयोग प्रकरणको निष्पक्ष र गहिरो छानबिनको माग

    • प्रकाशित मितिः असार ९, २०८२
    • 548 पटक पढिएको
  • लागुऔषध खैरो हेरोइनसहित तीनजना पक्राउ

    काठमाडौं—  काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ४ लोलाङ हाईटस्थित एक डेराबाट खैरो हेरोइन जस्तो देखिने लागुऔषध पदार्थसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी टोलीले सोमबार दिउँसो करिब ५ बजे सो स्थानमा खटि गई डेरामा खानतलासी गर्दा खैरो हेरोइन जस्तो देखिने १०.३६ ग्राम लागुऔषध फेला पारी बरामद गरेको हो। सोही क्रममा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।पक्राउ परेकामध्ये धादिङ जिल्ला नेत्रावती गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएकी २९ वर्षीया सरिका तामाङ गुरुङ, काठमाडौं महानगरपालिका वडा नं. १७ घर

    • प्रकाशित मितिः असार ९, २०८२
    • 390 पटक पढिएको
  • सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति धादिङबाट पक्राउ

    काठमाडौं —  महिलाको सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा भारत बिहार राज्य, बेतिया जिल्ला सरिसो बजार सुनलपट्टी स्थायी ठेगाना भएका २० वर्षीय अम्मरनाथ कुमारलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।नेपाल प्रहरीको साइबर ब्यूरोका उप–निर्देशक तथा एसपी दिपकराज अवस्थीका अनुसार कुमारलाई २०८२ साल असार ६ गते धादिङको धुनिवेशी नगरपालिका–८ बाट पक्राउ गरिएको हो।प्रहरी अनुसन्धान अनुसार, अम्मरनाथले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितसँग मित्रता गाँसी, म्यासेन्जरमा संवादका क्रममा पीडितको अश्लील तस्वीर तथा भिडियोहरू उनकी जानकारी बिना स्क्रिन रेकर्ड गरेका थिए। ती तस्वीर र भिडियोहरू फेक फेसबुक एकाउन्ट प्

    • प्रकाशित मितिः असार ९, २०८२
    • 612 पटक पढिएको
  • प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ

    विराटनगर  ।    मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानहरुबाट असार ८ गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४ सय १० मिलिग्राम ब्राउन सुगर सहित मोरङको पथरीशनिश्चरे नगरपालिका-१० भुटानी शरणार्थी क्याम्प स्थितबाट पक्राउ परेका सोही स्थानका २४ बर्षीय पुष्पलाल डाँगी र २३ बर्षीय अनिल राईको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भई रहेको छ ।यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट ९ ग्राम ३ सय २० मिलिग्राम ब्राउन सुगर सहित मोरङको सुन्दरहरैचा नगरपालिका-८ का २९ बर्षीय सरोज आचार्यलाई नियन्त्रणमा लिएको हो भने इलाका प

    • प्रकाशित मितिः असार ९, २०८२
    • 195 पटक पढिएको
  • मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ : छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइएको हो । चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदन अनुसार हालको ड्रिल साइटमा ११२ दशमलव १ अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्याँसको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्याँसको भण्डार रह

    • प्रकाशित मितिः असार ९, २०८२
    • 222 पटक पढिएको
  • हेटौँडामा जारी नेकोस कप महिला भलिबल : एपिएफ र गण्डकीको विजयी सुरुआत

    हेटौँडा । नेपाल स्पोर्टस् सेन्टर (नेकोस) को आयोजनामा हेटौँडामा जारी राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिताको दोस्रो दिन सम्पन्न भएका खेलहरूमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र गण्डकी प्रदेश विजयी भएका छन् ।हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले मधेश प्रदेश र गण्डकीले बागमती प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेका हुन् । जारी प्रतियोगिताको पहिलो खेलमा एपिएफले एकपक्षीय खेल प्रदर्शन गर्दै मधेश प्रदेशलाई २५–८, २५–११ र २५–७ को सोझो सेटमा पराजित ग‍र्यो । यस्तै, आइतबार नै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई

    • प्रकाशित मितिः असार ९, २०८२
    • 237 पटक पढिएको
  • वीरगञ्ज नाकाबाट ११ महिनामा भित्रिए इन्धनबाट चल्ने ५९ हजार ४७४ गाडी

    वीरगञ्ज— वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोडका इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन् ।वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ५९ हजार ४७४ सवारीसाधन आयात भएका हुन् । सो अवधिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १५ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ ।चालु आवको ११ महिनामा पाँच अर्ब ७८ करोड मूल्यका ४४ हजार ४४० अनएसेम्वल्ड मोटरसाइकल आयातबाट रु पाँच अर्ब ५१ करोड राजस्व सङ्कलन भएको छभने रु दुई अर्ब ६३ करोडका एक हजार ३०७ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् ।

    • प्रकाशित मितिः असार ९, २०८२
    • 395 पटक पढिएको
  • वास्ता नगरेको भन्दै श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरे

    वीरगञ्ज— श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।‘प्रहरीको प्रारम्भिक अनुसन्धानले लामो समयदेखि श्रीमान् श्रीमतीबीच बोलचाल नभएको थाहा भएको छ,’ उनले भने, ‘श्रीमान लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुनसक्ने देख

    • प्रकाशित मितिः असार ९, २०८२
    • 392 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा