झापा / कर्णाली प्रदेश सरकारले २०७९ सालमा राष्ट्रिय बाहेक प्रदेशभरि थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो ।ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ ।साउन १ गतेलाई साउने सङ्क्रान्ति तथा देउडा पर्व भनेर सार्वजनिक बिदा दिने निर्णय भएको आन्त
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखिएको भन्दै एक अपरिचित नम्बरबाट फोन आएपनि बम नभएको पुष्टि भएको छ । त्रिभुवन विमानस्थलमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आएपछि एक घण्टाभन्दा बढी आन्तरिक उडान तर्फका सबै उडान बन्द गरिएको थियो ।बुधबार बिहान त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर (टीडीओ) बस्ने कार्यालयमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आएपछि आन्तरिक उडान रोकिएको हो । फोन आएसँगै सेनाको बम डिस्पोजल टोली सहितले जाँच गरेर परिक्षण गर्दा बम नभएको पुष्टि भएको छ । बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको
सङ्खुवासभा / सङ्खुवासभामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी मूलखर्क नगरपालिका-३ का टिकाराम विश्वकर्माको ६ वर्षीय छोरा प्रबिन विश्वकर्मा रहेका प्रहरीले जनाएको छ । मंगलबार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको छिमेकीको माछा पोखरीमा डुबिरहेको अवस्थामा बालकलाई फेला पारि तत्काल उद्धार गरी मादी क्लिनिकमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले घटना सम्बन्धमा अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखिएको भन्दै एक अपरिचित नम्बरबाट फोन आएपछि अहिले उडानहरू प्रभावित भएका छन् । बम राखिएको हल्लापछि त्रिभुवन विमानस्थल खाली गराइएको छ। विमानस्थलको आन्तरिकतर्फ प्रवेश गरेका सबै यात्रुलाई बाहिर निकालिएको छ ।यस्तै विमानमा चढिसकेकालाई समेत बाहिर निकालिएको छ। अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।बम राखिएको फोन कसले गरेको हो भन्ने खुलेको छैन । बम राखिएको फोन आएपछि त्यहाँ कुकुरसहित सेनाको बम डिस्पोजल टोली खटाएको बताइएको छ ।
काठमाडौँ / प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई सरकारले गरेको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा एआईजीपी विश्वराज पोखरेलले दायर गरेको रिटमा आज बुधवार सुनवाई हुने भएको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने गरी पेसी तोकिएपछि आज सुनवाई हुने भएको हो ।रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गर्दै एआईजीपी पोखरेल सर्वोच्च पुगेपछि सोमबार दर्ता भएको रिटको सुनुवाइ बुधवार तोकिएको थियो । सिंहभन्दा पोखरेल १६ महिना अगाडि बढुवा भए पनि सिंहलाई सरकारले आइतबार आइजिपीमा नियुक्त गर्ने निर्णय गरेपछि पोखरेल असन्तुष्ट बनेका हुन् ।एआईजी पोखरेलले सिंहलाई आईजीपी
ओखलढुंगा / ओखलढुङ्गाको लिखु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिएका मिलनकुमार विष्ट (मनिष) विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई पक्राउ पुर्जी पठाएको डीएसपी शुकदेव खनालले जानकारी दिए ।उनीविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा पनि उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट समेत अनुसन्धान सुरु भएको छ । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौं र ओखलढुङ्गाबाट दोहोरो नागरिकता लिएको उजुरी परेको छ । लिखु गाउँ
महेन्द्रनगर / कञ्चनपुरको महेन्द्रनगरस्थित नाइन इलेभन होटलमा एक युवक मृत भेटिएका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका –१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएका हुन् । घटनास्थलमा अहिले प्रहरी परिचालन गरेको शाहले बताए । उनले भने, – ‘अहिले होटललाई सिल गरिएको छ, अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मृत्युको कारण खुल्न सकेको छैन ।’घटनाको जानकारी पाएपछि आक्रोशित मृतकका आफन्तहरूले होटलमा ढुंगामुढा गरेका छन् ।
काठमाडौँ / आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले महानगरको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहमाथि गम्भीर आरोप लगाएका छन् । शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको स्थापितको दाबी रहेको छ । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले भनेका छन्, ‘बालेन भन्ने पात्रबारे केही नबोल भन्छन् । मैले ठग्ने काम नगर है मात्र भनेको हो ।’बोलनको चर्को आलोचना गरेका उनले ‘जे पायो, त्यही गर
झापा / नेपालमा बितेको एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन इकाइको तथ्याङ्कअनुसार यसवर्ष पत्रकारको पेशागत सुरक्षाको अभाव जनाउँदै ३०० भन्दा बढी उजुरी परेका छन् ।प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना बागमती प्रदेशमा ५४ वटा घटना भएको अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । १ नं प्रदेश र मधेस प्रदेशमा बराबरी अर्थात ६–६ वटा हननका घटना भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएका छन् । सुदूरपश्चिम प्रदेशमा भने यो पटक हननका घटना भएको पाइएको छैन ।प्रेस स्वतन्त्रता हननका यी ७५ वटा घटना हुँदा २७२ सञ्चारकर्मी, ९ सञ
धनुषा / धनुषामा गाडीको ठक्करबाट एक वरिष्ठ प्रहरी हवल्दारको भएको छ । सोमबार राति ११ः ३० बजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका वरिष्ठ प्रहरी हवलदार भोजराज पराजुलीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबर ले जनाइएको छ ।प्रहरीका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका हवलदारको उपचारको लागि लालगढको मोडेल अस्पतालमा पुर्याएको थियो । ड्युटीमा खटिएका हवलदार ड्युटीको समय पूरा गरी कार्यालयतर्फ पैदल जादै गरेको हवलदारलाई इलाका प्रहरी कार्यलय ढल्केबर अगाडि नम्बर नखुलेको बसको ठक्कर दिएको थियो ।मृतकको पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा राखिएको इलाक
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.