सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ का लागि चार अर्ब ३८ करोड २७ लाख १५ हजारको बजेट नगर सभामा प्रस्ताव गरेको छ । मंगलबार भएको वीरेन्द्रनगरको सत्रौ नगर सभामा नगरपालिकाले आगामी बर्षको निती, बजेट, योजना र कार्यक्रमसहितको आय व्ययमा सो प्रस्ताव गरिएको हो । नगर सभामा नगर उपप्रमुख निलकण्ठ खनालले ५१ करोड ६३ लाख ५० हजारको आन्तरिक आयसहित कूल चार अर्ब ३८ करोड २७ लाख १५ हजारको रुपैयाँको बजेट विनियोजन गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले संघीय सरकारको वित्तीय सामानीकरण अनुदान २४ करोड २४ लाख, संघीय सरकारको सशर्त अनुदान २ अर्व २० करोड ८ लाख, सं
चितवन, ११ असारः चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमान्सँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् । लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए । कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । उनको भरतपुर अस्पतालमा उपचार भइ
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख संगीता कुमारी चौधरीले मंगलबार नगरको १६ औं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर चौधरीका अनुसार स्थानीय जनताको मागलाई सम्बोधन गर्दै इटहरीको समग्र विकासका लागि यो बजेट तर्जुमा गरिएको हो । बजेटमा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । नगरलाई आकर्षक बनाउने उद्देश्यले सडक सौन्दर्यकरण, रोड फर्निचर स्थापना, र पैदल यात्रुका लागि कोशी राजमार्गमा दुई आकासे पुल निर्माणको योजना समेटिएको छ । इटहरीमा बारम्बार देखिने बाढी तथा डुबान समस्
काठमाडौं— प्रत्येक वर्षको असार १० गते स्थानीय तहले अनिवार्य रूपमा बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार मंगलबारसम्म ४४५ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।गाउँपालिका राष्ट्रिय महासंघका अनुसार देशभर ४६० गाउँपालिका रहेका छन् । जसमध्ये ४४५ वटा गाउँपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गरेका छन् । जुन ९७ प्रतिशत हो । अन्य १५ गाउँपालिकाको बजेट सार्वजनिक हुन बाँकी रहेको छ ।महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले दुई प्रदेशका सबै गाउँपालिकाले आगामी आवका लागि बजेट ल्याएका छन् । जुन कोशी र सुदूरपश्चिम प्रदेशका
काठमाडौं— सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बुधबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।आगामी भदौ २० देखि २२ गतेसम्म एमालेले विधान महाधिवेशन गर्ने तयारी गरेको छ।
काठमाडौं— नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले विभिन्न चरणमा आन्दोलनको घोषणा गरेको छ ।सरकारले व्यवसायीका जायज मागलाई सम्बोधन गर्न तादरुकता नदेखाएको र निर्णायक पहलकदमी नभएको भन्दै विभिन्न चरणमा आन्दोलनको घोषणा गरेको हो ।आफूहरुको मागस सम्बोधन नभएसम्म आन्दोलन जारी रहेको महासंघको भनाइ छ ।आज एक संयुक्त विज्ञप्ति जारी गर्दै निरन्तर आन्दोलनको कार्यक्रमहरु गर्दै जाने र देशभर पसलहरु अनिश्चिकालसम्मको लागि बन्द गर्ने घोषणा गरेका छन् ।तत्काल अध्ययन कार्यदल गठनगरी जायजमाग सम्वोधन गर्न सरकारलाई अपिल समेत गरेका छन्। सरकारले यथा सिघ्र मागलाई सम्वोधन नगरेमा महासंघले चरणवद्ध आ
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०९ पैसा र बिक्रीदर
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भा
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ऋणी र बैंकहरूलाई सहज हुनेगरी चालुपुँजी कर्जा तथा कृषि क्षेत्रमा प्रवाह हुने कर्जाको व्यवस्थामा हेरफेर गरेको छ ।गभर्नर डा. विश्वनाथ पौडेलले चालु पुँजी कर्जाको मार्गदर्शनबारे निर्णय लिँदै समय सीमा बढाउनुभएको हो । अब कर्जा पुनर्तालिकीकरण वा पुनः संरचना २०८२ असोजभित्र गरिसक्नुपर्नेछ र यस्तो कर्जा २०८१ पुसमा वर्गीकृत गरिएको वर्गमै राख्नुपर्ने शर्त तोकिएको छ । पुनर्तालिकीकरण वा पुनः संरचना अघि गरिएको कर्जा नोक्सानी व्यवस्था फिर्ता गर्न पाइनेछैन ।राष्ट्र बैंकले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ लागु हुनुपूर्व प्रदान गरिएका चालुपुँजी प्रकृतिका कर्जालाई मार्गदर्
काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्व मुख्यसचिव शंखरदास बैरागीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ ।गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधिसभामा सरकारले छानबिन गर्न उच्चस्तरीय समिति बनाएको जानकारी दिएका छन्।सात सदस्यीय छानबिन समितिमा विभिन्न मन्त्रालयका सहसचिवहरु सदस्य बनेका छन् । समितिको नेतृत्व गर्दै पूर्वमुख्य सचिव बैरागीसँगै अर्थमन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानुनी न्याय तथा संसदीय मामिला मन्त्रालयकी सहसचिव अरुणा जोशी पनि समितिमा रहेकी छिन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने र परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.