काठमाडौं— हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन्।आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा बिहीबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ।यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का
काठमाडौं— थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले विभिन्न कन्सुलर तथा राहदानी सेवामा लाग्ने शुल्कमा परिवर्तन गरेको छ ।दूतावासले जारी गरेको सूचनाअनुसार स्थानीय मुद्रा थाई भाटमा लिने राजस्व दस्तुरमा विनिमय दरमा आएको परिवर्तन समायोजन गर्दै नयाँ शुल्क दर कायम गरिएको हो ।संशोधित शुल्क मिति २०८२ पुस १७ गते आजदेखि लागू हुने सुचनामा उल्लेख छ । सूचनाअनुसार राहदानीसम्बन्धी सेवामा शुल्क घटाइएको छ ।३४ पृष्ठको साधारण राहदानीका लागि शुल्क ३,२०० बाट २,६०० भाट पु¥याइएको छ भने ६६ पृष्ठको साधारण राहदानीको शुल्क ५,२०० बाट ४,२०० भाट कायम गरिएको छ ।त्यसैगरी, हराएको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले प्रयोग हु
काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज १ हजार ४ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार सुनको मूल्य २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । बुधबार ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सिरहा। दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिनुभएको छ—अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन । भनिन्छ नि, चट्टान फोरेर पनि पिपल उम्रिन्छ । सत्यनारायणको यो सफलताले त्यो भनाइलाई व्यवहारमै चरितार्थ गरिदिएको छ । कठोर गरिबी र अभावको चट्टानलाई छिचोल्दै उहाँले झुपडीबाट देखेको सपना साकार हुने चरणमा पुगेको छ, यसले अभाव देखाएर भाग्ने देशभरका युवालाई पनि ‘अठोटका अगाडि बाध्यता हार्छन्’ भन्ने सन्देश प्रवाह गरेको छ ।हुलाकी लोकमार्गको बरियारपट्टि चोकबाट तीन किलोमिटरभित्र पर्छ श्रीपुर गाउँ । यो गाउँका स–सा
काठमाडौं— संयुक्त अरब इमिरेट्स (युएई) र अस्ट्रेलियाले २०२६ नयाँ वर्षलाई भव्य बत्ती र आतसबाजी प्रदर्शनसहित स्वागत गरेका छन् । जनवरी १ को मध्यरातमा विश्वप्रसिद्ध स्थलहरूमा गरिएको आकर्षक उत्सवले आकाश उज्यालो बनाएको देखिएको थियो ।युएईको दुबईस्थित ८२८ मिटर अग्लो बुर्ज खलिफाले नयाँ वर्षको अवसरमा विशेष आकर्षण प्रस्तुत ग¥यो । मध्यरातको काउन्टडाउनसँगै टावरका एलईडी स्क्रिनहरूमा अरबी, अंग्रेजी र चिनियाँ भाषामा ‘ह्याप्पी न्यु इयर’ सन्देश झल्काइएको थियो ।करिब आठ मिनेट लामो यस दृश्यात्मक कार्यक्रममा ड्रोन प्रदर्शन र थ्रीडी प्रोजेक्सन म्यापिङमार्फत दुबईको सांस्कृतिक सम्पदा र अत्याधुनिक प्रविधिको झलक प्रस्तुत
विराटनगर— सुनसरीको सिमाक्षेत्रमा भएको गोलीकाण्डमा कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको छ। घटना सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा भएको हो।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार, नेपाल–भारत सीमा नजिकैको घटनास्थलमा सिटी सफारीमार्फत सामान ल्याउने क्रममा चालकलाई लक्षित गरी गोली चलाइएको देखिएको छ ।घटनास्थलमा गोलीको खोका फेला परेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।घटनापछि स्थानीयबासी र घाइतेका परिवारले प्रदर्शन सुरु गरेका छन्। प्रारम्भिक रिपोर्ट अनुसार गोली सशस्त्र प्रहरीकाबाट चलेको आशंका गरिएको छ। प्रहरीले घटनास्थ
भक्तपुर। आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित छन् ।विदेशी मात्र नभई आन्तरिक पर्यटकको बढ्दो चापले व्यवसायीहरू उत्साहित भएका हुन् । भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटक भरिएका छन् ।केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नंं ८ सिपाडोलको संङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटलहरू आन्तरिक पर्यटकले भरिएका छन् । पर्यटन व्यवसायी एवं भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक रामस
मुस्ताङ। धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ । उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना विदेशी
काठमाडौँ। विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ ।&
महोत्तरी। इस्वी संवत् २०२६ को स्वागतका लागि महोत्तरीको बर्दिबास क्षेत्रका होटल भारतीय पाहुनाले खचाखच छन् । बर्दिबासका ५० भन्दा बढी होटल भारतीय पाहुनाले खचाखच भएका हुन् । भारतको सीतामढी, शिवहर, मधुवनी, झञ्झारपुर, मधुवनी, दरभङ्गा र मुजफ्फरपुरसहितका भारतीय पाहुनाले बर्दिबासस्थित होटलमा निकै चहलपहल रहेको होटल गौतमका सञ्चालकसमेत रहनुभएका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले बताउनुभयो । “पछिल्ला एक दशकयता नयाँ वर्षका अवसरमा बर्दिबास भारतीय पाहुनाको छनौटमा पर्दै आएको छ । यसले यहाँका पर्यटकीय स्थलको प्रवर्द्धनमा सहयोग पुगेको छ”, उहाँ भन्नुहुन्छ, “भारतीय
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.