काठमाडौं— वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा व्यवस्था नेपाल सरकारको एक महत्वपूर्ण पहल भए पनि यसको कार्यान्वयनमा अझै धेरै चुनौती र सुधारका सम्भावना देखिएका छन् ।अनुसन्धानकर्ता तथा श्रम आप्रवासन विज्ञ डा.जीवन बानियाँसँग गरेको कुराकानीका आधारमा सामाजिक सुरक्षा कोष, यसको बाध्यकारी व्यवस्था, खर्चको बोझ, अन्तरदेशीय समन्वय र ‘पोर्टेबिलिटी’ जस्ता विषयमा महत्वपूर्ण पक्षहरू बाहिर आएका छन् ।डा. बानियाँका अनुसार नेपाल सरकारले वैदेशिक रोजगारीमा जानुअघि श्रम स्वीकृति लिन सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता गराउने व्यवस्था लागू गरेको छ । यसले वैदेशिक रोजगारमा जाने प्रत्येक नेपाली
बाँके— डिभिजन वन कार्यालय बाँकेको नर्सरीमा यस वर्षको वृक्षारोपण कार्यक्रमका लागि विरुवा उत्पादनको काम तीव्र गतिमा अघि बढाइएको छ । सोही क्रममा नर्सरी परिसरमा महिला कामदारहरू पोलिब्यागमा माटो भर्ने, बेड तयार गर्ने तथा बिरुवा रोप्ने कार्यमा सक्रिय रूपमा जुटिरहेका छन् ।कार्यालयका अनुसार यस वर्ष आठ वटा नर्सरीमार्फत विभिन्न जातका फलफूल, काठ तथा बहुउपयोगी प्रजातिका बिरुवाहरू उत्पादन गरी स्थानीय उपभोक्ता, सामुदायिक वन तथा विभिन्न सार्वजनिक संस्थालाई वितरण गर्ने तयारी गरिएको छ ।विरुवा उत्पादन अभियानमा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको छ, जसले उनीहरूको जीविकोपार्जनमा समेत टेवा पु¥याउने विश्वास
हेटौँडा— मदिरा सेवन (मापसे) गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् ।हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा सो घटना भएको हो । ट्राफिक प्रहरीले शंकास्पद भारतीय नम्बर प्लेटको कारलाई रोक्न संकेत गर्दा चालकले लेन मिच्दै तीव्र गतिमा गाडी चलाएर प्रहरीमाथि ठक्कर दिएका थिए ।ठक्करबाट चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरी गाडीको अगाडिको भागमा अड्किएर करिब १० मिटर जति घिसारिएका थिए। घटनामा गम्भीर घाइते भएका प्रहरीलाई तत्काल उपचारका लागि हेटौँडास्थित अस्पतालमा भर्ना गरिएको छ
रौतहट— रौतहटको राजपुर नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आफ्नो प्रशासकीय भवनमा आधुनिक स्वचालित साइरन सेट जडान गरेको छ ।रेन परियोजनाको सहयोगमा स्थापित यो प्रणालीले बाढी, आगलागी र चट्याङ जस्ता आपतकालीन अवस्थामा नगरवासीलाई समयमै सचेत गराउनेछ ।बाढी, आगलागी, जनावरको आक्रमण, र चट्याङका लागि छुट्टाछुट्टै आवाज (साइरन कोड) निर्धारण गरिएको छ ।नगरपालिकाले मेसेज बक्स, फोन डायल वा एस.एम.एस. मार्फत तत्कालै साइरन सक्रिय गर्न सक्ने प्रविधि मिलाएको छ । ‘एक नम्बर, एक आवाज—सयौंको सुरक्षा’ भन्ने नाराका साथ आकस्मिक सूचना प्रवाह गरी धनजनको क्षति कम गर्ने लक्ष्य राखिएको छ ।प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरका
हेटौंडा— मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाई–गोरु तस्करीविरुद्ध सञ्चालन गरेको विशेष अभियानबाट उल्लेखनीय सफलता हात पारेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराको कमाण्डमा जेन्जी आन्दोलनपश्चात् पछिल्लो तीन महिनाको अवधिमा अवैध रूपमा ओसारपसार गरिँदै आएका ८५ वटा चौपाया (गाई–गोरु) नियन्त्रणमा लिइएका छन् ।प्रहरीका अनुसार यस अवधिमा ६ वटा सवारी साधन र १० जना व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएका प्रहरी टोलीले विभिन्न स्थानमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइएका गाई–गोरुसहित व्यक्ति र
बाजुरा— बाजुरामा बालविवाह मुद्धामा फरार युवक सहित ज्यान मार्ने उद्योगमा फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बालविवाह मुद्धामा फरार रहेका जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ६ कोर्धका ३४ बर्षिय हर्क बहादुर बडुवाल रहेका छन् ।वडुवाल ९ बर्षपछि पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको विशेष अप्रेसन टोलीले पक्राउ गरेको हो । जिल्ला अदालत बाजुराले २०७३ चैत्रमा बालविवाह मुद्धामा दोषी ठहर गरेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।जिल्ला अदालतले बडुवाललाई उक्त मुद्धामा ५ महिना ७ दि
काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ ।उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका धेरै स्थानहरूमा हुस्सु लागेको छ।दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा हुनुको साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ।राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ २६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०५ रुपैयाँ १० पैसा,
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रयत्न गर्दा ठूलाे काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरू
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.