वीरगञ्ज— वीरगञ्ज महानगरपालिका वडा नं.१६ घुसुकपुरमा मंगलबार साँझ दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ ।घरअगाडि आगो ताप्दै बसेका विकास महतो र सुरज महतोलाई उनीहरूकै छिमेकीले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्। घाइते दुवै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार मंगलबार साँझ करिब ६ः४५ बजे घरअगाडि आगो ताप्दै बसेका बेला पुरानो रिसिबीका कारण छिमेकीले विकास र सुरजमाथि धारिलो हतियार प्रहार भएको हो ।घटनामा विकासको टाउकोमा र सुरजको पेटमा चोट लागेको उनले जानकारी दिए ।प्रारम्भिक अनुसन्धान अनुसार घाइते र
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार ४ १ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो।मंगलबार ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको चाँदी बढेर आज ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
ललितपुर— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकहरुसंग अन्तरक्रिया गरेका छन् ।ज्यापू समाज यलका पदाधिकारीहरुको निमन्त्रणामा मंगलबार दिउँसो बागडोल पुगेर मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकसंग अन्तरक्रिया गरेका हुन् ।जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका क्रममा मन्त्री खरेलले जेष्ठ नागरिकको सेवामा ज्यापू समाजले गरेको यो काम प्रसंशनीय भएको बताए ।‘गाँस, बास र कपासको व्यवस्थापन सरकारले गर्नुपर्ने भएपनि कमजोर व्यवस्थाका कारण सरकारले गर्न सकिरहेको छैन, ज्यापू समाजले गर
रौतहट— विगतका वर्षहरूमा मध्य चिसोयाममा गोलभेँडा बिक्री नभएर चिन्तित हुने रौतहट र सर्लाहीका किसान यस वर्ष भने बजार भाउ देख्दा दंग परेका छन्।शीतलहर चल्ने समयमा सामान्यतया प्रतिकेजी १० देखि १२ रुपैयाँमा पनि बिक्री गर्न मुस्किल पर्ने गोलभेँडाले यसपटक अनपेक्षित रूपमा उच्च मूल्य पाइरहेको छ।अहिले रौतहट तथा सर्लाहीका किसानले बोटबाटै गोलभेँडा प्रतिकेजी १०० रुपैयाँमा व्यापारीलाई बिक्री गरिरहेका छन्। किसानबाट १०० रुपैयाँमा खरिद गरिएको गोलभेँडा उपभोक्तासम्म पुग्दा खुद्रा बजारमा १२० रुपैयाँसम्म पर्ने गरेको छ।किन बढ्यो मूल्य ?गोलभेँडाको मूल्य बढ्नुको मुख्य कारण उत्पादनमा आएको भारी गिरावट हो। रौतहट जयनगरका क
ललितपुर— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।लुभुको लामाटारस्थित लिङ्देन निवासमा मन्त्री खरेल र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो ।आज भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सन्चारमन्त्री खरेलले जानकाकी दिए ।उनलका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्द छ । निर्वाचनको वातावरणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुसँग निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।
काठमाडौं— नेकपा (एमाले)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ।एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल भएको छ। सोही तालमेलअनुसार एमालेले सात सिटमा दाबी गरेको छ ।एमालेले प्रदेशगत रूपमा कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णा
बरहथवा (सर्लाही)। जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लाग्नुभयो । लाउलाउँ खाउखाउँ उमेरका उहाँ अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुनुहुन्छ । बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उहाँको दैनिकी बनेको छ । पचहत्तर वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको जिम्मेवारी एक्ला नाबालक विवेकको काँधमा आइपरेको छ । चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेकका दाजु बहिनी टुहुरो बन्नुपर्यो । मामाघरतर्फको हजुरआमाको शरणमा हुर्किएका विवेकले कक्षा ३ सम्म गाउँ नजिकैको आधारभूत विद्यालयमा अध्ययन गर्न
जनकपुर— जनकपुरधाममा नेपाली कांग्रेसका नेता गगन थापाको पुतला दहन गरिएको छ ।नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधि पक्षधरका नेता तथा कार्यकर्ताहरुले मंगलबार साँझ जनकपुरधाममा गगन थापा विरुद्ध नारावाजी गर्नुका साथै पुतला दहनसमेत गरेका छन् ।उनीहरुले गगन थापा मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा जनकपुरधामको पिडारी चोक ठप्प बनेको थियो । दुबै तर्फबाट आवत जावत गर्ने सवारी साधनहरु बन्द भएको थियो ।नेता नीधिमाथि सञ्चालित रुपमा केही व्यक्तिहरुले आज दुव्र्यवहार गरेकोले त्यस्ता व्यक्तिहरुको विरुद्धमा आज जनकपुरधामका नीधि पक्षधर कांग्रेसका नेता कार्यक
मुस्ताङ। यहाँस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरलानाकास्थित चिनियाँ भन्सारमा नेपाल भित्रिने मालवाहक कन्टेनर न्यून भएको हो । सो कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालवाहक कन्टेनर हाल भन्सार कार्यालयमा आठ–दशवटा मात्र जाँचपासका लागि ‘पेन्डिङ’मा रहेका बताउनुभयो । भन्सार जाँचपासका लागि पेन्डिङमा रहेका कन्टेनरबाहेक कोरलानाकाबाट&n
कञ्चनपुर। महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा पर्ने १२ पुल मर्मत तथा सुरक्षा सुदृढीकरण अगाडि बढाएको छ ।कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडकखण्डमा रहेका ती पुलको मर्मत अघि बढाइएको हो । पुल आयोजना कार्यालयका इन्जिनियर रवि शाहका अनुसार चौधर नदी, वनगाउँ खोला, भाँसी खोला, काँगला खोला, च्यानल क्रसिङ, पथरिया नदी, स्याली नदी, वनहरा नदी, अम्खैया खोला, बालुवा खोला, गौरीगङ्गा खोला र लिक्मा खोलामाथि रहेका पुल मर्मत भइरहेको छ । विश्व बैंकको आर्थिक सहयोगमा ठेक्का प्रक्रियामार्फत रु एक करोड ९१ लाख ८२ हजार ४८२ को लागतमा पुलहरू मर्मत भइ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.