काठमाण्डौ । देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,
झापा— झापामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जनाएको छ। कोरोना संक्रमण पुष्टि हुनेमा झापाका पाँच तथा मोरङ, इलाम र दोलखाका एक(एक जना रहेको बाराकोटीले जानकारी दिए ।झापामा कोरोना संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । 'काँकडभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीन जना खटिएका छन्,' उनले भने, 'जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ ।'उनका अनुसार झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासह
काठमाडौं— सुनचाँदी पसलमा नक्कली गहना (तिलहरी) धितो राखेर लाखौं रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने ४२ वर्षीय दिलमाया मगर रहेकी छन् ।उनले बुद्धनगर स्थित एउटा सुनचाँदी पसलमा छड्के तिलहरी धितो राखेर ११ लाख रुपैयाँ ठगी गरेकी हुन् । असार १५ मा अर्को पसलमा गहना धितो राख्न पुगेको अवस्थामा व्यापारीहरुले खबर गरेपछि प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो ।आरोपी मगरले ‘प्रहरी हुँ’ भनेर प्रहरी सहायक निरीक्षक (असई)को तस्बिर देखाएर समेत ठग्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल&nb
बाँके— भारतबाट आयात गरिएको कुखुराको मासु खाँदा बाँकेको खजुरा गाउँपालिका–४ सिर्जना टोलका १३ जना व्यक्ति बिरामी परेका छन्। खजुरा ४ एफ गाउँमा आफन्तको घरमा आयोजित भात खुवाइ कार्यक्रममा सहभागी भएका उनीहरु बिरामी भएका हुन् । उक्त कार्यक्रममा खाएको मासुका कारण उनीहरू बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ। वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोका क्षेत्रीका अनुसार बिरामी परेका मध्ये धेरैजसोले कुखुराको मासु, पुलाउ, र राजमा खाएका थिए। बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार कुखुराको मासु खानेहरू मात्र बिरामी परेका छन् । खानामा (पुलाउ, तरकारी, अचार) खानेहरू सामान्य रहेको स्वास्थ्यकर्मीक
काठमाडौं— बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षीय सविन महर्जन र काठमाडौं महनगरपालिका–७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका–८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सविनलाई काठमाडौं १६ वनस्थलीबाट सोमबार र दिनेशलाई काठमाडौं महानगरपालिका–८ गुहेश्वरीबाट आइतबार प्रहरीले पक्राउ गरेको हो।जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका सोमबार प्रहरीले पक्राउ गरेको हो ।पक्राउमध्ये सविनलाई आवश्यक अनुसन्धान तथा कारव
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले समितिका सांसदहरुले प्रतिवेदनहरु नपढि बैठकमा बोल्ने गरेको र गल्ती हुँदा कर्मचारीहरुको दोष देखाउने गरेको बताएकी छन् । मंगलबार सभामुखसँगको छलफलपछि कुलिङ पिरियडबारे भएको छेडखानीबारे बोल्दै उनले सांसदहरुले बैठकमा प्रतिवेदनहरु नपढिकन बोल्दा गल्ती भएको बताएकी हुन् । उनले भनिन्, ‘मुल विधेयकमा बाहेक भन्ने शब्द हटाइन् । त्यतिबेलासम्म त्यो कायम रहन्छ रहिरहयो । कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरु उम्किन खोज्ने मात्र हो । मिडियामा आएको विषयमा, नपढिकन र बाहिर आएका कुरा मात्र बोल्ने वा कुनै एक नेताले भनेको कुराको आधारमा बोल्न
काठमाडौँ – मलेसियामा जारी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ । आज भएको म्याचमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो । यो जीतसँगै आफ्नो समूहमा नेपाल अपराजित रहेर सेमिफाइनलमा पुगेको छ ।नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३२.४ ओभरमा ६० रन मात्र जोड्न सक्यो । नेपालका कप्तान विपिन शर्माले घातक बलिङ गर्दै केवल ७ रन खर्चमा ४ विकेट लिए ।भुटानका दुई ब्याटरले मात्रै दोहोरो अंकमा रन बटुल्न सकेका थिए । ११ औँ नम्बरमा आउने ब्याटर घाइते भएकाले ९ विकेट खसेपछि भुटानको इनिङ समाप्त गरिएको थियो ।आजको म्याचमा टस जितेर पहिले ब्याटिङ गरेक
मकवानपुर— मकवानपुरको कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा छन् ।लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले हरिबहादुर, बुद्धिबहादुर, अरुण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।अवैध लागुऔषधसहित ९ जना पक्राउझापाको बिर्ता
काठमाडौं — संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भइसकेपछि प्रतिनिधि सभामा प्रस्तुत हुनुअघि एउटा दफा थपिएको खुलेको छ। यस घटनाले समितिका सभापति रामहरि खतिवडामाथि प्रश्न उठिरहेका बेला उनले आफैं छानबिनको माग गरेका छन्।सभापति खतिवडाले मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै समितिले पारित गरेको प्रतिवेदनमा कुनै सहमति विना पछिबाट एउटा दफा थपिएको जानकारी दिए। उनले यसलाई “संसदप्रति गम्भीर प्रहार” भन्दै दोषी जो भए पनि कानुनी कारबाहीमा ल्याउनुपर्ने बताए।"हामीले जे पास गरेका थियौं, त्यसकै ठीक मुनि एउटा दफा थपिएको फेला पार्यौं," खतिवडाले भने, "यो कसको गल्तीबाट भय
काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–७ बस्ने तनहुँ व्यास नगरपालिका–१२ घर भएका ३० वर्षीय रन्जन पाण्डे छन् । आरोपित रन्जनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई आइतबार काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरेको हो । उनल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.