समाचार

    Showing 6,271-6,280 of 25,597 items.
  • रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।बिहीबार बिहान राप्रपाका अध्यक्ष लिङ्देन भेटवार्ताका लागि रवि निवास पुगेका हुन् ।उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलगायत विषयमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज एकाबिहानै संवादमा, चुनावबारे कुनै आशंका छ र ! कुरा यहाँबाट सुरू भयो है

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 402 पटक पढिएको
  • शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

    काठमाडौँ। काठमाडौँको शङ्खरापुर नगरपालिका-३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । बुधबार चार जनाको मृत्यु भएकामा आज थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सबैको सनाखत भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।नेपालगञ्जको कोहलपुर नगरपालिका-५ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा-५ घर भई हाल बूढानीलकण्ठ-७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिराह घर भई हाल पेप्सीकोला बस्ने ५

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 313 पटक पढिएको
  • झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

    सुरुङ्गा (झापा)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी झापामा तीव्र पारिएको छ । निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना तथा सरोकारवाला निकायबीच समन्वयलाई प्रभावकारी बनाउँदै जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनको औपचारिक तयारी सुरु गरेको हो ।निर्वाचन तयारीका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले बुधबार आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पाँचवटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिनुभयो । उहाँका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि सञ्चाल

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 282 पटक पढिएको
  • आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

    त्रिवेणी। निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा  निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको थियो । तर पटक पटक म्याद थप पछि बल्ल अहिले पुलले पूर्णता पाएको कावासोती नगरपालिका–४ का वडाअध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो । कावासोती नगरपालिका–३ र ४ जोड्ने केरुङ्गे खोलामा पुल निर्माण भएसँगै स्थानीयलाई आवतजावतमा सहजता भएको वडाअध्यक्ष लोहनीले बताउनुभयो । एक सय ४० मिटर लम्बाइको पुल करिब रु १० करोड ५० लाखको

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 229 पटक पढिएको
  • बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

    बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । जसमा ७८ हजार ९८७ पुरुष,  ७७ हजार ३८३ महिला र दुई तेस्रोलिङ्गी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार हालको मतदाता सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २१६ ले वृद्धि भएको हो । यसअघिको निर्वाचनमा  एक लाख ५० हजार १५६ मतदाता थिए ।निर्वाचनका लागि बैतडीमा पाँच मतदान केन्द्र थपिएका छन् । सूचना अधिकारी दयालका अनुसार सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशिला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगर

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 230 पटक पढिएको
  • साँखु बस दुर्घटनाः मृतक संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी

    काठमाडौं— काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हालसम्म २३ जना घाइतेको उपचार भइरहेको छ भने पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।प्रहरीले दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको पहिचान खुलेको जनाएको छ। मृत्यु हुनेमा कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङकी ५१ वर्षीया इन्दिरा लिम्बु, काठमाडौँको पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु र काठमाडौँ जोरपाटी बस्ने ६० वर्षीय अर्जुन लामिछाने रहेका छन्। यसअघि गएराति तीन जनाको मात्र पहिचा

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 480 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस

    काठमाडौं— नेकपा माओवादीले प्रतिनिधिसभा सदस्यका लागि हुने प्रत्यक्ष निर्वाचनमा पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई रोल्पाबाट एकल रुपमा सिफारिस गरेको छ ।रोल्पा जिल्ला समितिले तत्कालीन माओवादीले आधार क्षेत्र मान्दै आएको क्षेत्रबाट उम्मेदवारका रूपमा विप्लवलाई सिफारिस गरेको हो ।सिफारिसप्रति प्रतिक्रिया जनाउँदै विप्लवले सामाजिक सञ्जाल मार्फत पार्टी, सहयोद्धाहरु र समर्थकप्रति आभार व्यक्त गरेका छन् ।उनले आफूप्रति गरेको विश्वास, राखेको अपेक्षा र दिएको जिम्मेवारीलाई वर्तमान पेचिलो राजनीतिक परिस्थितिमा गम्भीर कार्यभारका रूपमा बुझेको बताएका छन् ।विप्लवले आगामी दिनमा सबै मित्र, अभिभावक, शुभचिन्त

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 491 पटक पढिएको
  • निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

    काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुला गरेको छ ।नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो ।इच्छुक नेपाली नागरिकले माघ ५ गतेदेखि माघ ९ गतेसम्म दरखास्त दिन सक्नेछन् । दरखास्त जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर तथा देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ । आवेदन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दिन सकिन्छ भने सार्वजनिक बिदाका दिनसमेत स्वीकार गरिनेछ ।भर्नाका लागि दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 439 पटक पढिएको
  • विश्वप्रसिद्ध होटल चेन म्यारियट अब लुम्बिनीमाः ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’का रुपमा विकसित हुने

    काठमाडौं—  विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनल अब लुम्बिनीमा विस्तार हुने भएको छ । रुपन्देहीको सियारीमा सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड र म्यारियट इन्टरनेशनलबीच व्यवस्थापन सम्झौता समेत भएको छ ।सम्झौतासँगै रिसोर्ट अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’को ब्रान्ड नाममा स्तरोन्नति भइ संचालन हुने सम्झौतापछिको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यका बाहिर म्यारियट इन्टरनेशनलको यो पहिलो उपस्थिति हो ।रिसोर्टमा अत्याधुनिक म्युजिकल फाउन्टेन (सङ्गीतमय फोहोरा), थ्रीडी वाटर स्क्रिन, मोटर बोटिङ र मिनी क्रुजको सुविधा उपलब्ध हुनेछ । साथै, नेपालमै पहिलो पटक ‘वाटर रेस्टुरेन्ट’ र ‘वाटर स

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 452 पटक पढिएको
  • राजीनामापछि कुलमानको स्पष्ट सन्देशः ‘पद होइन, सिद्धान्त र जनता ठूलो’

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफ्नो निर्णय भाग्ने वा जिम्मेवारीबाट पन्छिने नभई आत्मसम्मान, नैतिकता र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको स्पष्ट पारेका छन्।जेनजी आन्दोलनपछि गठन भएको सरकारमा ११५ दिन जिम्मेवारी सम्हालेका घिसिङले राजीनामापछि पत्रकार सम्मेलन गर्दै उनले कुर्सीभन्दा माथि आत्मसम्मान र सरकारभन्दा ठूलो जनता रहेको बताए ।‘मैले लिएको राजीनामाको निर्णय न त भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास। यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो,’ उनले

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 489 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.