समाचार

    Showing 1,561-1,570 of 26,788 items.
  • जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

    ढोरपाटन। बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित लालपुर्जा उपलब्ध गराएपछि सुकुम्वासी समस्या समाधान भएको छ । नगरपालिकाले पहिचान भएका १८ सुकुम्वासी परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरी लालपुर्जा हस्तान्तरण गरेको छ ।नगर उपप्रमुख हरिहर शर्माका अनुसार सुकुम्वासी समस्या समाधानका लागि अघिल्लो कार्यकालदेखि नै पहल सुरु गरिएको थियो । सबै सुकुम्वासी परिवारले घर, जग्गा र लालपुर्जा पाए पनि नगरपालिकालाई औपचारिक रूपमा सुकुम्वासीमुक्त घोषणा गर्न भने राष्ट्रिय भूमि आयोगमार्फत प्रक्रिया पूरा हुन बाँकी रहेको उहाँले बताउनुभयो ।उहाँले नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउनु राज्यको दायित्

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 227 पटक पढिएको
  • खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

    काठमाडौं— काठमाडौंको बौद्धस्थित खावालिङ स्कुलमा एक शिक्षिकाले विद्यार्थीमाथि कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो देखाएको छ ।विद्यालयकी शिक्षिका सोना रानाले कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग मन्त्रालयमा छलफल गरेकी हुन् । मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेटघाट गरी घटनाबारे जानकारी लिएका थिए । उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदमा निरन्तर अघि बढ्न हौसला र प्रोत्साहनसमेत दिए ।छलफलका क्रममा मन्त्री पो

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 446 पटक पढिएको
  • माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्री गिता चौधरीको पहलमा कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु

    काठमाडौं— टमाटरको उचित मूल्य नपाएको भन्दै बुधबार बिहान काठमाडौंको माइतीघर मण्डलमा किसानहरूले टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेका थिए । उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, बजार व्यवस्थापन प्रभावकारी बनाउन तथा किसानको हित संरक्षण गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका किसानहरूसँग कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयमा आमन्त्रण गरी छलफल गरेकी थिइन् ।छलफलका क्रममा किसानहरूले टमाटरको उचित मूल्य, सहज बजार पहुँच तथा बिचौलियाको प्रभाव न्यूनीकरण गर्न सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको धारणा राखेका थिए । मन्त्री चौधरीले किसानका जायज मागप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 462 पटक पढिएको
  • विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट

    सर्लाही— मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका स्वर्गीय विवेक मण्डलको परिवारसँग भेट गरेका छन् । मन्त्री महतोले मंगलबार साँझ मण्डलको निवासमा पुगेर शोकसन्तप्त परिवारसँग भेटघाट गरेका हुन् ।उनले विवेकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरे । साथै, यस दुःखद घडीमा प्रदेश सरकार परिवारको साथमा रहने र आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।मन्त्री महतोले विवेककी श्रीमतीलाई प्रदेश सरकारमार्फत रोजगारी उपलब्ध गराउने बताए । आफ्नै क्षेत्रका नागरिकको पीडामा सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले प

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 389 पटक पढिएको
  • इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ । अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश हो । दोस्रो हाफको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले इङ्ल्यान्डलाई अग्रता दिलाए । ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।इन्जुरी समयको दोस्रो मिनेटमा लियोनल मेसीले दिएको आकर्षक क्रसमा वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले उत्कृष्ट हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए ।यो जितसँगै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश ह

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 451 पटक पढिएको
  • आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९० रुपैयाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपै

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 376 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ।देशभरमा साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान र मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्ड

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 499 पटक पढिएको
  • अस्थायी नाममा ६ महिनादेखि जंगलमा फोहोर, पोखरामा दुर्गन्धदेखि खानेपानीसम्म संकट

    पोखरा । पोखरा महानगरपालिकाले ‘अस्थायी व्यवस्थापन’ भन्दै सुरु गरेको फोहोर विसर्जन अहिले स्थानीयका लागि ठूलो वातावरणीय संकट बनेको छ। सुरुमा केही समयका लागि भनिएको व्यवस्था ६ महिनासम्म लम्बिँदा जंगल, खोल्सो र बस्ती नै फोहोरको मारमा परेका छन्।पोखरा–२१ को रैचौर क्षेत्रमा निरन्तर फोहोर फालिँदा बर्खासँगै त्यसको लेदो फुस्रे खोलामा मिसिन थालेको छ। स्थानीयका अनुसार यही खोलाको पानी खानेपानीको स्रोत भएकाले अहिले प्रदूषणले जनस्वास्थ्यमा गम्भीर जोखिम बढाएको छ। दुर्गन्ध, झिँगा र फोहोरको असरले वरपरका बस्तीसमेत प्रभावित भएका छन्।स्थानीयले फोहोर व्यवस्थापनको विरोध नभई गलत स्थानमा फोहोर फाल्ने शैलीको विरोध गरेको

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 89 पटक पढिएको
  • कमलबहादुर शाह सरकार अल्पमतमा ? मन्त्री बर्खास्तलगत्तै एमालेले तान्यो समर्थन

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता समीकरण नाटकीय रूपमा बदलिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।बुधबार बसेको एमाले संसदीय दलको बैठकले अब कमलबहादुर शाह नेतृत्वको सरकारलाई साथ नदिने औपचारिक निर्णय गर्दै प्रदेशको राजनीतिक समीकरण नै उल्ट्याइदिएको छ।मुख्यमन्त्री शाहको मन्त्री बर्खास्त गर्ने कदमपछि एमालेले त्यसलाई गठबन्धनको विश्वासमाथिको प्रहार भन्दै तत्काल समर्थन फिर्ता लिएको हो। यससँगै प्रदेश सरकारको बहुमत कायम रहने वा नरहने विषय चासोको केन्द्र बनेको छ।एमालेको निर्णयपछि अब

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 70 पटक पढिएको
  • आत्मदाहका घटना रोक्न तत्काल कदम चाल्न सांसद शर्माको माग

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेकी छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले गणेश नेपाली, अश्विन राउत र विवेक मण्डलको आत्मदाहका घटनाको पीडा सेलाउन नपाउँदै रौतहटका २८ वर्षीय गौतमकुमार सहनीले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको घटना सार्वजनिक भएको उल्लेख गरिन्।उनले सरकारले रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए पनि बेरोजगारी र निराशाबाट गुज्रिरहेका युवामा आशा जगाउन नसकेको टिप्पणी गरिन

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 208 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.