बारा— बाराको सिमरामा आन्दोलित जेनजी समूह र प्रशासन बिच बार्ताको तयारी अघि बढाइएको छ ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी समूहका प्रतिनिधिसँग फोनमार्फत सम्पर्क गरेर बार्तामा बस्न आह्वान गरेका हुन ।जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्न सुझाएका छन । प्रशासनले गरेको आह्वानलाई जेनजी समुहले स्वीकार गरेपनि बार्ता कहाँ बस्ने भन्ने विषयमा भने अन्तिम टुंगो लागेको छैन।यद्यपि, बार्ता भने इलाका प्रहरी कार्यालय सिमरामा बस्नुपर्ने उनीहरुको अडान छ । जिल्ला प्रशासन कार्यालयमै बस्ने कि इलाका प्रहरी कार्यालय सिमरामा बस्ने भन्ने विषयमा प्रश
रामेछाप— जिल्लामा खेतीयोग्य जमिन बाझिँदै गर्दा रामेछापका केही किसानहरू व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाको हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिकाको बाम्तीका एक किसानले व्यावसायिक रूपमा किवी खेती सुरु गरेका छन् । उमाकुण्ड–२ बाम्तिभण्डरका किसान अनन्त खड्काले बाँझो बसेको आफ्नो करिब एक सय रोपनी जग्गामा व्यावसायिक रूपमा किवी खेती लगाएका छन् । खड्काले अनन्त एग्रोभेट बायोफार्म दर्ता गरेर आफ्नो निजी जमिनमा १७ सय बोट किवी लगाएका छन् । त्यस मध्ये करिब ७ सय बोटले यस वर्ष उत्पादन दिएको छ । फर्ममा रहेको किवी अब टिप्ने बेला भएको छ । तर खड्का अहिले किवी बेच्ने योजनामा छैनन् । अहिले किवी कोल्डस
काठमाडौं— काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । बिहीबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३३ ओटा मोटरसाइकल र १८ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र
रौतहट— बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा जेन–जी समूहका ‘सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए । घाइते उपाध्यायले वडाध्य
काभ्रेपलाञ्चो। बसको ठक्करबाट काभ्रेपलाञ्चोकको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहान ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो । सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख ६५७९ नं को बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो । स्थानीय राजन कार्कीका अनुसार बिहान ८ बजे बसेले ठक्कर दिएपछि गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा १२ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार सोही दिशाबाट अर्को बससँग ‘कम्पिटिसन’
दमौल। मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक छ सय जनाले रोजगारी पाएका छन् । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक छ सय जना मजदुर खटिएका हुन् । आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा दैनिक छ सयका दरले मासिक १८ हजार मजदुरले रोजगारी पाएका छन् । उहाँले यस खण्डमा २० जनाले परामर्शदाताका रूपमा काम गरिरहेका जानकारी दिनुभयो । पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक र ४७ दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको कुँवरले उल्लेख गर्नुभयो । उहाँका अनुसार ३८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण
कठमाडौं— हरियो धनियाँ र काक्रोमा अत्याधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीमा बिहीवार केन्द्रिय कृषि प्रयोगशाला एकाइले गरेको विषादी अवशेष परिक्षणमा काक्रो र हरियो धनियाँमा उपभोग गर्न नमिल्ने मात्रामा विषादी रहेको पाइएको हो ।विषादी परिक्षण अवशेषको रिर्पोट अनुसार भक्तपुरका किसान स्वस्थानि के.सीले ल्याएको धनियाँमा अर्गानो फोस्फेट विषादीको मात्रा ५५.२९ प्रतिशत भेटिएको हो । त्यसैगरी, नवलपरासीकी किसान कल्पना चौलागाईको काक्रोमा अर्गानो फोस्फेटको मात्रा ४६.५ प्रतिशत रहेको पाइएको हो ।अर्गानो फोस्फेट र कार्वामेट विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्रै उक्त फलफूल वा तरक
काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरले पार्टी एकढिक्का भएर २१ फागुनको निर्वाचनमा होमिने बताएका छन्। जारी केन्द्रीय समिति बैठकबाट वर्तमान सन्दर्भमा उठेका सबै आवाजलाई आत्मसात् गर्दै सर्वसम्मत निर्णयका साथ पार्टी एकतावद्ध हुने वातावरण बन्दै गएको उनले दाबी गरे।नेता महरले पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र संस्थापन पक्षीय अन्य नेताहरूसँग नियमित तथा छुट्टाछुट्टै संवाद गरेका थिए। यसै गरि बिशेष महाधिवेशन पक्षधर संग पनि छलफल गरेका थिए ।ती भेटघाटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले देश र कांग्रेस अगाडि जटिल समस्या रहेकाले पार्टीले नेतृत्व
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार सुन ७ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४३ हजारमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो । जसका कारण आज चाँदी ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
काठमाडौं— चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाको कुल खर्च १२.९४ प्रतिशत पुगेको छ । विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ मध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको हो । यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँ बजेटमा २ अर्ब १३ करोड ३३ लाख १ हजार ६६१ रुपैयाँ र पुँजीगत तर्फ १५ अर्ब ५३ करोड ७ लाख १२ हजार रुपैयाँ बजेटमा १ अर्ब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपैयाँ खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए । यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको छ । वडातर्फ सबैभन्दा धेरै १९
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.