काठमाडौं / विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई पराजित गरेपछि फकल्याण्ड माल्भिनास द्वीपसमूहमाथि अर्जेन्टिनाको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेको घटनाबारे फिफाले औपचारिक अध्ययन सुरु गरेको छ। खेलपछि अर्जेन्टिनाका खेलाडीहरूले प्रदर्शन गरेको राजनीतिक सन्देशयुक्त ब्यानरले अन्तर्राष्ट्रिय फुटबलमा नयाँ विवाद सिर्जना गरेको हो। फिफाले प्राप्त खेल प्रतिवेदनहरूको समीक्षा भइरहेको जनाएको छ। अनुशासन समितिले घटनाको मूल्याङ्कनपछि फिफाको अनुशासन संहिताअनुसार आवश्यक कारबाही गर्ने वा नगर्ने निर्णय लिने बताइएको छ।फकल्याण्ड द्वीपसमूह बेलायतको नियन्त्रणमा रहेको भूभाग भए पनि अर्जेन्टिनाले त्यसलाई ‘माल्भिनास
विराटनगर / नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको जनाएको छ । असामान्य राजनीतिक र प्रशासनिक परिस्थितिका बाबजुद अपेक्षाकृत रूपमा बजेट कार्यान्वयन भएको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले बताएका छन् । कुराकानीमा मन्त्री लिंथेपले जेनजी आन्दोलन, प्रतिनिधिसभा निर्वाचन तथा त्यसबाट सिर्जित प्रशासनिक अवरोधका कारण बजेट कार्यान्वयन प्रभावित भए पनि प्रदेश सरकारले ७० प्रतिशतभन्दा बढी खर्च गर्न सफल भएको बताए ।उनका अनुसार चालु आर्थिक वर्षको खर्च अघिल्ला वर्षको तुलनामा केही कम भए पनि देशका अन्य प्रदेशसँग तु
हेटौंडा / बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ ।निर्णय आजदेखि कार्यान्वयनमा आए पनि मन्त्रीहरूको संख्या भने यथावत् १४ नै कायम रहेपछि सरकारको मितव्ययिता र सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको छ । सरकारले मन्त्रालय संख्या घटाएसँगै केही मन्त्री मन्त्रालयविहीन बनेका छन् । तर उनीहरूलाई तत्काल पदमुक्त नगरिने र केही समयका लागि विनाविभागीय मन्त्रीका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राख्ने तयारी गरिएको स्रोतले जनाएको छ । प्रदेश सरकारका एक मन्त्रीले मन्त्रालय नभए पनि के
काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीलंकाको कोलम्बोमा आयोजित ‘हेण्ड्स अफ एशिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा समाजवाद निर्माणको राजनीतिक रूपरेखा प्रस्तुत गरेका छन् । इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, चुनौती र त्यसबाट सिकिएका महत्त्वपूर्ण पाठबारे विश्लेषण गरेका थिए। बदलिँदो वैश्विक शक्ति सन्तुलन र महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाका बीच असंलग्नताको नीति तथा समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासि
काठमाडौं । देशभर मनसुन थप सक्रिय हुने भएकाले आगामी तीन दिन अधिकांश क्षेत्रमा लगातार वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले साउन १ देखि ३ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्दै केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिएको हो।विभागका अनुसार शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश पहाडी र तराई क्षेत्र मेघगर्जन तथा चट्याङसहितको वर्षाबाट प्रभावित हुनेछन्। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।शुक्रबार गण्डकी, लुम्बिनी र कर्णालीका
बन्दीपुर। तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ रामकोटतर्फ आकर्षित हुन थालेका छन् । बन्दीपुर बजारबाट करिब आठ किलोमिटर पश्चिममा रहेको रामकोटस्थित सामुदायिक घरबास (होमस्टे)मा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ ।मगर समुदायको बाक्लो बसोबास र ढुङ्गाले छाएका मौलिक घर रहेको रामकोटमा २०७५ सालदेखि होमस्टे सञ्चालनमा आए पनि पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावका कारण सुरुआती वर्षमा पर्यटकको चहलपहल कम थियो । गत वर्षदेखि यहाँ स्वदेशी तथा विदेशी पर्यटक उल्लेख्य रूपमा आउन थालेका छन् । हाल दैनिक १५ देखि २० जना तथा बिदाका दिन पर्यटक बास बस्न आउ
बरहथवा। बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त हुनुहुन्छ । बिहीबार खेतमा भटिनुभएका उहाँ १५ कट्ठामा धान रोप्ने तयारीमा हुनुुहुन्छ ।समयमा पानी नपरेपछि धान रोपाइँ पनि ढिलो भएको उहाँले सुनाउनुभयो । नहर मर्मतका कारण वाग्मती सिँचाइले समेत समयमा पानी छाडेन । अघिल्ला वर्षहरूमा उहाँले असारको २५ गतेभित्रै धान रोपिसक्नुहुन्थ्यो ।यस वर्ष धानको बीउ राख्न ढिलाइ भएका कारण रोपाइँ ढिला भयो । समयमै रोपाइँ गर्न नसक्दा उत्पादन घट्ने र भित्र्याउने समयमा पनि मौसमले दुःख दिने उहाँलाई चिन्ता छ । अर्कातर्फ खेत जोताउन लागेको लागतले उहाँलाई चिन्तितः बनाएको छ । उहाँले भन्नुभयो, “लागत निकै
लमजुङ। लमजुङको दूधपोखरी गाउँपालिका–३ ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको सिमानामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको इलामपोखरी क्षेत्र संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ ।दुई स्थानीय तहको संयुक्त पहलमा २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेको सातकन्यादेवी मन्दिर पुनर्निर्माण भएपछि इलामपोखरीलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानले गति लिएको हो ।दोर्दी गाउँपालिकाका सिनियर सबइन्जिनियर विश्वास पाँडेका अनुसार सातकन्यादेवी मन्दिर परम्परागत मौलिक शैली कायम राख्दै पुनर्निर्माण भएको छ । तीन मिटर लम्बाइ र तीन मिटर चौडाइ रहेको दुईतले मन्दिरमा १२ वटा सालका थाम र २
भोजपुर। भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा परेको छ । प्राकृतिक रूपमा सुन्दर र शान्त वातावरण रहेको यो स्थल पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।स्थानीयवासीका अनुसार यस देवस्थलमा प्रत्येक वर्ष वैशाख पूर्णिमाका अवसरमा विशेष पूजा आराधना गर्ने परम्परा रहिआएको छ । उक्त अवसरमा टाढाटाढाबाट श्रद्धालु भक्तजन आउने गरेका छन् । यहाँ दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । साथै, यहाँको पानीमा नुहाएमा घाउ–खटिरा वा छालासम्बन्धी समस्या निको हुने विश्वाससमेत छ ।देवस्थलमा पूजा गरेपछि चिताएको पुग्ने र रोग निको हुने विश्वास
चन्द्रपुर। रौतहट भएर बग्ने वाग्मती र बकैया नदीको दुवै किनारमा लगाइएको बाँध जीर्ण हुँदा सो क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् ।दुवै नदीको बाँध जीर्ण भएपछि फुटेर पसेको बाढीले बर्सेनि गौर सदरमुकामलगायत दर्जनौँ बस्ती डुबानमा पर्दै आएका छन् भने करोडौँ मूल्य बराबरको धनजन तथा बालीनाली क्षति हुँदै आएको छ ।केही दिनअघिको वर्षाका कारण बकैया नदीको बाँध फुटेर राजपुर नगरपालिका–४ मा बाढी पसेपछि जनजीवन प्रभावित भएको थियो । बकैया नदीको बाँध फुट्दा रौतहटका आधा दर्जनभन्दा बढी नगरपालिका प्रभावित हुने कटहरियाका स्थानीय प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।बाँध फुट्दा रौतहटका कटहरिया, देवाही गोनाही, मौल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.