काठमाडौं— ब्रिटिश व्यापार तथा व्यवसाय विभाग, ब्रिटिश दूतावास काठमाडौं, बेलायत–नेपाल ‘नेपाल व्यवसायमा–वृद्धि सल्लाहकार’, र नेपाल ब्रिटेन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ‘बेलायतमा भन्साररहित पहुँचको सम्भावनाः बेलायती विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली निर्यातकर्ताहरूका लागि अवसरहरू’शीर्षकको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रमले सरकारी अधिकारीहरू, व्यापार विशेषज्ञहरू, निर्यातकर्ताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याई बेलायतको विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली व्यवसायहरूका लागि उपलब्ध अवसरहरूको खोजी गरेको थियो । छलफलहरू भन्साररहि
काठमाडौं— नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नागरिक अगुवा, पूर्वअर्थमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा डा।देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शनिबार श्रद्धाञ्जली तथा समवेदना सन्देश जारी गर्दै नेता आङदेम्बेले डा।पाण्डेको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका हुन् । आङदेम्बेले नेपालमा लोकतन्त्रको सुदृढीकरण, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन, पारदर्शिता तथा उत्तरदायी शासन व्यवस्थाको पक्षमा डा।पाण्डेले पु¥याएको योगदान इतिहासमा सधैं सम्मानका साथ स्मरण गरिने उल्लेख गरेका छन् । उनले २०६२/०६३ सालको जनआन्दोलनका क्र
काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापाले वरिष्ठ नागरिक अगुवा तथा पूर्व अर्थमन्त्री डा। देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।सभापति थापाले डा. पाण्डेको निधनसँगै राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदार गुमाएको बताएका छन् । उनले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा डा. पाण्डेले जीवनभर निर्भीक रूपमा आवाज उठाएको स्मरण गरेका छन् ।सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक चरणहरूमा डा। पाण्डेले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध
काठमाडौं— फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध हुने खेल खेल्न आफूहरूको इच्छा नभए पनि कांस्य पदक जित्नु राष्ट्रिय टोलीको दायित्व भएको बताएका छन् ।स्पेनसँग सेमिफाइनलमा २–० ले पराजित भएपछि लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने फ्रान्सको सपना समाप्त भएको थियो । अब फ्रान्सले शनिबार अमेरिकाको मियामीमा इंग्ल्यान्डसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।खेलअघिको पत्रकार सम्मेलनमा डेसचाम्प्सले तेस्रो स्थानको खेल मैत्रीपूर्ण नभई आधिकारिक प्रतिस्पर्धा भएकाले टोलीले पूर्ण जिम्मेवारीका साथ खेल्नुपर्ने बताए । उनले इंग्ल्यान्ड र फ्र
काठमाडौं— ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले आज (शनिबार) बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जलाशयको आकस्मिक फ्लसिङ (सफा गर्ने कार्य) गर्ने भएको छ । फ्लसिङका क्रममा जलाशयको गेट पटक–पटक खोल्ने र बन्द गर्ने भएकाले तामाकोशी नदीको जलसतहमा निरन्तर उतारचढाव हुने केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार यसबाट तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रअन्तर्गत लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीसँगको दोभानसम्मको क्षेत्रमा प्रभाव पर्न सक्नेछ ।सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त अवधिभर नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने
काठमाडौं— बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ ।बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका—१४ बस्ने २७ वर्षीय सुरेन्द्र पटेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।उक्त मुद्दामा ३ दिन कैद र ४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका—१२ श्रीपुरबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सा पेश गरिएको छ ।
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ ।आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–द
सुदूरपश्चिम। कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए । सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो ।सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा पनि दियो, तर त्यसको श्रेस्ता कायम भएन । त्यसयता मालपोत कार्यालय धाउँदा–धाउँदा वर्षौं बिते, समस्या भने जहाँको त्यहीँ छ ।“पुर्जा छ, तर श्रेस्ता छैन । त्यसैले आफ्नो जग्गा देखाएर कुनै काम गर्न पाएका छैनौँ”, मुक्तकमैया फूलमति डगौरा थारु भन्नुहुन्छ, “हाम्रो मात्रै होइन, यस्ता समस्या धेरै ठाउँमा छन् ।”फूलमतिको कथा एउटा परिवारको मात्रै होइ
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ । यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारीपत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन् । आगामी चरणमा उच्च रक्तचाप र मधुमेहलगायतका दीर्घरोगका औषधिसमेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ । यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्
काठमाडौँ। मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिको उपचारका लागि ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० लाख रुपियाँ खर्च गर्ने भएको छ ।यसमध्येको २७ लाख रुपियाँ बालबालिकाको शिक्षाका लागि र १३ लाख रुपियाँ उद्धार गरिएका व्यक्ति आवश्यक सबैको स्वास्थ्योपचारका लागि खर्च हुनेछ । यसका लागि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र सामाजिक समितिका संयोजक रामकुमार केसीको रोहवरमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, आइएडीपीका देशीय निर्देशक कविर खड्गी र मानव सेवा आश्रमका अध्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.