समाचार

    Showing 14,441-14,450 of 25,809 items.
  • प्रतिनिधिसभाक बैठक आज बस्दै

    काटमाडौं— आइतबार (आज) प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवनमा बैठक बिहान ११ बजे बैठक बस्नेछ।आजको बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय भएको छ।  बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।त्यस्तै उपप्रधानमन्त्री पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गर्नेछन्।यसैगरी  ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 289 पटक पढिएको
  • शैलुङपछि बेतालीको जङ्गलमा आगलागी

    रामेछाप । चैत महिना सुरु हुने बित्तिकै रामेछापका जङ्गलहरूमा आगलागी सुरु भएको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै गोकुलगंगा गाउँपालिकाको बेतालीको जङ्गलमा पनि आगो लागेको छ । शैलुङको जङ्गलमा शुक्रबारदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छाङखोला नजिकैबाट लागेको आगो अहिले शैलुङको जङ्गलमा लागि रहेको छ । शनिबारबाट जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा पर्ने लिसेखानी सामुदायिक वन क्षेत्रमा पनि शनिबारबाट डढेलो लागेको छ । बस्ती नजिकैको जङ्गलमा सल्केको डढेलोको कारण केही घर समेत उच्च जोखिममा छन् ।दुवै तर

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 306 पटक पढिएको
  • पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रड हान्ने प्रयास भएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ ।उक्त भिडियोमा सार्वजनिक जग्गा मिचेर बनाइएको घरटहरा भत्काउन गएका वडाध्यक्ष सुबेदीमाथि एक व्यक्तिले रड हान्ने प्रयास गरेको देखिएको छ ।सार्वजनिक जग्गा मिचेर घरटहरा नबनाउन अनुरोध गरिरहेका वडाध्यक्ष सुबेदीलाई आफू ७१ वर्षको बृद्ध बताउने ती व्यक्तिले रडले हान्न खोज्दा त्यहाँ उपस्थित अन्य जनप्रतिनिधि र स्थानीय बासिन्दाले छडले हान्न रोकेको उक्त भिडियोमा प्रस्ट देखिन्छ । त्यसपछि घटनास्थलमा पुगेको पोखरा महानगरको नगर प्रहरी टोलीले सार्वजनिक जग्गा मिचेर बनाइएको भ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 483 पटक पढिएको
  • कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी

    चितवन । चितवन कारागारमा दीर्घरोगी कैदीबन्दीको सङ्ख्या बढिरहेको पाइएको छ । यहाँ रहेका सात सय १३ जना कैदी बन्दीमध्ये एक सय ५४ जना दीर्घरोगी छन् । कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार दीर्घरोगीमा सबैभन्दा धेरै उच्च रक्तचाप रहेका छन् । उहाँका अनुसार उच्च रक्तचापका ७० जना, मधुमेहका ५० जना, थाइराईडका १५ जना, क्षयरोगका नौ जना रहेका छन् । यस्तै एचआईभी एड्सका पाँचजना, छारे रोगका तीनजना र क्यान्सरका दुई जना बिरामी कारागारमा रहेको उनले बताए । उनले भने, àकैदीबन्दीमा रोग देखिएपछि उपचारका लागि सहजताका लागि काठमाडौँपछि चितवन बढीले रोज्ने गरेका छन् ।’ यी बिरामी कैदीबन्दीको उपचार र नियम

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 562 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रू २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रू ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रू २२, आलु रातो प्रतिकिलो रू ३५, आलु रातो (भारतीय) प्रतिकिलो रू ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रू ५८, गाजर (लोकल) प्रतिकिलो रू ४०, गाजर (तराई) प्रतिकिलो रू २५, बन्दा (लोकल) प्रतिकिलो रू १२, बन्दा (नरिवल) प्रतिकिलो रू १५, काउली (स्थानीय) प्रतिकिलो रू २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रू २०, मूला र

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 487 पटक पढिएको
  • आजको मौसमः यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ ।आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ । स

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 403 पटक पढिएको
  • फुङ्लिङमा ‘मकै घर’

    फुङ्लिङ (ताप्लेजुङ) । जिल्ला सदरमुकाम फुङ्लिङमा आजदेखि बाह्रै महिना पोलेको हरियो मकैको स्वाद लिन पाइने भएको छ । यहाँ स्थानीय उद्यमी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको साझेदारीमा ‘मकै घर’ स्थापना भएको छ । पहाडी र हिमाली क्षेत्रमा हरियो मकै खान वर्ष दिन कुर्नुपर्ने बाध्यता रहँदै आएकामा मकै घर सञ्चालनपछि अब बाह्रै महिना त्यसको स्वाद लिन पाइने छ । मकै उत्पादनमा संलग्न किसानहरूको प्रोत्साहन, मकैको बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख काशिराम पाण्डेले बताए ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यहाँ सञ्चालित मकै जो

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 448 पटक पढिएको
  • उखु अभावले ‘क्रसिङ’ लक्ष्य हासिल भएन, उद्योग एक महिनाअघि नै बन्द

    महोत्तरी । महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि उखु अभावले लक्ष्यअनुसार ‘क्रसिङ’ (उखु पेलेर चिनी बनाउने कार्य) गर्न सकेन । यसैकारण चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने उद्योग उखुकै अभावमा फागुन मसान्तमै बन्द गर्नु परेको छ ।गत मङ्सिर २६ गते उखु क्रसिङ सुरु गरेको उद्योगले बिहीबार उखु नपुगेपछि यसपालिको क्रसिङ रोक्नुपरेको जनाएको छ । उद्योगले यसपालि लक्ष्यभन्दा चार लाख क्विन्टल कम उखु क्रसिङ गरेको महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताए । ‘हामीले यसपालि ९२ दिनमै क्रसिङ बन्द गर्नु प¥यो, उखु नै नभएपछि यसपालिको क्रसिङ लक्ष्य प्राप्त गर्न सकिएन’, उनले भने ।शुक्लाका अनुस

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 415 पटक पढिएको
  • घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    काठमाडौँ । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा रु चार अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर रु दुई अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट रु एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार सङ्कलन भएको छ । विभागले गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख, भदौमा रु तीन

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 378 पटक पढिएको
  • मस्र्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

    बन्दीपुर (तनहुँ) । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो । केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताए । उनले भने, ‘हिउँ पग्लिएको छैन । मस्र्याङ्दीमा पानीको बहाव कम छ । पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ । हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ ।’उक्त परियोजनामा २३–२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । केन्द्रका अनुसार साँ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 387 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.