समाचार

    Showing 14,401-14,410 of 25,809 items.
  • सोलुखुम्बुमा हावाहुरीको वितण्डा

    सोलुखुम्बु । ‘खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो ! डाँडाहरु हावाले फुकेर फुङ्ग हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन’, यहाँको सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी ७१ वर्षीया जाङ्बु शेर्पाले आश्चर्यमिश्रित भावमा भनिन् ।विगतमा सामान्य हावा चल्ने भए पनि यस पटक सोलुखुम्बुमा अस्वाभाविक गतिमा हावा चलेको अनुभव स्थानीयको छ । हावाका कारण सगरमाथा क्षेत्रको थामेदेखि सदरमुकाम सल्लेरीसहित सोताङ आसपासमा घर, विद्यालय जस्ता संरचनाहरुमा ठूलो क्षति पुगेको छ । दुई महिनामा २६ घटनाजिल्ला प्रहरी कार्यालयको 

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 455 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १३ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १८० रूपैयाँ ४२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रूपैयाँ ९० पैसा र बिक्रीदर १५७ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रूपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रूप

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 339 पटक पढिएको
  • भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

    जुम्ला । यहाँका दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ । यहाँका आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए ।जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि रु ४५ लाख  प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो । मन्त्रालयको कार्यविध अनुसार फर्म दर्ताको प्रमाणपत्रसहित करचुक्तासम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधारमा य

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 420 पटक पढिएको
  • मङ्गलबारदेखि पोखरा–छेन्दु नियमित उडान

    काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुरÞ्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ । ‘पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचक

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 270 पटक पढिएको
  • भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गरिने

    काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेका छन् ।सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउन मन्त्री लेखकले दुई दिनअघि निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढाएका छन् ।सर्वोच्च अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको गृह मन्त्रालयले जनाएको छ ।कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐनअनुसार सर्वोच्चबाट फैसला भएका घरजग्गा जफत गरी सरकारका नाममा ल्याउन मन्त्रीस्तरको निर्णय गरी सोको दाखिला खारेज मालपोत

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 356 पटक पढिएको
  • विष्णुमती नदीमा भेटिएको मूर्तिबारे अध्ययन जारी

    काठमाडौँ । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्ने विषयमा पुरातत्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णय भएको छ ।महानगर प्रहरी बलको कार्यालयमा बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले, पुरातत्व विभागबाट स्थानीयले दावी गरेको स्थानको मूर्ति हो कि होइन, भन्ने अध्ययन गरेर आगामी बैठकमा पेश गर्ने निर्णय भएको हो ।स्थानीय र सम्पदा अभियन्ताहरुले यो मूर्ति विष्णुमती नदी किनारामा रहेको भीममुक्तेश्वर मन्दिरबाट हराएको कामदेव (छत्रचण्डेश्वर, लकुलिस) भनेर दावी गरेका छन् ।वैठकमा महानगरपालिकाको सम्पदा विभागका प्रमुख कुमारी र

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 323 पटक पढिएको
  • भारतले नेपाललाई हिन्दुराष्ट्र भएको देख्न चाहन्छः कालीदास बाबा

    काठमाडौं ।भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले भारतले नेपाल हिन्दुराष्ट्र भएको देख्न चाहेको बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदी सँधै हिन्दुराष्ट्रका पक्षमा रहेको पनि औंल्याए ।‘एक अभिभावकका रुपमा राजसंस्था चाहिन्छ । नेपालका नेताहरुले पनि वाध्य भएर गणतन्त्र रोज्नुभएको हो । उहाँहरुले म सँगको कुराकानीमा वाध्यताले राजसंस्था हटाउनुपरेको बताइरहनु भएको छ । हामीले पहिल्यैदेखि देवी देउता, देउराली, ढुंगा, आकाश–पाताल, पृथ्वी, कुल मान्दै आएका हौं । त्यसैले राजसंस्थाको अलग्गै महत्व छ,’ उनले भने,‘राजसंस्था र हिन्दुराष्ट्र परिपूरक पनि हुन् ।’हालै काठमाडौंमा भएको

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 597 पटक पढिएको
  • मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् आपूर्ति गर्न आवश्यक संरचना परीक्षणका क्रममा सुरुङमा पानी चुहिने समस्या देखिएको थियो । हाल उक्त समस्या समाधानका लागि मर्मत तीव्र गतिमा भइरहेको प्राधिकरणले जनाएको छ । एक सय दुई मेगावाट क्षमताको यो आयोजनाबाट जाडो महिनामा करिब ४० मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । हिउँदमा विद्युत् आपूर्तिको

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 373 पटक पढिएको
  • फोहर प्रशोधन गर्दै चन्दननाथ

    जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन सुरु गरेको छ । नगरभित्र सङ्कलित फोहरजन्य वस्तुलाई पुनः प्रयोगमा ल्याउन प्रशोधन सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरभित्र सङ्कलित प्लाष्टिक र सिसाजन्य फोहर व्यवस्थापन गर्न पुनः प्रयोग केन्द्र स्थापना गरी काम सुरु गरिएको बताए । नगरपालिकाले सिसा र प्लाष्टिकजन्य फोहरको वास्तविक अवस्था अध्ययन गर्न गत पुस १४ देखि १८ गतेसम्म सर्वेक्षण सञ्चालन गरेको थियो । प्रारम्भिक प्रतिवेदनका आधारमा नगरका होटल, कार्यालय, स्वास्थ्य संस्था, व्यावसायिकस्थल, धार्मिकस्थल, विद्यालय र

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 260 पटक पढिएको
  • स्वास्थ्य बिमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

    काठमाडौँ । स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१ सार्वजनिक गरिएको छ । प्रतिवेदनले तत्कालीन, अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी विभिन्न ढाँचामा रही सुझाव पेस गरेको छ ।आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, सचिवद्वय डा विकास देवकोटा र हरिप्रसाद मैनाली, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा रघुनाथ काफ्लेलगायतको उपस्थितिमा प्रतिवेदन सावर्जनिक गरिएको हो ।स्वास्थ्य बिमाको प्रभावकारिता वृद्धि गरी यसलाई सबै नागरिकको पहुँचमा पु¥याउन, बिमामार्फत उपलब्ध हुने सेवा गुणस्तरीय तथा सर्वसुलभ बनाउन, स्वास्थ्य ब

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 266 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.